जग्गा विवादले जंगेले गरे श्रीमतीको हत्या:दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर
पोखरा,
पोखराको रिठ्ठेपानीमा एक पुरुषले जग्गा बेच्ने विषयमा भएको विवादका कारण आफ्नै श्रीमतीको ज्यान लिएको घटनाले सनसनी फैलिएको छ।५८ वर्षीय जंगे सार्कीले ५३ वर्षीया श्रीमती जमुना नेपाली सार्कीको हत्या गरेका हुन्। उक्त घटना पोखरा महानगरपालिका–२७ स्थित सुकुम्बासी बस्तीमा भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले आइतबार पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गरेका हुन्।उनका अनुसार, मृतक जमुना साउन ८ गते राति साढे आठ बजे आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
स्थानीय बासिन्दाले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेपछि जमुनाको शव कुहिन थालिसकेको अवस्थामा भेटिएको थियो।घटनास्थलको प्रारम्भिक मुजुरा संकलनपछि शंका मृतकका श्रीमान् जंगे सार्कीमाथि केन्द्रित भयो। त्यसैदिन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।हत्या साउन ६ गते, पर...









