पोखरा–५ मा जेष्ठ नागरिक वाकिङ फुटबल खेल आयोजना हुँदै
पोखरा ।
पोखरामा “स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान” भन्ने मूल उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनमा ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि विशेष जेष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम–२०८३ आयोजना हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति, पोखरा–५ को आयोजनामा हुने उक्त कार्यक्रम आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि वाराही माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
जेष्ठ नागरिकहरूको स्वास्थ्य, सक्रियता, मित्रता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमले वृद्धवस्थामा पनि खेलकुदमार्फत उत्साह र उमंग थप्ने विश्वास आयोजकको छ ।
“हिँड्दै खेलौं, मिलेर खेलौं, रमाएर बाँचौं” ...









