नवबर्ष ८१ शुभकामना आदानप्रदान ,तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन
पोखरा/ बैशाख ४ मङ्गलवार / गण्डकी मिनि मझौला ट्रक सञ्चालक समितिले नया बर्ष २०८१ को शुभारम्भ सगै राष्ट्रिय यातायात व्यवशायि महासघका केन्द्रिय सदस्य तथा समितिका पुर्व अध्यक्ष तथा सरक्षक प्रमुख अतिथि खड्क वहादुर विश्वकर्माको आतिथ्यतामा शुभकामना आदानप्रदान तथा २०८१ क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।
शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमका प्रखुख अतिथि खड्क वहादुर विश्वकर्माले नया बर्ष २०८१ क्यालेण्डर विमोचन गर्नु भयो।
विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्कर्माले नया बर्ष को शुभकामना दिदै आफू सदैव व्यवशायिकै पक्षमा रहेको वताउदै व्यवशायिको हक हित तथा सरक्षणका लागि कुनै कसर बाकि नराख्ने वताए। प्रमुख अतिथि विश्वकर्माले आफू पनि व्यवशायिनै भएको जनाउदै पछिल्ला केहि बर्ष यता कोरोनाकै कारण र राष्ट्रियस्...









