Friday, April 17News That Matters

खेलकुद

खुल्ला स्क्वासमा सृष्टिका उदास विजयी

खुल्ला स्क्वासमा सृष्टिका उदास विजयी

खेलकुद, ताजा समाचार
पोखरा, ४ असार । पोखरामा सम्पन्न खुल्ला स्क्वास प्रतियोगितामा पुरुष तर्फ आभन श्रेष्ठ तथा महिला तर्पm सृष्टिका उदास विजयी बनेका छन् । अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ ८ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदक प्रदान गरिएको थियो । प्रतियोगितमा महिला तर्फ उपविजेता समिक्षा ठकुरी, पुरुष तर्फ नवराज श्रेष्ठ भएका थिए । यसैगरि महिला तर्फ निष्ठा श्रेष्ठ र अपेक्षा अधिकारी, पुरुष तर्फ आरभ श्रेष्ठ र राजु श्रेष्ठले कास्य पदक जितेको कास्की जिल्ला स्क्वास र्याकेट एशोसिएसनका अध्यक्ष प्रविण पालिखेले जानकारी दिनुभयो । विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ्गले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । ...
पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ

पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ

खेलकुद, ताजा समाचार
असार १,हेमजा । । पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ | “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा  सुरु भएको प्रतियोगिताको वडा न.२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे ।  उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न.१ बगरले विजय सुरुवात गरेको छ । खेलको ३४ औं मिनेटमा वडा नं १ का राजु तामाङले पहिलो गोल गरे । साथै खेलको ५३ मिनेटमा वगरका अन्तिम गुरुङले दोस्रो गोल गर्दै २ गोलको अग्रता कायम गर्न सफल भए । प्रवक्ता एवं वडा अध्यक्ष मोतिलाल मिम्सिनाले प्रतियोगिताको उद्धघाटन यस क्षेत्रका बिभिन्न खेलकुदका विधामा रहेमा राष्ट्रि खेलाडीहरुको स्मरण गर्दै हेमजा खेलकुदको उर्भर भुमि भएको बताए । हेमजाले बिगतमा एतिहासिक...
पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारीअन्तिम चरणमा

पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारीअन्तिम चरणमा

खेलकुद
पोखरा, ३१ बैशाख ।पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबलप्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमापुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो ।नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीकोआयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २०हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले२० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविनपुनले बताए ।पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुनेक्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगितासंयोजक लामा अमृत गुरुबले बताए ।।।।नेपाल ल...
महेन्द्रपुल यु २३ बास्केटबल सुरु

महेन्द्रपुल यु २३ बास्केटबल सुरु

खेलकुद, ताजा समाचार
पोखरा । महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन दुई क्वाटरफाइनलका खेलसहित कुल सात खेल सम्पन्न भएका छन् । पहिलो क्वाटरफाइनल खेलमा समूह वि मा रहेको अर्चलबोले हरिनाशलाई ५३–४१ को स्कोरटमा पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ए तर्फ पर्वतले अर्घौ पुन मगर समाजलाई ५९–३८ को स्कोरमा हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । त्यसअघि भएको प्रिक्वाटरफाइनल खेलमा पहिलो खेलमा अर्चलबोटले गलेश्वरलाई ५१–३७ र पर्वतले घोरेपानीलाई ५६–५० ले हराएको थियो । अन्य प्रिक्वाटरफाइनलका खेलमा आयोजक महेन्द्रपुल क्लबले गगनगौडालाई ४९–४२, केविए सेतोले सिक्लेसलाई ५५–३०, पिप्ले बास्केटबल क्लबले केविए कालोलाई ६०–२८ को स्को...
निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

खेलकुद, ताजा समाचार
पोखराः पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे ।उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ ९तमु मुन०, उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा द...
पत्रकार पराजुली स्पोर्ट अवार्ड बाट सन्मानित हुदै।

पत्रकार पराजुली स्पोर्ट अवार्ड बाट सन्मानित हुदै।

खेलकुद, ताजा समाचार
पोखरा /पत्रकार रोहितराज पराजुली उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित हुने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैन...
पोखरामा  आठौ एनसेल बाह्रखरि गल्फ एण्ड वियोण्ड हुने, १२० भन्दा बढि खेलाडीले भाग लिने

पोखरामा  आठौ एनसेल बाह्रखरि गल्फ एण्ड वियोण्ड हुने, १२० भन्दा बढि खेलाडीले भाग लिने

खेलकुद, ताजा समाचार
शुक्रबार /१०/ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । आठौ  गल्फ खेल प्रतियोगितामा  १२० भन्दा बढिले भाग लिनेछन्। सातौै सस्करणको उक्त कार्यक्रम संगै देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको प्रमुख प्रायोजक एनसेल रहेको छ भने सह–प्रायोजक बीवाईडी रहेको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह आयोजनमा गरिने कार्यक्रममा  पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर  समेत साझेदार संस्थाका रूपमा जोडिएका छन् । प्रतियोग...
प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

खेलकुद, ताजा समाचार
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको पुल्चोक क्लब पोखरा -१७ ले प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा करिब छात्र/छात्रा गरेर १२० जना विद्यार्थी प्रतियोगिता मा सहभागी सहभागी रहेका थिए ।  पुल्चोक क्लब पोखरा-१७  ले आयोजना गरेको  पार्दी मा.वि. बाट सुरु भई छोरेपाटन पेट्रोल पम्प-तितेपानी-पुल्चोक-ड्यामसाइड-रास्ट्रबैकचोक-मुस्ताङ चोक हुँदै पार्दी मा.वि. सम्म दौड तय गरेको थियो जसमा पाँच कि.मि. को दौड रहेको थियो । वडा स्तरीय दौडमा पोखरा महानगरपालिका वडा न-१७ मा रहेका विद्यालयका छात्र र छात्रा को सहभागी हुनेगरि भएको प्रतियोगितामा छात्रातर्फ बाट छोरेपाटन माध्यमिक विद्यालयकि २६ मिनेट १२ सेकेन्डमा दौड पुरा गरी प्रथम नारायणी भण्डारी भएकी थिइन, भने छात्रतर्फ बाट १८ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका तेन्जोन रोका मगर प्रथम भ...
भेट्रान फुटबल ः क्वाटरफाइनल समिकरण पुरा

भेट्रान फुटबल ः क्वाटरफाइनल समिकरण पुरा

खेलकुद
पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो ।पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे । दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे ।निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भ...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

खेलकुद
पोखरा । आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजक समेत हो । सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताएका छन् । उनले प्रतियोगिता अन्तर्...