नेदरल्यान्ड्सबाट हुलाकमार्फत पोखरा आइपुग्यो एलएसडी, भारतीय नागरिक पक्राउ; ब्राउन सुगरसहित एक महिला पनि नियन्त्रणमा
पोखरा,
अन्तर्राष्ट्रिय हुलाक सेवामार्फत नेपालमा नयाँ प्रकारका लागूऔषध भित्रिन थालेको तथ्य सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले नेदरल्यान्ड्सबाट पोखरामा पठाइएको हुलाक चिठ्ठीभित्र लुकाइएको एलएसडी (LSD) बरामद गरेको छ। यससँगै ब्राउन सुगरसहित एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ।
बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कास्की प्रहरीले जेठ महिनाभर भएका प्रमुख अपराध अनुसन्धान तथा कारबाही सार्वजनिक गरेको हो। सो क्रममा एलएसडी बरामदको घटना विशेष रूपमा सार्वजनिक गरिएको थियो।
प्रहरीका अनुसार केही दिनदेखि पोखराको लेकसाइड क्षेत्रमा भारतीय नागरिकहरूको गतिविधि बढेपछि निगरानी कडा पारिएको थियो। सोही क्रममा जेठ ३० गते पोखरा–७ शहीदचोकस्थित हुलाक कार्यालय आसपास भारतका २८ वर्षीय आयुस अजित शंकास्पद अवस्थामा भेटिएका थिए। उनी नेदरल्यान्ड्सबाट आएको चिठ्ठीबारे सोधपुछ...









