बाह्राँै पोखरा महोत्सवलाई आदर्श समाजको साथ
पोखरा ।
रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ ।
आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ दिन लागेको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक यूनाइटेड क्लबका महासचिव तथा बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार र आदर्श समाज राष्ट्रिय दैनिकका बजार प्रबन्धक विष्णु प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले पोखरा महोत्सवलाई महोत्सवको सुरुवात बाटै सहयोग गर्दै आइरहदा बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा रही ...









