सगरमाथा आरोरहण गरि फर्किने क्रममा निधन भएका बस्ताकोटिको शवयात्रा सहित अन्त्यष्टि
सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा पर्यटन व्यवशायि विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा जेठ ९ गते साझ ५ बजे वहाको निधन भएको थियो ।
बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो । स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नंं १३ का वडाध्यक्ष किरण बराल, वडा नंं २५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सेना, जिल्ला...









