Tuesday, January 20News That Matters

भिडियो

आहा! रारा पोखरा गोल्डकप फाइनल: नेपाल प्रहरीलाई हराउँदै ब्ल्याक बुल्सको ऐतिहासिक जित

आहा! रारा पोखरा गोल्डकप फाइनल: नेपाल प्रहरीलाई हराउँदै ब्ल्याक बुल्सको ऐतिहासिक जित

ताजा समाचार, भिडियो, मुख्य समाचर
पोखरा पोखरामा सम्पन्न आहा! रारा पोखरा गोल्डकपको फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ। सहारा क्लब पोखराको आयोजनामा शनिबार भएको यस महत्वपूर्ण फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न सफल भयो। ब्ल्याक बुल्सका जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ, र साभकातजोन सात्तोरोभले गोल गर्दै टिमलाई सहज जित दिलाए। नेपाल पुलिस क्लबका लागि शिशिर चौधरीले सान्त्वना गोल गरे। टेक्निकल्ली र ट्याक्टिकल्ली बलियो प्रदर्शन गरेको ब्ल्याक बुल्सले पहिलो हाफको ४० औं मिनेटमा खाता खोलेको थियो। नेपाल पुलिसका प्रज्वल चौधरीले ह्याण्ड गरेपछि ब्ल्याक बुल्सलाई प्राप्त फ्रिकिकमा जाखोनगिर अख्मादोभले उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। गोलरक्षक शत्रुधनको रोक्ने प्रयास असफल हुँदा बल नेटमा पुग्यो...
हजरत मुहम्मदको १४९९ औ जन्मोत्सवमा र्यालि

हजरत मुहम्मदको १४९९ औ जन्मोत्सवमा र्यालि

ताजा समाचार, भिडियो, मुख्य समाचर
पोखरा इस्लाम धर्मका अन्तिम सन्देशवाहक हजरत मुहम्मदको ११४९९ औ जन्मोत्सवको अवसरमा आज पोखरामा मुस्लिम समुदायले भव्य र्यालीको आयोजना गरेको छ।सो अवसरमा मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। Dadagharekhabar.com पोखराको मुस्लिम समुदायले र्यालीलाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा मनाउनुका साथै महान पर्व आस्था र एकताको सन्देसको रुपमा प्रस्तुत गरिएक‍ो थियो। Dadagharekhabar.com शान्ति र सद्भाव र धार्मिक एकता सहितको र्याली पोखराको विभिन्न ठाउमा परिक्रमा गरि मनाइएको छ।सहभागीहरूले हजरत मुहम्मदप्रति सम्मान प्रकट सहित र्याली सम्पन्न गरे। Dadagharekhabar.com Dadagharekhabar.com पोखराको मुस्लिम समुदायले र्यालीलाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा मनाउनुका साथै महान पर्व आस्था र एकताको सन्देसको रुपमा प्रस्तुत गरिएक‍ो थियो। https://yout...
पोखरामा खुल्यो एस्तो होटल : १५० मै पेटभरी मासुभात

पोखरामा खुल्यो एस्तो होटल : १५० मै पेटभरी मासुभात

ताजा समाचार, भिडियो, मुख्य समाचर
पोखरा आजकल सादा खाना पनि २०० रुपैयाँभन्दा कममा पाउन गाह्रो भएको अवस्थामा अर्घाखाँचीबाट पोखरामा आएका हुमबहादुर घर्ति मगरले खान मिल्ने होटेल खोल्नु भएको छ। उहाँको होटेलमा १५० रुपैयाँमै माछा भात वा कुखुराको मासु भात पेटभरि खान सकिन्छ। Dadagharekhabar.com यसबाट केवल आर्थिक मन्दीको असरलाई ध्यानमा राखेर सेवा प्रदान गरिएको छैन, यो समाजसेवा पनि हो, हुमबहादुर घर्ति मगरले भन्नुभयो। बढ्दो महँगाईका बीच आम सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले होटेल सञ्चालन गरिएको उहाँको भनाइ छ। यसबाट केवल आर्थिक मन्दीको असरलाई ध्यानमा राखेर सेवा प्रदान गरिएको छैन, यो समाजसेवा पनि हो, हुमबहादुर घर्ति मगरले भन्नुभयो। बढ्दो महँगाईका बीच आम सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले होटेल सञ्चालन गरिएको उहाँको भनाइ छ। सस्तो मूल्यमा स्वादिलो र सन्तोषजनक खाना उपलब्ध गराउने यस्तो प्रयासलाई स्थानीयहरूले...
मौसम छिनाल: स्मरण शक्तिको जादूगर

मौसम छिनाल: स्मरण शक्तिको जादूगर

अन्तरबार्ता, ताजा समाचार, भिडियो
मौसम छिनाल नेपालका एक प्रमुख मेमोरी मास्टर ट्रेनर हुन्, जसले स्मरण शक्ति सुधार र मेमोरी प्रशिक्षण क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।मौसम छिनालको जन्म वि.सं. २०५३ कार्तिक २४ गते पोखरामा भएको थियो। उनका बुबा मणिराज छिनाल र आमा शान्तिदेवी छिनाल हुन्। सानैदेखि उनी अन्य बालबालिकाभन्दा फरक स्वभावका थिए र नयाँ कुरा सिक्नमा विशेष रुचि राख्थे। विद्यालयमा पनि उनका नतिजाहरू सधैं उत्कृष्ट रहन्थे। फिजिकल ट्रेनिङ्ग दिदै मौसम छीनाल पोखराको अमरसिंह चोकमा हरेक वर्ष आयोजित महोत्सवमा एउटा स्टलमा रहेको मेमोरी इम्प्रूभमेन्ट पुस्तकले उनलाई अत्यन्त आकर्षित गर्‍यो। यस पुस्तकले उनलाई घोक्नबाहेक अन्य स्मरण गर्ने तरिकाहरू पनि हुन्छन् भन्ने बोध गरायो। त्यसपछि उनले मेमोरी टेक्निक्स सम्बन्धी विभिन्न पुस्तकहरू खोजी अध्ययन गर्न थाले। उनले साइबर क्याफेहरूमा गएर इन्टरनेटबाट हजारौं वर्षअघिका स्मरणकलाका टेक्निक्सह...
उत्तरी चीनको राजमार्ग पुल दुर्घटना: ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

उत्तरी चीनको राजमार्ग पुल दुर्घटना: ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

ताजा समाचार, भिडियो
बेइजिङ, साउन ५ – उत्तरी चीनमा एक राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन्। सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार यो जानकारी दिएको हो। फोटो श्रोत गोरखापत्र प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति करिब ८:४० बजे भएको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको जनाएको छ। राजमार्गको पुल नदीमा खसेपछि "लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति" बेपत्ता भएको सिसिटिभीले जनाएको छ। "हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको छ," प्रसारणकर्ताले जानकारी दिएको छ। राज्य सञ्चालित टेलिभिजनमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ। उत्तरी र मध्य चीनमा मङ्गलबारदेखि निरन्तर वर्षाले यहाँको भूभा...