Friday, June 5News That Matters

Author: डाँडाघरे खबर

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा, पुस १७ गते । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् ।उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता दुुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्ष  ६ हजार महिला सुुत्केरी हुन्छन् भन्ने अनुमान गरिएको उनले बताइन् । गत आर्थिक वर्ष २०७९÷८० मा पोखरा सहित कास्की जिल्...
महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले महा आरति गर्ने

महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले महा आरति गर्ने

ताजा समाचार
मङ्लवार १७ पोखरा १७ महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले गतशाल  ०७९ माघ १ गते  पोखराको सेती खोचमा यतियर दुर्घटना भइ निधन भएका हरुप्रति भावपुर्ण श्रद्धाञ्जली सहित बार्षिक तिथि र  मितिमा यहि ०८० माघ १ गतेकै दिन  सबै मृतकहरुको आत्मको चिर शान्तिका लागि महा आरति गर्ने भएको छ। समितिमा अध्यक्ष नगेन्द्र शर्मा भण्डारिले अघिल्लो बर्ष माघे सक्रान्तिकै दिन भएको अकल्पनिय दुर्घटना भएको कारण आफुुलाइ अत्यन्तै मर्माहत तुल्याएको जनाउदै सेतिमै दुर्घटना भएको हुदा सेतिकै किनारामा रहेको मन्दिरमा आफुहरुले यस बर्ष  सोही दिन साझ ५ बजे वहाहरुको स्मृतिमा  सबैको आत्मको चिर शान्तिको  कामना गर्दै महा आरती गर्ने वताए। अध्यक्ष भण्डारीले सबै मृतकहरुको आत्मले शान्ति पाओस् भन्नका लागि गर्न लागेको बार्षिक स्मृति  तथा महा आरति कार्यक्रममा उपस्थिति हुनका लागि सबैमा...
नीतिको खेती सिद्धान्त र विचारको व्यापार

नीतिको खेती सिद्धान्त र विचारको व्यापार

राजनिति
देशमा सङ्घीय लोकतान्त्रिक  गणतन्त्र त आयो तर हिजो देश बनाउछौं भन्ने हरुनै  पछिल्ला केही बर्ष यता नीतिको खेती सिद्धान्त  र  विचारको व्यापार गर्नमा तल्लिन देखिन थालेका छन् । यहि कुरा हामी नेपाली जनताले भनेका मात्रै  हैनौं नेता मन्त्री, माननीय ज्यु हरुमा देखिएको प्रवृत्ति र जिवनशैलिले त्यस्तै सङ्केत  देखाएको छ। कुनै पनि देशको सर्वाङ्गिण विकासका लागि राज्यव्यवस्था संचालनका लागि राजनीति अपरिहार्य छ। जसले देशमा आफ्नो नीतिलाइ प्रवेश गराउँदै, स्थापित गराउँदै, कानुन मात्रै बनाउदैन आफ्नो विचार आम जनता माझ प्रवाह गर्छ आफ्नो  सिद्धान्त विचार र नीति पार्छ, आफ्नो सिद्धान्त  नीति र विचार लाई आम जनता बिचमा स्थापित गर्छ , आम जनताको मन जित्न सफल भएर चुनावमा विजय प्राप्त गर्छ, सत्तामा पुग्छ राज्य व्यवस्था सहि ढङ्गले संचालन गर्छ र असल शासकको परिचयसहित असल शासकको रुपमा सिङ्गो देशमा स्थापित हुन सफल हुन्छ । ...
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

ताजा समाचार
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका(७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् । विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । ...
लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

ताजा समाचार
लेखनाथ, १५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ हामिमाझ अजर र अमर रहिरहनुभएको वताउँदै सबैले आफ्नो जिवनमा असल एवं भावि पुस्ताले सम्झन लायक कर्म गर्नुपर्ने वताएका थिए ।अध्यक्ष श्रेष्ठले कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको वता...
गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

खेलकुद
पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का ९रविन्द्र० विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ । यस अघि भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष...
२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

खेलकुद
पोखरा, पौष १५ । २० औं माछापुच्छ्े पोखरा ओपन टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक लगाए । पोखरा रंगशालाको टेनिस कम्लेक्समा सम्पन्न फाइनलमा प्रदिप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका पूर्व नेपाल नं १ संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदिपलाई सुम्पिए तर तेश्रो तथा अन्तिम सेटमा ६–४ ले संघर्षपूर्ण जित निकाल्दै नगद रु ८० हजारका साथमा ट्रफी,...
लागू औषध सेवनकर्ता र उनका अभिभावकहरुलाई सचेतना तथा सपथ कार्यक्रम सम्पन्न

लागू औषध सेवनकर्ता र उनका अभिभावकहरुलाई सचेतना तथा सपथ कार्यक्रम सम्पन्न

मुख्य समाचर
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सेवनकर्ता र तिनीहरुका अभिभावकलाई सचेतना तथा सपथ कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सेवनकर्ताहरुलाई उनीहरुको अभिभावकको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । १३ जनालाई लागू औषध, लागू औषधको प्रयोगबाट हुने असरहरू तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण दिइएको थियो । साथै अब उप्रान्तलागू औषध सेवन नगर्ने, लागु औषध प्रयोगको असरका बरेमा अन्य व्यक्तिहरुलाई जानकारी गराउने, लागु औषध दुर्व्सनी, कारोवारी रआपराधिक गतिविधिको वारेमा प्राप्त भएको जानकारी प्रहरीलाई दिई प्रहरीको असल साथी बन्ने, असल र जिम्मेवार नागरिक बनी समाजपरिवर्तनको संवाहक बन्ने भनि सपथ खुवाई अभिभावकको जिम्मा लगाई छाडेको प्रहरीले जानकारी दिएको छ । ...
जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

ताजा समाचार
पौष १५, पोखरा । जनवरी १ अर्थात पुस १६ गते ुएघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसु मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यहि पौष १६ गते ९जनवरी १ तारिख, २०२४० का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिएका छन्। स्वस्फुर्त रुपमा नेपाली युवाहरुले बिगत १० वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेका छन्। नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बच...
दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलाले जिते

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलाले जिते

खेलकुद
पोखरा, पौष १४ । दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नं ३ ¥याकिङ खेलाडी प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । त्यसै गरी प्रतियोगितामा नेपाल पुलिस क्लवका विष्णु कटुवाल र एपिएफ क्लवका क्षितिज खनाल तेश्रो भएका छन् । उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क...