Thursday, April 30News That Matters

ताजा समाचार

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि छनौट भएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । छनौट चरणमा पोखरा विश्व विद्यालयका बलराम भट्टराइ, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सुशिसा बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदिप पौडेलले निर्णायकको भुमिका निभाएका थिए । आइड...
अग्रज पत्रकार विरहि र युवा पत्रकार  सिग्देल सन्मानित हुने

अग्रज पत्रकार विरहि र युवा पत्रकार  सिग्देल सन्मानित हुने

ताजा समाचार
पत्रकार महासंघ कास्की शाखाले  आफ्नो १७ अौ साधारण सभा विशेष समारोहका बिच  पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।   नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।  पत्रकार महासघ कास्कीका अनुसार पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र बास्ताेला सदस्य थिए । आर्थिक पत्र...
एमआरपी बियर रेष्टुुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने

एमआरपी बियर रेष्टुुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने

ताजा समाचार
पोखरा । जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ । होटल टास्क ईन्टरनेशनल प्रा.लि.को आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको छ । बियर पारखीहरु बीचको बियर पिउने प्रतिस्पर्धात्मक प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगिता मार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले वताए । उक्त प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत जेठ ११ देखी १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुने छ । इभेन्टमा सहभागी हुनका लागी पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागीता जनाउन सक्नेछन । १० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो ब्याक्ति उक्त इभेन्टक...
पुर्वतयारि विनाको विध्युतिय सवारि, हतारको ट्राफिक सप्ताह

पुर्वतयारि विनाको विध्युतिय सवारि, हतारको ट्राफिक सप्ताह

ताजा समाचार, विचार/लेख
यतिबेला विश्वमै विध्युतिय सवारि उत्पादन गर्ने  किन्ने  बेच्ने  गुडाउने विश्व जगतमै एउटा लहर नै चलेको छ। त्यो लहर बाट हामि पनि अछुतो रहन सकेका छैनौ  हामि पनि विध्युतिय सवारि गुडाउने कुरामा रहर भनौ वा वाध्यता  भनौ  लागि परेका छौ । पुर्वतयारि विनाको विध्युतिय सवारि गुडाउने दौडमा छौ। हाम्रो जस्तो देसमा जहा अझैपनि मुख्य मुख्य चोकमा एउटा जेब्राक्रस बनाउन सकिरहेका छैनौ । ठाउँ ठाउमा चार्जिङ स्टेसनका कुरा छाडौ ,ट्राफिक लाइट वाल्न तक सकेका छैनौ सडक बने पुल बन्दैन ,पुल बने सडक बन्दैन  जिम्मेवार निकायले समेत किन तक भन्दैन तैपनि विश्व परिवर्तन सगै हामि पनि परिवर्तन सगै हाम्रो देसमा पनि परिवर्तनको प्रभाव पर्यो।। हामी पनि परिवर्तन को चाहना राख्न थाल्यौ तर हाम्रो परिवर्तन हामिले गर्न थालेको परिवर्तन विकास भन्दा विनास तर्फ लम्किन थाल्यो ।किन भने कुनै पनि देसको परिवर्तनका...
पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

ताजा समाचार
पोखरा । पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै पोखरामा रहेका सिसिटिभि बिक्रेताहरु मिलेर लायन्स क्लब गठन गरी ब्यापार ब्यवसायको प्रवद्र्धनमा जुटेकोमा खुसी ब्यक्त गरे । टीम मिलेर काम गरेको खण्डमा जुनसुकै काममा पनि सफलता हात ल...
यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

ताजा समाचार
पोखरा । यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले सानो भएपनि राहत पाउने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखी पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाज...
उद्योग व्यापार महासँघको साधारण सभा अर्थमन्त्री चुमान द्वारा उद्घाटन

उद्योग व्यापार महासँघको साधारण सभा अर्थमन्त्री चुमान द्वारा उद्घाटन

ताजा समाचार
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले अहिले नेपालको अर्थतन्त्र सङ्कटमा नभएको बताउँदै उहाँले उद्योगी व्यवसायीको र लगानीकर्ताको मनोवल वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको दोस्रो साधारणसभाको शनिबार  पोखरामा उद्घाटन गर्दै वहाँले उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने खालका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने कुरामा आफ्नो जोड रहेको वताउनु  भयो । “नेपालको अर्थतन्त्र कहिल्यै पनि सङ्कटमा  नरहेको जनाउदै केहि  विशेष कारणले  व्यापार व्यवसाय चलायमान बन्न नसकेको वताउनु भयो ।   मन्त्री चुमानले प्रदेश सरकारले आगामी वर्षका कार्यक्रममा निजी क्षेत्रको आत्मवल वृद्धि गर्ने र आर्थिक सुधारका कार्यक्रम ल्याउनेवताउनु भयो । आर्थिक मामिलामन्त्री चुमानले पूँजीगत खर्च वृद...
महेन्द्रपुल यु २३ बास्केटबल सुरु

महेन्द्रपुल यु २३ बास्केटबल सुरु

खेलकुद, ताजा समाचार
पोखरा । महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन दुई क्वाटरफाइनलका खेलसहित कुल सात खेल सम्पन्न भएका छन् । पहिलो क्वाटरफाइनल खेलमा समूह वि मा रहेको अर्चलबोले हरिनाशलाई ५३–४१ को स्कोरटमा पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ए तर्फ पर्वतले अर्घौ पुन मगर समाजलाई ५९–३८ को स्कोरमा हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । त्यसअघि भएको प्रिक्वाटरफाइनल खेलमा पहिलो खेलमा अर्चलबोटले गलेश्वरलाई ५१–३७ र पर्वतले घोरेपानीलाई ५६–५० ले हराएको थियो । अन्य प्रिक्वाटरफाइनलका खेलमा आयोजक महेन्द्रपुल क्लबले गगनगौडालाई ४९–४२, केविए सेतोले सिक्लेसलाई ५५–३०, पिप्ले बास्केटबल क्लबले केविए कालोलाई ६०–२८ को स्को...
निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

खेलकुद, ताजा समाचार
पोखराः पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे ।उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ ९तमु मुन०, उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा द...
पत्रकार पराजुली स्पोर्ट अवार्ड बाट सन्मानित हुदै।

पत्रकार पराजुली स्पोर्ट अवार्ड बाट सन्मानित हुदै।

खेलकुद, ताजा समाचार
पोखरा /पत्रकार रोहितराज पराजुली उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित हुने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैन...