Friday, April 17News That Matters

खेलकुद

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

खेलकुद, मनोरन्जन
पोखरापोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत सोमबार तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए । सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गरेका छन् । सोमबारको खेलमा काठमाण्डौंका विकास श्रेष्ठले पोखराका मनिस प्रधानलाई ४—३ को सेटमा पराजित गर्दै प्रि—क्वाटरफाइनलमा प्रबेश गरे । त्यसै गरी काठमाण्डौंका विनोद श्रेष्ठले काठमाण्डौंकै शाक्ति राईलाई ४—२ को सेटमा, ब्रेक प्वाइन्टका मोती पाख्रिनले पोखराका निर्भिक लामालाई ४—२ को सेटमा, पोखराका अनिल सुनारले पोखराका महेन्द्र नेपालीलाई ४...
तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी प्रशिक्षक शम्भु केसी सम्मानित

तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी प्रशिक्षक शम्भु केसी सम्मानित

खेलकुद
पोखरा २१ माघ । बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे ।निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्...
पुनहिल कप भलिबल ः पुरुषतर्फ समिर सुनचाँदी फाइनलमा

पुनहिल कप भलिबल ः पुरुषतर्फ समिर सुनचाँदी फाइनलमा

खेलकुद
पोखरा पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार भएको सेमीफाइनलमासमीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माचापुच्छे्रबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो । त्यसअघि भएको क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने ते...
पुनहिल कप भलिबल ः पुरुषतर्फ रामबजार फाइनलमा

पुनहिल कप भलिबल ः पुरुषतर्फ रामबजार फाइनलमा

खेलकुद
पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार भएको सेमीफाइनलमासमीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माचापुच्छे्रबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो । त्यसअघि भएको क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो त...
पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

खेलकुद
पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले कोटा निर्धारण र संख्या निर्धारण बारे विद्यालयहरुलाई दर्तामा समस्या नहोस भन्नका लागि महानगरको समन्वयमा अन्तक्रिया कार्यक्रम तय गरिएको बताए । माघ २८ गते सम्म अन्तिम दर्ता मिति रहेको जनाउँदै उनल...
भेट्रान फुटबललाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

भेट्रान फुटबललाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

खेलकुद
पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ । बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि सह–प्रायोजकको लागि एक समारोहका बिच सम्झौता भएको हो ।बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फबाट सिइओ हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए । भाईखलकको तर्फबाट प्रमुख सल्लाहकार दिनेस कुमार श्रेष्ठ र महासचिव याम बहादुर गुरुङ तथा बैंकको तर्फबाट डेपुटि सिइओ प्रकाश गुरुङ र व्यापार प्रबन्धक प्रमुख अनुप केसीको समेत उपस्थिती रहेको थियो । एक हप्तासम्म चल्ने प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।प्रतियोगिताको ४० वर्षमाथि उमेर सम...
सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न , पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ ः प्रदिप पौडेल

सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न , पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ ः प्रदिप पौडेल

खेलकुद
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ ।  मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट स्थलरहेकाले अबको यात्रा खेल पर्यटनको रहेको सुनाए ।  ‘यति ठूलो प्रतियोगिताको समापन हल्लनचोकको क्याम्पिङ चोकमा समापन गर्न लाग्नु भएको छ यसमा हामी पर्यटन व्यवसायी आभार व्यक्त गर्दर्छौ । यो इभेन्टले पोखरालाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेको छ’ उनले...
पुन हिल कप भलिबलः प्रौढतर्फ क्वाटरफाइनलका खेल सम्पन्न

पुन हिल कप भलिबलः प्रौढतर्फ क्वाटरफाइनलका खेल सम्पन्न

खेलकुद
पोखराप्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ क्वाटरफाइनलका सबै खेल सम्पन्न भएका छन् । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन् । पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रिक्वार्टर फाइनलमा अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो ।रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेकोे छ । रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाज लाई २–० को सेटम...
पोखरामा पहिलो पटक शनिबार देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

पोखरामा पहिलो पटक शनिबार देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

खेलकुद
पोखरा १०, माघ         पोखरामा खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना यही माघ १३ गते (शनिबार) देखि पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको उहाँले दाबी गर्नु भयो । प्रतियोगितामा १ सय २१ ज...
म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण 

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण 

खेलकुद
पोखरा ९ माघ । नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।  १८ औं पोखरा म्याराथनको युके संयोजक  तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन ।  युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन ।  साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले उनलाई पोखरामा स्वागत समेत गरेका छन् ।  १८ औं संस्करणलाई पुर्ण प्रविधीमैत्री बनाउन यश पटक सबै इभेन्टमा चिप्सको प्रयोग गरिदै छ । चिप्स जडानले प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकको विस्वास रहेको छ । मञ्चक...