बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने
पोखरा ।
रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन । शनिवार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्याली ब्यवस्थापन उपसमिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बाह्रौं संस्करणको पोखरा महोत्सवको उद्घाटन पुर्व पोखरा रंगशालाबाट शुरु हुने झांकी र्यालीमा सहभागी हुने प्रतिवद्धता जनाएका छन ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै जनकल्याण तमु समाजका सचिव यज्ञ बहादुर गुरुङले प...









