Thursday, October 15News That Matters

मुख्य समाचर

पर्यटकलाई दुःख–हैरानी दिने १५ जना कास्कीमा नियन्त्रणमा

पर्यटकलाई दुःख–हैरानी दिने १५ जना कास्कीमा नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने १५ जना नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा गरिएको कारबाहीका क्रममा सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने, ‘होटल मिलाइदिन्छु’ भन्दै पर्यटकका झोला तान्ने तथा करकाप गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामध्ये ६ जना सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै झोला तान्ने, ८ जना अफलाइन पठाओ तथा इन्ड्राइभ चालक र १ जना बोलेरो जिप चालक रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमा...
पोखरामा ७२ वर्षीय वृद्धको मृ*त्यु, कर्तव्य ज्यान मुद्दामा एक जना पक्राउ

पोखरामा ७२ वर्षीय वृद्धको मृ*त्यु, कर्तव्य ज्यान मुद्दामा एक जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगरपालिका–२४ कार्कीको तगारामा ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि बाउसो (कोदालो) र सिसाको बोत्तल प्रहार गरी घाइते बनाएको आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १९ गते साँझ करिब ५ः४५ बजे भएको घटनामा घाइते त्रिपाठीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। चिकित्सकले साँझ ७ः२५ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनापछि फरार रहेका सोही ठाउँका ३३ वर्षीय जगत दाहाललाई प्रहरीले साँझ ७ः१५ बजे पोखरा–२४ स्थित पामेको पुलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको भनिएको एक थान बाउसो (कोदालो) र एक थान सिसाको बोत्तल बरामद गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। पक्राउ परेका दाहाललाई कास...
जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार प्रतिवादी पक्राउ

ताजा समाचार, मुख्य समाचर
Screenshot पोखरा जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसूरका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ पटनेरी बस्ने ४५ वर्षीय उत्तम मगर रहेका छन्। उनी सहकारी ठगीसम्बन्धी कसूरमा पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका थिए। तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई असोज १८ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ सानोगाउँबाट जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको हो। पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि कास्की जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। #KaskiPolice #Pokhara #Kaski #News #PrakashAdhikari ...
पर्यटकलाई दुःख–हैरानी दिने ५ जना पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा

पर्यटकलाई दुःख–हैरानी दिने ५ जना पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा पर्यटकलाई सस्तोमा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख–हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १७ र १८ गते पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवान ले घटनाबारे जानकारी दिएका हुन्। ...
नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति द्वारा उध्योग बाणिज्य सँघका पदाधिकारी लाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति द्वारा उध्योग बाणिज्य सँघका पदाधिकारी लाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको आयोजनामा सोमवार ५ गते पोखरा उद्योग बाणिज्य सँघका नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।आयोजित कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि उध्योग बाणिज्य सँघ नवनिर्वाचित अध्यक्ष शोभा गौतमले आफ्नै कार्यकालमा सँघको सदस्य सख्या ५ हजार पुर्याएरै छाड्ने वताएकि छन् । सोहि अवसरमा यसकालागि यहा हरुले उध्योग बाणिज्य सँघको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्वमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरि सहयोग र योगदान पुर्याएकोमा नेपाल राष्ट्रिय घर भाडा समितिलाई धन्यवाद सहित कृतज्ञता प्रकट गरेकि छन् । उनले सोहि अवसरमा ५ हजार सदस्य पुर्याउनका लागि सबको सहयोग अपरिहार्य रहेको वताउदै आफु कमाउन भन्दा पनि अग्रजले दिएको सर सल्लाह र सदस्य हरुको सहयोगमा कुनैपनि व्यवसायि लाइ उध्योग बाणिज्य म सगै छ भन्ने अनुभु...
मिडिया कप फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई, बागलुङ उपविजेता

मिडिया कप फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई, बागलुङ उपविजेता

खेलकुद, ताजा समाचार, मुख्य समाचर
फोटो :-प्रकाश अधिकारी पोखरा, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा भएको फाइनलमा एनएसजेएफ गण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै एनएसजेएफ गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। प्रतियोगितामा एनएसजेएफ गण्डकीका धनबहादुर गुरुङ ‘सुमन’ उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल पत्रकार महासंघ बागलुङका रोहन जीसी उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर...
पोखरामा ‘प्रोटिन रन’: बिभिन्न देशका ४ हजार भन्दा बढी खेलाडी,खेलकुद मार्फत स्वास्थ्य, पर्यटन र कृषिमा जोड्ने जनचेतनामूलक अभियानको रुपमा कार्यक्रम 

पोखरामा ‘प्रोटिन रन’: बिभिन्न देशका ४ हजार भन्दा बढी खेलाडी,खेलकुद मार्फत स्वास्थ्य, पर्यटन र कृषिमा जोड्ने जनचेतनामूलक अभियानको रुपमा कार्यक्रम 

ताजा समाचार, मुख्य समाचर
प्रोटिन अधिकार र सचेतनाका लागि पोखरामा हुने दौडमा ४ हजार १ सय ६ जना धावकले प्रतिस्पर्धा गर्ने भएको छन् । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गते शनिबार हुने पाँचौँ संस्करणको प्रोटिन अधिकारको लागि हाफ म्याराथन २०२६ मा आठ विधामा ति खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले जानकारी दिए । यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको प्रमुख प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने सो दौड लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने उनले उल्लेख गरे ।  बसुन्धरा पार्कबाट सुरु भएको दौड हलनचोक, सेदी, पामे हुँदै लौरुकसम्म पुगेर फेरी बसुन्धरा पार्कमै आएर समापन हुने कार्यक्रम छ । प्रतियोगितामा हाफ म्याराथन पुरुषतर्फ २१ किलोमिटरमा ४०६ र महिलातर्फ २१ किलोमिटरमा ६४ जना सहभाग...
भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न ‘मिडिया कप फुटसल’, सम्पूर्ण तयारी पूरा

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न ‘मिडिया कप फुटसल’, सम्पूर्ण तयारी पूरा

ताजा समाचार, मुख्य समाचर
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बारे जानकारी दिने उद्देश्यले आज पोखरामा प्रेस मिट आयोजना गरिएको छ। प्रेस मिटमा खेलको उद्देश्यबारे जानकारी दिँदै आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्ने जानकारी दिए। प्रतियोगिता तयारीका क्रममा क्रियाशील पत्रकारहरूको हितलाई प्राथमिकता दिइए पनि हाल उद्देश्य परिवर्तन भएको उनको भनाइ छ। त्यस्तै, पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भन्दै श्रेष्ठले प्रदेशका टिमलाई पोखरामा स्वागत गर्न आतुर रहेको बताए। ‘प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बना...
हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

ताजा समाचार, मुख्य समाचर
नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी रहनुभएको छ । निर्वाचन समितिको संयोजकमा सुशीलकुमार वाग्ले तथा सदस्यमा उमनाथ आचार्य र विष्णु अधिकारी रहनुभएको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले हेभी इक्युप्मेन्ट अपरेटरहरूले देश निर्माणमा महत्वपूर्ण योगदान गरे पनि उनीहरूको काम र योगदानको उचित कदर हुन नसकेको बताउनुभयो।“यो जनशक्तिले ...
दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

खेलकुद, ताजा समाचार, मुख्य समाचर
दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए  । करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयो...