Thursday, April 30News That Matters

ताजा समाचार

गण्डकी विश्वविद्यालयमा व्यथितिडीनसँगै रजिस्टार र परीक्षा नियन्त्रक विरुद्ध अख्तियारमा चार उजुरी

गण्डकी विश्वविद्यालयमा व्यथितिडीनसँगै रजिस्टार र परीक्षा नियन्त्रक विरुद्ध अख्तियारमा चार उजुरी

ताजा समाचार
गण्डकी विश्वविद्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा चार वटा उजुरी परेका छन् । विश्वविद्यालयका विभिन्न कार्य नीति तथा कानुन विपरीत भएको भन्दै उजुरहरु परेका हुन् । गण्डकी विश्वविद्यालय संचालनका लागि बनेको विश्वविद्यालयको ऐन अन्तरगतको गण्डकी विश्वविद्यालयसंगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरित नै डीन, रजिष्टार र परीक्षा नियन्त्रक नियुक्त गरेको पाइएपछि उख्तियारमा उजुरी परेको हो । अख्तियारमा डीन नियुक्त अवैधानिक भन्दै दुई, विश्वविद्यालयका रजिस्टार विरुद्ध एक र परीक्षा नियन्त्रक विरुद्ध एक उजुरी परेको अख्तियार स्रोतले बताएका छन् । विश्वविद्यालय ऐन तथा गण्डकी विश्व विद्यालय संगठन तथा शैशिक प्रशाशन नियमावली, २०७७ को परिच्छेद १९ को दफा ४९ मा रजिष्ट्रारको व्यवस्था गरी निजको योग्यता को अनुभवको व्यवस्था उल्लेख गरेको छ । उक्त नियमावलीको नियम ४५ (१) मा ‘रजिष्ट्रारको पदमा ...
बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

ताजा समाचार, मुख्य समाचर
पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले बाह्रौं संस्करणको पोखरा महोत्सव देखी लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा बिपन्न विद्यार्थीहरुका लागि आवाशिय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि रकम छुट्याइने संयोजक श्रेष्ठले बताए । बाह्...
क्यान्सर विरुद्ध गण्डकी प्रदेश सरकारको चासो

क्यान्सर विरुद्ध गण्डकी प्रदेश सरकारको चासो

ताजा समाचार
समाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले क्यान्सर विरुद्ध गण्डकी प्रदेस सरकारले खोप किन्ने तयारी गरेको वताउदै अहिलेको खानपिन र जिवनशैलीको कारण क्यान्सरका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ।नेपाल अर्बुद रोग निवारण संस्थाको ३३ औं केन्द्रीय सभालाइ सम्बोधन गर्दै सिम्खडाले नेपालीले खानपानमा ध्यान दिएमा क्यान्सर जस्तै बिभिन्न रोगहरु निवारण हुँदै जाने वताउनु भयो।प्रदेश सरकारले क्यान्सर बिरामीलाई १ लाख सम्म दिने, क्यान्सर विरुद्धको खोपको लागि मन्त्रालयले ५ करोड बिनियोजन गरेको जानकारी दिनुभयो । नेपाल अर्बुद रोग निवारण संस्थाले विभिन्न प्रकारका अनुसंधान गरेर क्यान्सरका बिरामी घटाउन सहयोग गरेको बताउनुभयो।नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले अखाद्य वस्तु सेवन तथा प्रयोगबाट धेरैलाई क्यान्सर देखिएको बताउनुभयो ।महिलाको पाठेघर क्यान्सर धेरै भएको र यस्लाई घटाउन सरक...
पत्रकार महासंघ कास्कीको विषय लेखन तालिम सम्पन्न

पत्रकार महासंघ कास्कीको विषय लेखन तालिम सम्पन्न

ताजा समाचार
पोखरा, २३ पौष नेपाल पत्रकार महासंघ कास्कीले दुई दिने विषय लेखन तालिम सम्पन्न गरेको छ । पोखरामा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा युवा पत्रकारहरुका लागि उक्त तालिमको आयोजना गरिएको हो ।तालिममा निकै उत्साहजनक सहभागिता रहेको थियो । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले तालिमले राम्रो समाचार लेखनलाई मद्दत मिल्नेमा आफू आसावादी रहेको सुनाइन् । महासंघ पत्रकारहरुको छाता संगठन भएकाले पत्रकारका लागि यस्ता कार्यक्रमहरु आयोजना गरुरहेको सुनाइन । तालिम संयोजक तथा उपाध्यक्ष राम प्रसाद तिमिल्सिनाले तालिमले पत्रकारहरुलाई समाचार लेखन वृद्धिमा इट्टा थप्ने काम गरेको बताए । समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल रहेका थिए ।  दुइदिने तालिम तथा प्रशिक्षणको मुख्य प्रशिक्षक गोरखापत्रका सम्पादक  मोदनाथ ढकाल, प्रमुख प्रशिक्षक राष्ट्रिय...
म्याग्दीमा ढुंगा र चिर्पटले वृद्धा र बालिकाको हत्या, एक पक्राउ

म्याग्दीमा ढुंगा र चिर्पटले वृद्धा र बालिकाको हत्या, एक पक्राउ

ताजा समाचार
पोखरा म्याग्दीमा ढुंगा र चिर्पट प्रहार गरि दुई जनाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उनकी नातीनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहर गरि हत्या गरिएको छ । आक्रमण गरेको देखेपछि जोगाउनका लागि प्रयास गर्दा छिमेकी ६६ वर्षीय अमृता जुगजाली घाइते भएको प्रहरीले जनाएको छ।ढुंगाको छपनी तथा चिर्पट दाउराले प्रहार गर्दा ७० वर्षिय मनिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अशोक झाले जानकारी दिए । घाइते नातीनी र छिमेकीको दरवाङ आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको थियो। नातिनी प्रियंकाको पोखरामा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । घरमा मनिषाका छोरा बुहारी नभएको र नातीनी मात्रै रहेको समयमा एक्कासी...
बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

ताजा समाचार
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन । शनिवार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्याली ब्यवस्थापन उपसमिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बाह्रौं संस्करणको पोखरा महोत्सवको उद्घाटन पुर्व पोखरा रंगशालाबाट शुरु हुने झांकी र्यालीमा सहभागी हुने प्रतिवद्धता जनाएका छन । अन्तरक्रिया कार्यक्रममा वोल्दै जनकल्याण तमु समाजका सचिव यज्ञ बहादुर गुरुङले प...
नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

ताजा समाचार
पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले र कोषाध्यक्षमा रिता श्रेष्ठ थापा निर्वाचित भए । सम्पन्न अधिवेशनले कार्यसमितिको सदस्यमा सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् । यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पर्यटनलाई जोड्न सके पर्यटकको बसाई लम्व्याउन सकिने बताए । नेपाली प्याराग्लाइडिङ खेल संगै सहाशिक खेलकुदको विकासले नेपाली पर्यटन उद्योगलाई म...
गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

ताजा समाचार
दुलेगौंडा, १९ पोखरा । कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो । पोखराको वगरमा विहिवार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाण पाए । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्द...
राष्ट्रिय माविको हीरक जयन्ती वैशाख ८ गते पुनमिलन समारोह गर्ने

राष्ट्रिय माविको हीरक जयन्ती वैशाख ८ गते पुनमिलन समारोह गर्ने

ताजा समाचार
पोखरा, २० पुसस्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो बैशाख दोस्रो साता पुनमिलन समारोह गर्ने भएको छ । हीरक महोत्सव पनमिलन समारोह आयोजक उपसमितिको शुक्रबार बसेको बैठकले आउदो ८ बैशाख ०८१ मा पनमिलन समारोह गर्ने निर्णय गरेको हो । यस अघि ७ पुसमा बसेको पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सरोकारवालाहरुको भेलाले पुनमिलन समारोह उपसमिति गठन गरेको थियो । उपसमितिको शुक्रबार बसेको पहिलो बैठकले पुनमिलन समारोहको मिति तय गरेको हो । यसै गरि बैठकले पुनमिलन समारोह उपसमितिको सह संयोजकमा माया सिग्देल पराजुलीलाई चयन गरेको थियो भने पुनमिलन समारोह सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको थियो । पुनमिलन समारोहमा विद्यालयमा अध्य्यन गरेका ...
निर्देशन विपरीत गण्डकी विश्वविद्यालयका कर्मचारी सम्मेलनमा

निर्देशन विपरीत गण्डकी विश्वविद्यालयका कर्मचारी सम्मेलनमा

ताजा समाचार, मुख्य समाचर
पोखरा गण्डकी विश्वविद्यालयले शुक्रबार अन्तर्राष्ट्रिय कन्फिरेन्स ९जियुआईसी० को आयोजना ग¥यो ।‘सशक्तिकरण उत्कृष्टता ः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहयोग’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । पुसको १८ गतेदेखी आयोजना भएको सम्मेलन शुक्रबार सम्पन्न भयो । सम्मेलनमा विश्वविद्यालयको पठनपाठनलाई असर नगर्नेगरी सहभागि हुन पाइन्थ्यो । विश्वविद्यालयले १६ गते अर्थात सोमबार एक सूचना जारी ग¥यो । विश्वविद्यालयका डीन डा। कपिल अधिकारीलेका हस्ताक्षर रहेको उक्त सुचनाले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी पठन पाठन नै बन्द गरेर उक्त सम्मेलनमा सहभागी भए । सूचनामा भनिएको थियो, ‘गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय कन्फिरेन्स मा यस विद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु नियमित पठनपाठन तथा प्रशासनिक कार्यमा बाधा नपुग्ने गरी सक्रिय रुपमा उपस्थिति हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’...