Friday, April 17News That Matters

खेलकुद

२३ औं आहा रारा गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा सहाराले थ्रीस्टारको सामना गर्ने

२३ औं आहा रारा गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा सहाराले थ्रीस्टारको सामना गर्ने

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा सहारा क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।  सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।  प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिससहित ए डिभिजनका क्लबहरु थ्रीस्टार, मछिन्द्र, जावलाखेल युथ क्लब, मनाङ मस्र्याङदी, संकटा, चर्च ब्वाइज, विदेशी क्लब पारो एफसी, मोफसलका क्लब राइजिङ स्टार र आयोजक सहारा क्लब पोखरा रहेका छन् । ...
टाइगरकप महिलातर्फ एपिएफ द्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन,सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना र टिपटपका फकर उद्धिन

टाइगरकप महिलातर्फ एपिएफ द्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन,सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना र टिपटपका फकर उद्धिन

खेलकुद
पोखरा । पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रीक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो पटक लगातार उपाधि जितेको हो । यो जित संगै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । पहिलो सेट एपीएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले जित्दै एपिएफले नगद रु ५लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । उपबिजेता न्यू डायमण्डले नगद रु २ लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । यता पुरुषतर्फ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाण्डौ च्याम्पियन भएको छ । तीन जना भारतिय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प ने...
टाइगर कप भलिबल स् पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी

टाइगर कप भलिबल स् पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी

खेलकुद
पोखरा स्पोर्टस । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकी  विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गरेको हो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागनन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीक...
पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

खेलकुद, डाँडाबाट हेर्दा, ताजा समाचार
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।  अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।  नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्र...
तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन

तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन

खेलकुद
आगामी फागुन पाँच गते पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्यारिटी रन हुने भएको छ । तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरको ब्यानरमा फरक क्षमता भएका नागरीकलाई आर्थिक सहयोगार्थ च्यारिटी रन हुन लागेको हो ।  नेपाल भुतपुर्व खेलाडी मञ्च र डायमण्ड बुद्धिष्ट सेन्टरका प्रतिनिधी योगेश गुरुङबिच मंगलबार भएको छलफलमा गुरुङले च्यारिटी रन गर्ने घोषणा गरेका हुन् । च्यारिटी रन भनेको पुण्य कार्य रहेको डायमण्ड बुद्धिष्ट सेन्टरका चियर पर्सन योगेश गुरुङले बताए ।  उनले केहि उदेश्यका साथ म्याराथनमा सहभागि हुनुपर्नेमा जोड दिए । विश्वका चर्चित सिटी म्याराथनहरुमा समेत केहि उदेश्यका साथ दौडिने हुँदा आफुहरुले समेत सोही अनुरुप नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि केहि गर्ने लक्ष्यका साथ च्यारिटी रन गर्न लागेको बताए । च्यारिटी रनबाट उठेको रकमबाट कोष खडा गरि वर्षेनी सहय...
टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

खेलकुद
विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो संस्करणको प्रतियोगिताको समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै कुल पाचँ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो । बुधबार भएको एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५-१६ ले जित्यो ।  दोस्रो सेटमा २५-९ को जित हासिल गर्‍यो ।  तेस्रो सेटमा  समूह ए बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पुलिसको कुल चार अंक रह्यो भने गण्डकी अंक बिहिन हुँदै बाहिरियो । समूह बि तर्फ अब चन्द्रागिरी न्यु डायमण्ड र हरियाणा टिम भारत बिच खेल हुदैछ । ...
वडा १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, झण्डै १२ सय खेलाडी सहभागी

वडा १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, झण्डै १२ सय खेलाडी सहभागी

खेलकुद
माघ २,पोखरा पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा मंगलबारदेखि वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव–२०८० शुरु भएको छ । संविधान सभा सदस्य विद्यादेवी भट्टराईले एक समारोहका विच महोत्सवको उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रले नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् । खेलाडीहरुको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्र्तराष्ट्रिय पदक जितेको बताउँदै अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् । वडास्तरम हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो । आयोजक वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्दै स्वस्थ्य नागरिक उत्पादनका वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाए । आगामी वर्षहरुमा यो कार्यक्रमलाई अझै बृहत्तर रुपमा आयोजना गरिने बानियाँले औ...
चौथो टाइगर कपको सम्पूर्ण तयारी पुरा

चौथो टाइगर कपको सम्पूर्ण तयारी पुरा

खेलकुद
पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने भएको जनाएको छ ।  प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।  खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ १ गते देखि ६ गते सम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी पक्का भएको हो । देशकै ठूलो धनराशी पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल दिउसो साढे साढे १ बजे सुरु हुने...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

खेलकुद
नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो ।  मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रबद्र्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा जोडिदै आर्थिक र सामाजिक पाटर्नरको रुपमा रहेको बताए ।  निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा प्रोजक्टमार्फत प्रस्तुति दिएका थिए । उनले रोटर...
माछापुच्छ्रे गा.पा अध्यक्ष कप भलिबल प्रतियोगिता : दोस्रो दिन ६ खेल सम्पन्न

माछापुच्छ्रे गा.पा अध्यक्ष कप भलिबल प्रतियोगिता : दोस्रो दिन ६ खेल सम्पन्न

खेलकुद
पौष २६, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न.पाले शुक्लागण्डकी म.पा तनहुँलाई, चापाकोट म.पा स्याङजाले ताराखोला गा.पा बाग्लुङलाई, बोदीकाली गा.पा नवलपुरले माछापुच्छे« गा.पा कास्कीलाई, चापाकोट न.पा स्याङजाले पुन निसीखोला गा.पा बाग्लुङलाई, कालीगण्डकी गा.पा स्याङजाले भिमाद न.पा तनहुँलाई, र अन्नपुुर्ण गा.पा कास्कीले रुपा गा.पा कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गर्न सफल भए । शुक्रबार गल्कोट र कालीगण्डकी विच भएको अन्तिम क्वाटर फाईनल खेल लाईट पोटेष्टका कारण शनिवार ९ बजे सम्मका लागि स्थगित गरिएको छ । अन्तिम क्वाटर फाईनल खेल विजेताले अन्नपुर्ण गा.पा कास्की संग शनिवार हने दोस्रो सेमिफाईनल खेलमा भिडनेछ भने प...