Friday, June 5News That Matters

Author: डाँडाघरे खबर

गण्डकीका रेडक्रसकर्मीलाई एक दिने प्रशिक्षण सम्पन्न

गण्डकीका रेडक्रसकर्मीलाई एक दिने प्रशिक्षण सम्पन्न

ताजा समाचार
गण्डकी,१४ पौष । नेपाल रेडक्रस सोसाइटी गण्डकीको आयोजनामा  तथा ब्रिटिश रेडक्रसको सहयोगमा रेडक्रसकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद्को क्षेत्रमा काम गदै आएका रेडक्रसकर्मीका लागि ब्रिटिश रेडक्रसको सहयोगमा नगद तथा भौचर सहायता सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो । कार्यक्रममा विपद्का बेला वितरण गरिने नगद राहतको व्यवस्थापन र वर्तमान अवस्था वारे छलफल भएको नेपाल रेडक्रस गण्डकीका अध्यक्ष सूर्य ढकालले जानकारी दिए । अभिमुखिकरण कार्यक्रम सुरुहुनु पहिलो भएको उद्याटन सत्रमा बोल्दै नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटाले प्रदेशको नीति योजनामा रेडक्रसलाई समेटेर लैजाने आश्वासन दिए । विपद्मा रेडक्रसले गरेको कामलाई स्मरण गदै उनले प्रदेश सरकार दोस्रो पञ्चवर्पीय योजना बनाउने क्रममा रहेको र आवश्यक राय दिन पनि आग्रह गरें । गण्डकी अध्यक्ष ढकालले र...
बोट रेसमा स्विमिङपुलघाट विजयी

बोट रेसमा स्विमिङपुलघाट विजयी

खेलकुद
पुष १४,पोखरा रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे । विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए । सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल...
२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने, अभिलाषा र सुनिरा महिलातर्फ फाइनलमा 

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने, अभिलाषा र सुनिरा महिलातर्फ फाइनलमा 

खेलकुद
पोखरा, पौष १४ । पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् ।  कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् ।  शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो सेट ३–६ ले अभिनन्सुलाई सुम्पिएका प्रदिपले दोश्रो सेटमा सम्हालिएर खेल्दै ६–२ आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याए । अन्तिम सेटमा प्रदिपले अभिनन्सुलाई ६–४ ले पछि पार्दै फाइनलमा स्थान पक्का गरे ।  त्यस्तै मेन्स सिंगल्सतर्फ नै भएको सेमीफाइनलमा पूर्व नं १ संरक्षकले...
बसको ब्रेक फेल हुँदा लेखनाथ महोत्वस गेटका व्यापारीको मृत्युु, ३ घाइते

बसको ब्रेक फेल हुँदा लेखनाथ महोत्वस गेटका व्यापारीको मृत्युु, ३ घाइते

ताजा समाचार, सडक सरोकार
पोखरा  बसको ब्रेक फेल हुँदा लेखनाथमा एक जनाको मृत्यु तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका २७ लेखनाथस्थित डाँडाकोनाकमा लेखनाथ महोत्वसको प्रवेश गेटअघि व्यापार गरिरहेका एक भारतीयको मृत्यु भएको हो । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ब्रेक फेल हुँदा महोत्सवमा प्लाष्टिकबाट निर्मित सामान (बाटा) विक्रि गर्न आएका ३० वर्षिय इस्श्रावती कुमारीलाई ठक्कर दिएको थियो । ब्रेक फेल भई पूर्वतर्फ जाँदै गर्दा सडकको दायाँ साईडमा रहेको माटोको ढिस्को तर्फ गई कुमारीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भिर घाइते उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा १०स्३८ डाक्टरले मृत घोषणा गरेको थियो ।  उक्त बसमा सवार २० जना मध्य ३ जना घाईते भएका छन् । घाइते हुनेमा तनहुँ म्याग्दे गाउँपालिका ८ का ३६ वर्षिय रामजी गन्धर्ब उनको श्रीमती ३० वर्षिय विष्णु गायक र प...
“आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम “सम्पन्न

“आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम “सम्पन्न

जन संदेश
पोखरा नेपाल दशनामी समाज युवा समिती कास्कीको आयोजनामा पोखरा-७ स्थित श्रीकृष्ण माविमा अध्यनरत कक्षा ७,८,९ का छात्राहरुलाई "आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम "सम्पन्न गरेको छ।।कार्यक्रममा सहायक प्र.अ दिनेश बरालले यस्ता प्रशिक्षण अहिलेको वर्तमान अवस्थामा एकदम आवस्यक रहेको बताउनु भयो।।कार्यक्रम सफल पार्न सहयोग गर्नहुने प्रशिक्षक कृती गिरी सुबिना गुरुङ संजोग परियार हुनुहुन्थ्यो ! कार्यक्रममा स्वागत मन्तव्य दिपक गिरीले दिनुभएको थियो। भने कार्यक्रम सञ्चालन सन्देश गिरीले गर्नुभएको थियो। कार्यक्रममा सदस्यहरू कृष्ण गिरी, सिम्रन गिरी,कृति गिरीकामना गिरीको   उपस्थिति थियो  ! सदस्य कृष्ण गिरीले हामीले भोलिका दिनमा पनि यस्तो खालको कार्यक्रम गर्ने बताउनुभएको थियो। नेपाल दशनामी समाज युवा समिती कास्कीकोअध्यक्ष सरस्वती पुरीले अहिलेको समय परिस्थितिलाई ध्यानमा राखेर हामीले यो कार्यक्रम ग...
बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

ताजा समाचार
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा आगामी पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो । लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद २५ हजार र शान्तवना स्थान हासिल गर्नेलाई न...
२०औं माछापुच्छ्े पोखरा ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनलका समिकरण पुरा  

२०औं माछापुच्छ्े पोखरा ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनलका समिकरण पुरा  

खेलकुद
पोखरा, पौष १३ । २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा क्वाटरफाइनलका समिरकण पुरा भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पुरा भए संगै अन्तिम चारमा भिड्ने खेलाडीहरुको टुङ्गो समेत लागेको हो । मेन्स ओपन सिंगल्समा नेपाल नं १ बरियता खेलाडी प्रदिप खडका, भारतिय खेलाडी अभिनन्सु ठाकुर, पूर्व नेपाल नं १ सम्रक्षक भूषण बज्रचार्य र ऋतिक रानाले शनिबार हुने सेमीफाइनलमा स्थान पक्का गरे ।  सेमीफाइनलमा नेपालका नं १ वरियता प्रदिपले भारतिय खेलाडी अभिनन्सु संग भेट पक्का गरेका छन् भने सम्रक्षकले आशिष खडका विरुद्ध सेमीफाइलमा भिड्ने छन् । प्रदिपले प्रणव मानन्धरलाई ६–१, ६–४ र अभिनन्सुले सम्यक बज्रचार्यलाई ५–७, ६–२, ६–४ ले पाखा लगाउँदै अन्तिम चारको तय गरेका हुन् । त्यसै गरी सम्रक्षकले निशान श्रेष्ठलाई ६–१, ६–० ले तथा ऋतिक रानाल...
बालकुमारी घटना प्रकण : छानविन समिती गठन

बालकुमारी घटना प्रकण : छानविन समिती गठन

ताजा समाचार
काठमाडौं बालकुमारी घटनाबारेमा छानबिन गर्न गृहमन्त्रालयले छानबिन समिती बनाएको छ । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिती बनाएको हो ।  ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् । प्रहरीए दुबै जनाको गोलि लागेर मृत्यु भएको बताएपनी एक जनालाई गोलि नलागेको भेटिएको छ । प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको हो ।मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर...
माघको पहिलो साता टाइगरकप 

माघको पहिलो साता टाइगरकप 

खेलकुद, मुख्य समाचर
पोखरा पोखरामा आगामी माघको पहिलो साता टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा  चौथौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको पहिलो साता हुने अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।  शुक्रबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारेमा जानकारी दिदैँ अध्यक्ष शर्माले प्रतियोगितामा सहभागित टिम बढेको सुनाए । यस अघि पाँच पाँच टिमको सहभागिता रहेपनि अब ६÷६ टिमको सहभागिता रहनेछ ।  चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब तथा पुरुष तर्फ श्रीलंकाको आर्मी क्लब आउँदैछ ।  महिलातर्फ हरियााणको टिमसँगै  चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश, विभागिय ट...
सूर्यदर्शन सहकारी ठगीमा संलग्न थप एक पक्राउ

सूर्यदर्शन सहकारी ठगीमा संलग्न थप एक पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्की प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ४ नालाकोमुखमा संचालनमा रहेको श्री सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका एक पदाधिकारी पक्राउ परेका हुन् । सहकारीले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी आधारमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ घर भई सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष रहेका ३८ वर्षिय कैलाश कुमार दर्लामी रहेका छन् । तर, सूर्यदशन सहकारीसँग जोडिएका केहि व्यक्तिलाई भने प्रहरीले नै भगाउन सहयोग गरेको आरोप छ । यस अघि प्रहरीले रेड नोटिस जारी गरेका नेकपा एमालेका नेता समेत रहेका महेन्द्र भोटेलाई कास्की प्रहरी प्रमुखले भगाएको आरोप छ । भोटे र एसपिलाई एकै होटलमा देखिएको सिसिट...