२१औँ असारे रोपाइँ महोत्सव असार १४ गते, हलगोरु दौडदेखि हिले फुटबल खेलसम्मका आकर्षण
प्रकाश अधिकारी, पोखरा
पोखरा,
पोखराको मौलिक कृषि संस्कृति, पर्यटन प्रवर्द्धन तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्यले यस वर्षको २१औँ असारे रोपाइँ महोत्सव–२०८३ असार १४ गते पोखरा–३० शिशुवा देउराली खोलाछेउमा आयोजना हुने भएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कृषि र पर्यटनलाई एकै सूत्रमा बाँध्दै पोखराको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए। उनले पोखरालाई सबै मौसममा घुम्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्ले वि.सं. २०६१ देखि “पोखरा सबै मौसमका लागि” भन्ने नारासहित असारे रोपाइँ महोत्सव सञ्चालन गर्दै आएको छ। परिषद्का अनुसार महोत्सवले अफ–सिजनमा आन्तरिक तथा बाह्य...









