Thursday, June 25News That Matters

मुख्य समाचर

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

ताजा समाचार, मुख्य समाचर
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।  मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।  ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताए ।  भुवन गिरीले सन्दीपसँग पहिलो पटक सम्झौता गर्दा त्यो गर...
पोखरा–५ मा जेष्ठ नागरिक वाकिङ फुटबल खेल आयोजना हुँदै

पोखरा–५ मा जेष्ठ नागरिक वाकिङ फुटबल खेल आयोजना हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरामा “स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान” भन्ने मूल उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनमा ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि विशेष जेष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम–२०८३ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति, पोखरा–५ को आयोजनामा हुने उक्त कार्यक्रम आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि वाराही माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्य, सक्रियता, मित्रता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमले वृद्धवस्थामा पनि खेलकुदमार्फत उत्साह र उमंग थप्ने विश्वास आयोजकको छ । “हिँड्दै खेलौं, मिलेर खेलौं, रमाएर बाँचौं” ...
यातायात व्यवसायी महासंघको नयाँ नेतृत्व : पोखराका ऐनकुमार र केदार वरिष्ठ उपाध्यक्ष, भानुभक्त उपमहासचिवमा निर्वाचित

यातायात व्यवसायी महासंघको नयाँ नेतृत्व : पोखराका ऐनकुमार र केदार वरिष्ठ उपाध्यक्ष, भानुभक्त उपमहासचिवमा निर्वाचित

ताजा समाचार, मुख्य समाचर
पोखरा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट पोखराका तीन जना यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदाधिकारीमा निर्वाचित भएका छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार साई ७ सय ४९ मतसहित निर्वाचित भएका छन् भने केदार पौडेल ५ सय ७९ मतसहित तेस्रो वरिष्ठ उपाध्यक्षमा विजयी बने। उपमहासचिव पदमा पोखराकै भानुभक्त बराल ७ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला ‘सरोज’ फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले १ हजार ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले ४ सय ६४ मत मात्रै प्राप्त गरेका निर्वाचन अधिकृत योगेन्द्र केसीले जानकारी दिए। वरिष्ठ उपाध्यक्षमा निर्वाचित ऐनकुमार साई यसअघि पनि सोही जिम्मेवारीमा थिए भने केदार पौडेल महासंघको गण्डकी प्रदेश अध्यक्षको भूमिकामा सक्रिय थिए। उपम...
भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको कडा चेतावनी : ‘न्याय बिना उठिवास स्वीकार्य छैन’

भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको कडा चेतावनी : ‘न्याय बिना उठिवास स्वीकार्य छैन’

ताजा समाचार, मुख्य समाचर
पोखरा । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिले उचित व्यवस्थापन बिना गरिने उठिवासको निर्णयविरुद्ध कडा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। कास्की जिल्ला समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकाको हालैको निर्णयले हजारौं परिवारमा गम्भीर त्रास फैलाएको जनाएको छ। समितिका अनुसार विना विकल्प गरिने उठिवासले संविधानले सुनिश्चित गरेका आवास, गाँस, बास, कपास तथा बाँच्न पाउने मौलिक अधिकारमाथि नै प्रश्न उठाएको छ। संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरुङले सरकारले सुकुम्बासीलाई अन्यायपूर्ण तरिकाले हटाउन खोजेको आरोप लगाउँदै भने, “हाम्रा जायज मागहरूलाई बेवास्ता गरियो र विकल्पविना बल प्रयोग गरियो भने हामी चुप बस्दैनौं, आवश्यक परे अन्तिमसम्म संघर्षमा उत्रिन्छौं।” त्यस्तै सहसंयोजक रमेश बलकोटीले विकास र सुशासनको नाममा सुकुम्बा...
पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

ताजा समाचार, मुख्य समाचर
पोखरा, आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मङ्गले’ को प्रचारप्रसारका क्रममा निर्माण टिम र कलाकारहरू पोखरा आइपुगेका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा वैशाख १९ गते मुग्लान रेष्टुरेन्ट मिडटाउनमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मबारे विस्तृत जानकारी दिइएको हो। कार्यक्रममा फिल्मको कथा, पात्रहरूको गहिराइ र निर्माण पक्षबारे चर्चा गर्दै कलाकारहरूले चलचित्रलाई केवल प्रेमकथा मात्र नभई सामाजिक यथार्थसँग जोडिएको भावनात्मक प्रस्तुतिका रूपमा वर्णन गरे। प्रस्तुतकर्ता तथा गायक रामकृष्ण ढकालले चलचित्र समाजभित्रका वास्तविक घटना र सम्बन्धका जटिल भावनालाई पर्दामा उतार्ने प्रयास भएको बताए। उनका अनुसार फिल्ममा प्रेमसँगै रहस्य र सस्पेन्सको मिश्रणले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्नेछ। नायिका वर्षा राउतले ‘मालती’ पात्रलाई आफ्नो अभिनय ...
मजदुर दिवसमा श्रमिक अधिकार सुनिश्चित गर्न ट्रेड युनियनको जोडदार माग

मजदुर दिवसमा श्रमिक अधिकार सुनिश्चित गर्न ट्रेड युनियनको जोडदार माग

ताजा समाचार, मुख्य समाचर
पोखरा, १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश समितिले श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै श्रमिक आन्दोलनबाट प्राप्त अधिकारहरू अझै व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि श्रमिकका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता मौलिक हक अझै सुनिश्चित हुन नसकेको महासंघको भनाइ छ। महासंघका अध्यक्ष रूद्र गौतमका अनुसार श्रमिकहरूको रोजगारी सुनिश्चित गर्न, सामाजिक सुरक्षा सुदृढ बनाउन तथा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ। विज्ञप्तीमा सरकारले हालसम्म श्रमिकमैत्री नीति ल्याउन ...
दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै

दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा, दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं संस्करणको “रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको हो। वि.सं. २०५७ सालमा कास्कीबाट सुरु भएको मञ्च अहिले गण्डकी प्रदेशस्तरमा सक्रिय संस्थाको रूपमा स्थापित भइसकेको छ। खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले मञ्चले २०७२ सालदेखि निरन्तर रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ। यस वर्षको अवार्डमा ९ विधा समेटिएका छन्, जसमा वर्ष खेलाडी (पुरुष/महिला), पिपुल्स च्वाइस, लाइफ टाइम अचिभमेन्ट, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड रहेका छन्। यसपटक पिपुल्स च्वाइस र स्पेशल अवा...
पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ

पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ कास्की प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा लागू औषध, जुवातास तथा फरार प्रतिवादीसम्बन्धी घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहँदै फरार रहेका कास्की मादी गाउँपालिका–७ घर भई हाल पोखरा–१३ बस्ने ३२ वर्षीय हेमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट नियन्त्रणमा लिई कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ। यसैगरी, लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा पोखरा महानगरपालिका–२७ रिड्डेपानी तथा तालचोक क्षेत्रबाट २९ वर्षीय भरत घिसिङ पक्राउ परेका छन्। उनको साथबाट डाइजेपाम, फेनारगन र ब्रुफिनुर्फिन गरी जम्मा ३४५ एम्पुल, एक थान मोबाइल र नगद रु. १ हजार बरामद भएक...
स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान

स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान

ताजा समाचार, मुख्य समाचर
स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान पोखरा , वैशाख १२ — स्याङ्जामा हराएको सुनका गरगहना प्रहरीले खोजतलास गरी सुरक्षित रूपमा सम्बन्धित धनिलाई बुझाएको छ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१० राङखोला निवासी ३२ वर्षीया अनिता शर्मा अधिकारीले स्कूटरमा स्याङ्जाबाट पोखरा जाँदै गर्दा सुनका गरगहना सहितको ब्याग हराएको भन्दै प्रहरीमा सूचना दिएकी थिइन्। उक्त सूचनाको आधारमा खोजी कार्य अघि बढाइएको थियो। खोजतलासकै क्रममा पुतलीबजार–१ निवासी ५३ वर्षीय लोकबहादुर थापाले मजुवा क्षेत्रमा फेला पारेको उक्त ब्याग मिति २०८३ वैशाख १३ गते प्रहरी कार्यालयमा बुझाएका थिए।प्रहरीका अनुसार ब्यागभित्र सिक्रि २ तोला, हार १ तोला, बेरूवा २ थान, पोते सहितको सुनको माला १ थान र चन्द्रमा १ थान रहेको थियो। सबै गरगहना सुरक्षित अवस्थामा फेला परेपछि सम्...
क्षत्री समाजद्वारा विज्ञ समूह गठन

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

ताजा समाचार, मुख्य समाचर
पोखरा, क्षत्री समाजले संविधान संशोधन समितिसमक्ष उपयुक्त राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ । राष्ट्रिय हित, आमजातिको एकतासहित क्षत्री जातिप्रतिको विभेद अनत्यका लागि आवशयक राय सुझाव पेस गर्न उक्त समिति गठन गरिएको समाजका महासचिव कृष्णबहादुर थापाले जानकारी दिए । उक्त समिति संयोजकमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता वीरेन्द्र केसी, सदस्यमा समाजका कानून विभाग प्रमुख अधिवक्ता यमबहादुर क्षत्री र केन्द्रीय सल्लाहकार प्राध्यापक सूर्य खड्का विखर्ची रहेका छन् ।समाजको दोस्रो कार्यकारिणी बैठक तथा चौथो केन्द्रीय समितिको बैठकले उक्त समितिसहित समाजको मागलाई अनुमोदन गरेको छ ।आम खस क्षत्री जातिलाई आदिवासी सूचीकृत गरिनुपर्ने, धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल हुनुपर्ने, जातीय आरक्षणको खारेज गरिनुपर्ने, आरक्षणलाई वर्गीय वा जातीय जनसंख्याको आधारमा गर्नुपर्ने, सरकारबाट दिने स...