
आहा! रारा पोखरा गोल्डकप फाइनल: नेपाल प्रहरीलाई हराउँदै ब्ल्याक बुल्सको ऐतिहासिक जित
पोखरा
पोखरामा सम्पन्न आहा! रारा पोखरा गोल्डकपको फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ। सहारा क्लब पोखराको आयोजनामा शनिबार भएको यस महत्वपूर्ण फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न सफल भयो।
ब्ल्याक बुल्सका जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ, र साभकातजोन सात्तोरोभले गोल गर्दै टिमलाई सहज जित दिलाए। नेपाल पुलिस क्लबका लागि शिशिर चौधरीले सान्त्वना गोल गरे।
टेक्निकल्ली र ट्याक्टिकल्ली बलियो प्रदर्शन गरेको ब्ल्याक बुल्सले पहिलो हाफको ४० औं मिनेटमा खाता खोलेको थियो। नेपाल पुलिसका प्रज्वल चौधरीले ह्याण्ड गरेपछि ब्ल्याक बुल्सलाई प्राप्त फ्रिकिकमा जाखोनगिर अख्मादोभले उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। गोलरक्षक शत्रुधनको रोक्ने प्रयास असफल हुँदा बल नेटमा पुग्यो...