Tuesday, April 21News That Matters

ताजा समाचार

क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन दमौलीमा

क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन दमौलीमा

ताजा समाचार
शोमवार १९/पोखरा /क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन यहि चैत २५ र २६ गते तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशन सम्वन्धमा क्षत्री समाज नेपालले सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको होे । महाधिवेशन लागि वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रहने गरि स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप–समितिहरु गठन गरिएको महासचिव केशबहादुर केसीले पत्रकार सम्मेलनमा बताउनु भयो । महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिनुका साथै दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने केसीले बताउनु । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको ...
१२ अौ आलु महोत्सवको तयारी अन्तिम चरणमा

१२ अौ आलु महोत्सवको तयारी अन्तिम चरणमा

ताजा समाचार
चैत्र १७ शनिबार पोखरा /चैत्र २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विष्णुपादुका क्लव द्वारा आयोजित महोत्सवको बारेमा शनिवार आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजक विष्णु पादुका क्लवले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष समेत रहनु भएका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताउदै , महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पार्नु भयो । क्लव सचिव समेत रहनु भएका मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेम्जावासीको महोत्सवका रुपमा राष्ट्रिय हेम्जा आलु महोत्सवलाई चिनाउँदै महोत्सव सग हेम्जाको पहिचान जोडिएको बताउनु भयो । वहाले यस वर्षको म...
पोखरा २७ अर्चलेमा वस दुर्घटना

पोखरा २७ अर्चलेमा वस दुर्घटना

ताजा समाचार
पोखरा चैत्र  १७ शनिवार  /आज बिहान पोखरा २७ अर्घौ अर्चले हरकोट भन्ने ठाउमा वस  दुर्घटना भएको छ।बिहानको समयमा चालक सहचालक मात्रै रहेको ८६८० नम्बरको सो बस दुर्घटना भएको हो। पोखरा २७ बस्ने बर्ष २७ का टिकाराम  विक घाइते भएका छन् उनलाई उपचारका लागि गण्डकि हस्पिटलमा  ल्याइएको छ ।सहचालक भने सामान्य घाइते भएको चालकको छातिमा च‍ोट पुगेको ट्राफिक प्रहरी कास्किले जनाएको छ। दुर्घटना किन र कसरी भयो भन्ने बारे थप विवरण आउन बाकि छ। दुर्घटना स्थलतर्फ ट्राफिक  सुरक्षा टोलि  जाँदै गरेको कास्की ट्राफिक प्रहरीले वताएको छ।   सामाजिक सञ्जालमा देखिएको तस्बिरलाइ हेर्दा कास्किमा भएका दर्जनौ दुर्घटना मध्य  सायद यस्तो सवारि दुर्घटना पहिलो हुनु पर्छ । ...
एमाले कास्कीमा बैन वहादुर अधिकारी क्षत्री विजयि अधिकारी पक्ष बलियो

एमाले कास्कीमा बैन वहादुर अधिकारी क्षत्री विजयि अधिकारी पक्ष बलियो

ताजा समाचार, राजनिति
पोखरा चैत्र १५/नेकपा (एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । १० गतेदेखी पोखरामा सुरु भएको सम्पन्न मतगणनामा अधिकारीले पाँच सय ५१ मत ल्याइ विजयी भएका छन् । प्रत्यासि माधव बास्तोलाले तीन सय ४७ मत ल्याएका छन् । क्षेत्री दुई सय चार मतान्तरले विजयी भएका छन् ।अर्का स्वतन्त्र समुहविहिन निरप्यानल अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याएका छन्। । एमाले कास्कीको अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका दूई समूहले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वाचित अधिकारी खगराज पक्ष समुहका हुन् भने,बास्तोला गुरुङ पक्षका हुन् । खगराज पक्ष समूहले कास्कीमा अध्यक्ष सहित पदाधिकारी सबैमा जित हासिल गरेको छ। गुरुङ पक्ष समूह बलियो भएको चर्चा चले पनि चुनावि परिणामले भने अधिकारी पक्ष...
राजनीति भित्रको बद्नाम राजनीति

राजनीति भित्रको बद्नाम राजनीति

ताजा समाचार, विचार/लेख
हुन ता राजनीति बिना राज्य सञ्चालन हुनै सक्दैन राज्यव्यवस्था लाई सहि ढङ्गले सञ्चालन गर्नका लागि राजनीतिको जति महत्व हुन्छ ।त्यति नै  चाहे त्यो कुनै राष्ट्र होस् वा पाटि वा कुनैपनि सघ सस्था होस् सबैमा   बिधानको पनि त्यत्तिकै हुन्छ। विश्व राजनीति बाटै चलेको छ। कुनैपनि देस राजनिती पाटि बिना चल्नै सक्दैन। जहाँ  सिद्धान्त विचार दर्शन सहितको स्वच्छ गुट रहित इमानदारीपूर्वक गरिने राजनीति र त्यस्तो आदर्सवादि नेता भएको पाटि  हुन्छ। त्यो देस न त विकास विमुख हुन्छ न त न्याय विमुख हुन सक्छ। जहाँ  भ्रष्टाचार नातावाद कृपावाद माफियावाद शून्य हुन्छ । जहाँ राजनीति भित्र राजनिति हुदैन । जुन देसमा देस र जनताप्रति जिम्मेवार नेतासहितको पाटि हुन्छन् ।त्यहा सदा रामराज्य जस्तो अवस्थाको जनताले अनुभुति गर्न पाउछन्। त्यो देस कहिल्यै पनि ओरालो यात्रा गरेको मृग जस्तो हुनु पर्दैन।त्यो देसमा रात ...
पोखरा बाट नारायण घाट तर्फ जाँदै गरेको कार देउरालीफेदि सडकखण्डमा दुर्घटना यात्रु सकुशल

पोखरा बाट नारायण घाट तर्फ जाँदै गरेको कार देउरालीफेदि सडकखण्डमा दुर्घटना यात्रु सकुशल

ताजा समाचार
चैत्र १० पोखरा महानगरपालिका वडा नं. ३२ देउराली फेदीमा हिजो ९ गते शुक्रबार बिहान ८ बजे कार दुर्घटना भएको छ । पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०१–०२८च ६५४७ नम्बरको कार पोखरा र रुपा गाउँपालिकाको सिमाना नजिकै सडक किनारमा कार अचानक पल्टिए पछि क्षतिग्रस्त भएको छ। पोखरा-३२ का वडासदस्य तथा नगरसभा सदस्य सावित्रीदेवी पण्डितसहित सवार दुर्घटनाग्रस्त कारमा उनको परिवार सवार थिए । सडकको धुलोकै कारण कार चिप्लिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण कारमा क्षति पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारमा सवार पण्डित परिवार सकुसल रहेको कुनै मानवियय क्षति नभएको जनाएको छ । स्थानीय नीरज श्रेष्ठले जिर्ण सडककै कारण दुर्घटना भएको वताएका छन्। सडक मर्मतका लागि पटकपटक हार गुहार गरिएको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकै कारण पटकपटक यस्ता दुर्...
लोकतन्त्रवादि आदिवासी जनजाति महासघ गण्डकी प्रदेस प्रथम अधिवेशन शनिवार हुने

लोकतन्त्रवादि आदिवासी जनजाति महासघ गण्डकी प्रदेस प्रथम अधिवेशन शनिवार हुने

ताजा समाचार
पोखरा शुक्रबार ९/ नेपाली काङ्ग्रेस निकट लोकतन्त्र वादि आदिवासी जनजाति महासघको प्रथम अधिवेशन यहि चैत्र १० गते प्रदेस राजधानी पोखराको सभागृहमा हुने भएको छ।  प्रमुख अतिथि नेपाली काङग्रेस उपसभापति एवम् पुर्व रक्षामन्त्रि तथा उपप्रधानमन्त्रि माननीय पुर्ण वहादुर खड्का ज्यु द्वारा उद्घाटन हुने कार्यक्रम रहेको पत्रकार भेटघाट कार्यक्रम मार्फत  वताईएको छ।  पोखराको चिप्ले ढुङ्गाबाट  शनिबार बिहान ११  बजे  झाकि र्यालि सहित न्युरोड हुदै सभागृहमा  अधिवेसन भेला हुनेछ।  प्रथम अधिवेशन कार्यक्रममा महासघ अन्तर्गतका भातृ तथा शुभेच्छुक सस्थाका पदाधिकारी प्रतिनिधि तथा सदस्य  साथै  पाटिका विभिन्न तहमा जिम्मेवार व्यक्त्त्व हरुको समेत उपस्थिति रहने पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको छ।  अधिवेशन सम्पन्न गर्नका लागि महासघका केन्द्रीय सदस...
एकैदिन १४१ डिएसपिको सरुवा डिएसपि वि.क तनहु ,शर्मा कास्की

एकैदिन १४१ डिएसपिको सरुवा डिएसपि वि.क तनहु ,शर्मा कास्की

ताजा समाचार
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकको सरुवा भएको छ ।  प्रहरी नायव उपरीक्षक विकको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा भएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता समेत रहेका विकसहित १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको हो ।  प्रहरी नायव उपरीक्षक विकको सरुवा भएपछि कास्कीमा बसन्त कुमार शर्मा आउने भएका छन् । कर्णाली प्रहरी प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत शर्माको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको हो ।  प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको छ । ...
त‍ोडिदै भ्रष्टाचारको जालो अब कस कसको पालो

त‍ोडिदै भ्रष्टाचारको जालो अब कस कसको पालो

ताजा समाचार, विचार/लेख
देसले कोल्टे फेर्यौ भनेर पटक पटक हौसिएका खुसि भएका नेपालि जनता पछिल्ला केहि दसक यता नैराश्यतापुर्ण जिवन विताउन बाध्य हुदै गए। ४६ पछि देसमा प्रत्यक्ष रुपमा  दलिय प्रभावको लहरनै चल्न थाल्यो काङ्ग्रेसले लामो समय सत्ताको डाडु पन्यु चलाउदै गयो। छोटो समय एमालेले  चलायो एमाले सरकार पनि  आन्तरिक खिचातानिकै कारण खासै सत्तामा टिकि रहन सकेन । काङ्ग्रेसका लागि कुचाले गर्नु वतासले गर्यो भनेजस्तो ‍हुदै  जान थाल्यो। जसलेगर्दा काङ्ग्रेस मै मत्ता हात्तिजस्तो गरि देसैभरका उध्योग धन्दा कलकारखाना शुन्य देस बनाउनमा सफल भयो। किन भने  जुन शक्तिलाइ  नेपाल उध्योग धन्दा कलकारखाना विहिन बनाउनु थियो। त्यो शक्ति सफल भएरै छाड्यो ।जसले गर्दा  देस दिनप्रतिदिन गरिबी वेरोजजगारको दलदलमा फस्दैजान थाल्यो तत्कालीन प्रतिपक्षको भुमिका निर्वाह गर्ने एमाले पनि खासै कम्युनिष्ट हुन सकेन ।&n...
सिजी फाउण्डेसन द्वारा बालबालिका लाई खाद्यान्न सहयोग

सिजी फाउण्डेसन द्वारा बालबालिका लाई खाद्यान्न सहयोग

ताजा समाचार
पोखरा / बुधबारपोखरा वडा नम्बर ६ लेकसाइड डिहिँको पाटनमा रहेको रेन्वो चिल्ड्रेन होम्समा रहेका आश्रित २८ बालबालिका हरुलाई सिजी ग्रुप अन्तरर्गतको सिजी फाउण्डेसनले खाद्यान्न सहयोग गरेको छ । मंगलबार होम्समा एक कार्यक्रमको आयोजना गरि फाउण्डेसनले ९ बोरा चामल,१ कार्टुन तेल,१बोरा दाल,५ पोका नुन र ५ कार्टुन चाउचाउ सहयोग गरेको छ । सहयोग सिजीको गण्डकी प्रदेश कार्यलय अन्तरर्गत गरिएको हो।उक्त सहयोग सिजी ब्रुअरीका सिनियर म्यानेजर गोपाल पुरीले सस्थाका संरक्षक तथा फाउण्डर गोमा ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै म्यानेजर पुरीले सस्थाको सामजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरिएको बताउदै वहाले सस्थाको तर्फबाट चिल्ड्रेन होम्सलाई यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।फाउण्डर ढकालले कोरोना अगाडि सस्था चलाउन सहज भएता पनि अहिलेको अवस्थामा भने केहि जटिल रहेको जनाउदै सँस...