‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिनुपर्छ भन्ने छैन्’
पोखरा, ९ वैशाख ।नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् ।
फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड दिए । सत्य र इतिहास लुकाएर नलुक्ने उनको भनाई थियो । ‘सत्यनारायण बहादुर श्रेष्ठको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नु भएन,’ उनले भने, ‘तर, सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ ।’
नेपाल पत्रकार महासंघका केन...









