Tuesday, April 21News That Matters

ताजा समाचार

लालिगुरास एशोसियसन क्लव द्वारा रक्तदान कार्यक्रम सम्पन्न

लालिगुरास एशोसियसन क्लव द्वारा रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार
आइतवार बैशाख१६ पोखरा / सामाजिक सेवा गर्दै आइरहेको लालिगुरास एशोसियसन क्लवले  यहि १५ गते  शनिवार  आफ्नो बाह्रौ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ।प्रमुख अतिथि तथा गण्डकी प्रदेस माननीय साँसद स्वरास्वस्ति गुरुङ्को प्रमुख आतिथ्यतामा उद्घाटन तथा  शुभारम्भ गरिएको थियोे ।   आयोजित रक्तदान कार्यक्रमको अवसरमा बिशिष्ट अतिथि  वडा नम्वर १३ वडा अध्यक्ष किरण वराल अतिथिमा अमरसिह उच्च माध्यामिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा १०२  युनिट रगत सङ्कलन भएको रक्तदान कार्यक्रमका सँयोजक इश्वर बस्यालले वताए।  अमरसिह खेलमैदानमा गरिएको रक्तदान कार्यक्रम क्लवका अध्यक्ष डम्वर सिह गुरुङको अध्यक्षतामा गरिएको थियोे भने कार्यक्रम सँयोजक इश्वर बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए। ...
अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

ताजा समाचार
जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ  ।अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङखला पोखराको रमणीय स्थल खास्टेताल किनारमा रहेको जेष्ठी बाराही मन्दिर परिसरमा सम्पन्न भएको हो  । पोखरा महानगरपालिका वडा नं २६ तथा खास्टेताल टोल विकाश संस्थाको स्थानीय व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्यिक मनहरुको उपस्थितिले तालको सुन्दरतामा अझै सुनमा सुगन्ध थपिएको महशुस गरेको वताए ।  वडाध्यक्ष थापाले साहित्य समाजको ऐना भएकाले त्यहाँको पर्यटन प्रवद्र्धन...
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

ताजा समाचार, मुख्य समाचर
बर्दिबास, १५ वैशाख ।पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए । नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको...
लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

ताजा समाचार
पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । भित्तेपात्रोको विमोचन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले पोखरा पर्यटकीय राजधानी घोषणा संगै यसलाई सार्थकता दिन सम्पूर्ण व्यवसायीको जिम्मेवारी हुने वताइन । पोखरा आफैमा पर्यटकीय गन्तब्य भएतापनि सरकारी स्तरबाटै पर्यटकीय राजधानी घोषणा हुनु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, पश्चिमाञ्चल होटल संघका अयक्ष लक्ष्मण सुवेदी, सारस वेभरेज डिलरका प्रतिनिधी राजु सुवेदी लगायत ब्यवशायीले ब्यवसायीक मर्यादामा रहेर ब्यवसाय गर्नुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष रोशन देवकोटाले लेकसाइड मदिरा ब्यवसायी समितिमा आवद्ध ब्यवसायीहरुले ब्यवसायमात्र नभइ सामाजिक काममा स...
एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

ताजा समाचार
पोखरा, ११ वैशाख । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ ।लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुुभयो ।पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमीको व्ययभार विमा कम्पनीले नै जिम्मा लिने गरी नेपा...
पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

ताजा समाचार
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुंडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको हो । जस अन्तर्गत कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष रोजेश गुरुङले वताए । पोखरा महानगरभित्र रहेर पनि हाल सम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच सेट कम्प्युटर समेत प्रदान गरिएको वताउदै उक्त सहयोगले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले क...
पोखरामा पनि हनुमान जयन्ती मनाइयो

पोखरामा पनि हनुमान जयन्ती मनाइयो

ताजा समाचार
पोखरा बैशाख ११ मङ्गलवार  विश्व हिन्दु परिषद नेपाल कास्कीको आयोजनामा विश्वहिन्दु परिषद् नेपालका  महासचिव जितेन्द्र सिहको उपस्थितिमा पोखरामा पनि हनुमान जयन्ती मनाइयो।  आयोजित हनुमान जयन्ती कार्यक्रमको अवसरमा हिन्दु धर्मालम्वि भक्तजनहरु द्वारा पोखराको नदिपुर निलकण्ठ महादेव आश्रम सेवा समिति नारायणथान बाट बजरङ्गवलि  जय श्रीराम  अङ्कित झण्डा सहित शुरु भएको धर्मिक  मोटरसाइकल र्यालि पोखराको वगर, सिम्पानि, हरिचोक ,विन्दवासिनि ,पर्स्याङ, जिरोकिलोमिटर हुदै लेकसाइ ,हल्लनचोक, वाराहिचोक  राष्ट्रबैक चोक  हुदै पृथ्वी चोक, सभागृह चोक हुँदै न्युरोड, महेन्द्रपुल ,पालिखेचोक हुदै पुन  नारायणस्थान पुगि एक कार्यक्रमका बिच समापन गरिएको थियो।   र्यालिमा हनुमानजि कि जय, जय वजरङ्गवलि हनुमानजि कि जयको स्तुति  भजन सहित  भक्तजनहरु द्वारा  उच्चारण गर्नुका साथै भजन सहितको उक्त र्यलिमा  भक्तजनहरुको बाक्...
पर्यटकिय राजधानी पोखरामा टेक्सि चालकको इमानदारीता

पर्यटकिय राजधानी पोखरामा टेक्सि चालकको इमानदारीता

ताजा समाचार, सडक सरोकार
पोखरा / बुधबार ९/ झट्ट टेक्सि भन्ने बित्तिकै बैमान ठग सोच्ने मानिसहरूको हेर्ने सोच्ने दृष्टिकोणलाई पोखरा वसपार्कमा टेक्सि चलाएर जीवन यापन गर्दै आइरहेका पोखराको बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित एक ट्याक्सी चालकले आफ्नो इमानदारीता देखाएर झुटा सावित गराइ दिएका छन्। Taxis बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित ग १ ज ३३८१ नम्बरको ट्याक्सी चालक वुद्दि वहादुर नेपालीले आफ्नो टेक्सिका यात्रा गर्ने क्रममा यात्रुको छुटेको पैसा फिर्ता दिँदा इमानकै कारण इमानदारीताको इनाम स्वरुप ३ हजार रुपैयाँ पाएका हुन् । बसपार्कबाट उनको ग १ ज ३३८१नम्बरको टेक्सिमा चढेर छोरेपाटन जानेक्रममा शिवराज न्यौपानेको २६ हजार ३ सय रुपैयाँ पैसा र मोबाइल छुटेको थियो । उनले ट्याक्सीमा पैसा र मोबाइल छुटेको पत्तो पाएनन् । तर, पछि खोज्दै जाँदा ट्याक्सी चाकलले इमान्दारिका साथ फिर्ता गरिदिएपछि ती यात्रु न्यौप...
मिटरमा चल्न नमान्ने टेक्सि कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा / डवल पार्किङ गरेर राखिएका करिव २६ मोटरसाइकल स्कुटर पनि कारवाहिमा

मिटरमा चल्न नमान्ने टेक्सि कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा / डवल पार्किङ गरेर राखिएका करिव २६ मोटरसाइकल स्कुटर पनि कारवाहिमा

जन संदेश, ताजा समाचार, सडक सरोकार
पोखरा बैशाख ९ आइतबार / ट्राफिक  प्रहरी कार्यालय कास्कीले  मिटरमा नचलाएकै कारण पोखराको विभिन्न ठाउँ बाट एकैदिनमा १३ टेक्सि आफ्नो नियन्त्रणमा लिएको छ।    विभिन्न ठाउबाट टेक्सि मिटरमा चल्न नमानेको आफुखुसि भाडालिएको जनगुनासो  आएपछि सर्वसाधारण नागरिक बाट १०३ मा खवर प्राप्त भएपछि सिभिल टोलि यात्रु बनेर  अप्रेसन गरेपछि पोखरा को बिभिन्न ठाउबाट  एकै दिनमा १३ टेक्सि नियन्त्रणमा लिइएको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले वताउनु भयो ।    मिटरमा नचलाइएको पाइएपछि यसभन्दा पहिला पनि  ५०४ टेक्सिलाइ नियन्त्रणमा लिएर  कारर्वाहिका लागि यातायात कार्यालय पठाइएको पत्रकार बिच जानकारी  गराउदै प्रमुख शर्माले आम सर्वसाधारण नागरिकलाई अझैपनि टेक्सिले मिटर नचलाएमा वा मिटरमा जान नमानेमा कहाँ खवर गर्ने भन्ने बारै थाहा नभएको वताउदै यदि कोहि पनि सर्वसाधारण नागरिकलाइ  यस्त...
कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवद्र्धन

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवद्र्धन

ताजा समाचार
पोखरा, ९ वैशाख । कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो । डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था एवम् विश्वासका कारण पनि प्राचीन कालदेखि चर्चामा आएका तीर्थस्थल हुन् ।समुद्र सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाईमा रहेको डहरे देउराली प्राचीन धर्मग्रन्थमा पनि उल्लेख भएको तीर्थस्थल हो । अठार पुराणमध्येको स्कन्द पुराणमा नीलगिरि पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको श्री मोक्षद्वारी बाल सिद्ध योगाश्रममा पीठाधिश पशुपत्यानन्द गिरीजी महाराजले जानकारी दिनुुभय...