Tuesday, April 21News That Matters

ताजा समाचार

यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

ताजा समाचार
पोखरा । यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले सानो भएपनि राहत पाउने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखी पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाज...
उद्योग व्यापार महासँघको साधारण सभा अर्थमन्त्री चुमान द्वारा उद्घाटन

उद्योग व्यापार महासँघको साधारण सभा अर्थमन्त्री चुमान द्वारा उद्घाटन

ताजा समाचार
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले अहिले नेपालको अर्थतन्त्र सङ्कटमा नभएको बताउँदै उहाँले उद्योगी व्यवसायीको र लगानीकर्ताको मनोवल वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको दोस्रो साधारणसभाको शनिबार  पोखरामा उद्घाटन गर्दै वहाँले उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने खालका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने कुरामा आफ्नो जोड रहेको वताउनु  भयो । “नेपालको अर्थतन्त्र कहिल्यै पनि सङ्कटमा  नरहेको जनाउदै केहि  विशेष कारणले  व्यापार व्यवसाय चलायमान बन्न नसकेको वताउनु भयो ।   मन्त्री चुमानले प्रदेश सरकारले आगामी वर्षका कार्यक्रममा निजी क्षेत्रको आत्मवल वृद्धि गर्ने र आर्थिक सुधारका कार्यक्रम ल्याउनेवताउनु भयो । आर्थिक मामिलामन्त्री चुमानले पूँजीगत खर्च वृद...
महेन्द्रपुल यु २३ बास्केटबल सुरु

महेन्द्रपुल यु २३ बास्केटबल सुरु

खेलकुद, ताजा समाचार
पोखरा । महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन दुई क्वाटरफाइनलका खेलसहित कुल सात खेल सम्पन्न भएका छन् । पहिलो क्वाटरफाइनल खेलमा समूह वि मा रहेको अर्चलबोले हरिनाशलाई ५३–४१ को स्कोरटमा पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ए तर्फ पर्वतले अर्घौ पुन मगर समाजलाई ५९–३८ को स्कोरमा हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । त्यसअघि भएको प्रिक्वाटरफाइनल खेलमा पहिलो खेलमा अर्चलबोटले गलेश्वरलाई ५१–३७ र पर्वतले घोरेपानीलाई ५६–५० ले हराएको थियो । अन्य प्रिक्वाटरफाइनलका खेलमा आयोजक महेन्द्रपुल क्लबले गगनगौडालाई ४९–४२, केविए सेतोले सिक्लेसलाई ५५–३०, पिप्ले बास्केटबल क्लबले केविए कालोलाई ६०–२८ को स्को...
निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

खेलकुद, ताजा समाचार
पोखराः पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे ।उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ ९तमु मुन०, उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा द...
पत्रकार पराजुली स्पोर्ट अवार्ड बाट सन्मानित हुदै।

पत्रकार पराजुली स्पोर्ट अवार्ड बाट सन्मानित हुदै।

खेलकुद, ताजा समाचार
पोखरा /पत्रकार रोहितराज पराजुली उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित हुने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैन...
जलारी दिदीबहिनीको ३ दिने उद्घोषण तालिम सम्पन्न

जलारी दिदीबहिनीको ३ दिने उद्घोषण तालिम सम्पन्न

ताजा समाचार
पोखरा । जलारी दिदीबहिनी समुह पोखरा ६ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको प्रशिक्षक सहयोगमा भएको उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन सम्बन्धि तालिम सोमबार सम्पन्न भयो । शनिबार देखि संचालन भएको तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य शोभा जलारीले जलारी समुदायका महिला पछि पर्नुको मुख्य कारण नै नेतृत्वमा आउन नसक्नु रहेको वताउँदै नेतृत्वमा आउन उद्घोषण कला र नेतृत्व विकास तालिम अपरिहार्य रहेको वताइन । सो अवसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले स्वतन्त्र पत्रकार संघ कास्कीले लक्षित वर्गका समुदायमा निशुल्क रुपमा प्रशिक्षकहरु उपलब्ध गराउँदै आएको वताउँदै कुनै पनि संघ संस्थाले आग्रह गरेमा सहयोग गर्न तयार रहेको वताए । कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका सल्लाहकार रामचन्द्र जलारी, फ...
पोखरा १० मा आधारभुत ब्यूटिसियन तालिम सुरु

पोखरा १० मा आधारभुत ब्यूटिसियन तालिम सुरु

ताजा समाचार
पोखरा । पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधी भएर वडामा आएदेखि वडा भित्रका युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागिपरेको वताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार ब्यवशाय गर्न सक्ने उनको भनाइ रहको थियो । सो अवसरमा वोल्दै तालिमका समन्वय कर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीहरुले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने वताउदै आफुहरुले ४५ दिन सम्म त...
पोखरा बाट प्रकासित सराङ्कोट साप्ताहिक पत्रिकाका सम्पादक तथा सुचना सञ्जाल केन्द्रीय सदस्य वञ्जारा पुरस्कृत

पोखरा बाट प्रकासित सराङ्कोट साप्ताहिक पत्रिकाका सम्पादक तथा सुचना सञ्जाल केन्द्रीय सदस्य वञ्जारा पुरस्कृत

ताजा समाचार
शनिबार २२ पाेखरा / राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अबसरमा देशभर बाट चार जना सुचना अभियन्तालाइ आयोगले पुरस्कृत गरेको छ । यसै क्रममा पोखराका पत्रकार यदुनाथ बन्जारा , सिराहाका पर्शुराम शाह , हेटौंडाका पत्रकार इन्द्र प्रसाद ( रमेश ) बन्जारा र सिन्धुपाल्चोकका पत्रकार आदित्य दहाल राष्ट्रपति रामचन्द्र पौडेल बाट सम्मानित भएका छन । बर्षौ देखि पोखरालाइ आफ्नो कर्मथलो बनाउदै पत्रकारिता गर्दै आएका यदुनाथ बञ्जारा र हेटौंडामा पत्रकारिता गर्दै आइरहेका इन्द्र प्रसाद (रमेस )बञ्जारा सहोदर दाजुभाइले यस पट एकै साथ सन्मानित तथा पुरस्कृत भएका छन्। आयोगले राष्ट्रपती भवन सितलनिवासमा आयोजना गरेको १७ औ स्थापना दिवसको अवसरमा विशेष समारोहका बिच सुचनाको हक कार्वन्यनको पक्षमा सकृयतापुर्वक अहम् भुमिका निर्वाह गरेकोमा अभियन्नता तथा सुचना अधिकारि लाई सन्मान तथा पुरस्कृत गरेको छ। करिव डे...
कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

ताजा समाचार, मुख्य समाचर
बैशाख २० बिहीबार / पोखरा/ ट्राफिक प्रहरी कार्यालय कास्कीले आज २० गते बिहिवार फेरि ११ सार्वजनिक सवारी नियन्त्रणमा लिएको छ। पोखराको सडकमा जाचपास फेल भएका सार्वजनिक सवारी गुडिरहेको अवस्थामा चेकजाच गर्ने क्रममा ९ सवारि जाचपास फेल भएको र २ सवारी जाचपास साथमा नराखेकै कारण आज २० गते बिहिवारका दिन कास्की ट्राफिक प्रहरिले ११ सार्वजनिक सवारी लाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। यसो त हिजो बैशाख १९ गते बुधवारका दिन नगरक्षेत्रमा गुडिरहेका ३५ वसलाइ उपकरण सहित प्रदुषण चेकजाच गर्ने क्रममा ३० सवारि मा प्रदुषण देखिएको हुदा नियन्त्रणमा लिएर नियमानुसार कार्वाहिका लागि यातायात व्यवस्थापन कार्यालयमा पठाइएको कास्की ट्राफिक प्रहरि कार्यालय कास्किका वरिष्ठ प्रनानि तथा सुचना अधिकरि मीन खड्काले वताएका छन्।पोखरामा सडकमा गुड्ने सार्वजनिक सवारिले धुवाको मुस्लो फाल्दै सडकमा गुडिरहेको देखेर पनि ध्यान नदि...
पर्यटकिय राजधानी पोखराका सडकमा धुवाको मुस्लो ,उपकरण तथा जनशक्ति अभाव

पर्यटकिय राजधानी पोखराका सडकमा धुवाको मुस्लो ,उपकरण तथा जनशक्ति अभाव

ताजा समाचार, सडक सरोकार
केहिदिन  पहिला  हरियो रङ्ग भएको  सार्वजनिक नगरवस अघि अघि ट्राफिक प्रहरी दुइपाङ्ग्रे सवारीमा पछि पछि  सवारी गुडाउदै गरेको तस्बिर सहित सामाजिक सञ्जालमा एउटा पोष्ट भाइरलनै बन्यो ।  आम सर्वसाधारण फेसवुक प्रयोगकर्ताले आलोचनायुक्त कमेन्ट गरे त्यसपछि कास्की ट्राफिक प्रहरीले बैशाख १० गते पोखराको सडकमा धुवाको मुस्लो फाल्दै गुडि रहेको ग १ ख ८१२४ नम्बरको  हरियो रङ्गको एक नगरवसलाइ आफ्नो नियन्त्रणमा लिने काम गर्यो कारवाहिका लागि यातयात व्यवस्थापन कार्यालय समेत पठायो  । तब कतिपय नागरिकले सामाजिक सञ्जालमा मात्रै हैन अन्यत्र पनि  कास्की ट्राफिक प्रहरिले स्वागतयोग्य राम्रो काम गरेको भन्दै स्वागत गरे भने कतिपयले देखावटि  मात्र भनेर टिकाटिप्पणि पनि गरे ।  पोखरामा एक त सडक कहिले धुलाम्य हुने त कहिले हिलाम्य हुने  समस्या बाट अझै पनि ग्रस्तमुक्त हुन सकिरहेको छैन । त्यसमा...