Saturday, April 18News That Matters

ताजा समाचार

युवा संघका उपमहासचिव भोटे पुर्पक्षका लागि थुनामा

युवा संघका उपमहासचिव भोटे पुर्पक्षका लागि थुनामा

ताजा समाचार
नेकपा एमालेको भातृ संकठन युवा संघ नेपालका केन्द्रिय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा संलग्न भोटेलाई बुधबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत इजलाश ६ फाटँबाला १ मा न्यायाधीश बसन्तजंग थापाको इजलाशले उक्त आदेश गरेको हो । सहकारीका पूर्वसञ्चालक सदस्य गुरूङ र सहकारी सञ्चालक सदस्य भविश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।गत २५ भदौमा पक्राउ पुर्जी जारी भएदेखि गुरूङ र अर्याल फरार थिए । भोटेसँगै गितेन्द्र लगायत व्यक्ति विरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । उनीहरू कानुन व्यवसायीसहित मंगलबार अदालतमा हाजिर भएकोमा थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएको थियो । बुधबार धरौटी...
छोरेपाटन मा.वि.को ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

छोरेपाटन मा.वि.को ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ताजा समाचार
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो । वार्षिकोत्सव समारोहको विद्यालय प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले विद्यालयले कास्की जिल्ला मै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भुमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । सो अवसरमा विशेष अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाह्ी योगी, सल्लाहकार तिर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी, अभिभावकहरु श्रीराम सुवेदी, देवराज आचार्य, समाजसेवी ऋषभलाल तिमिला, विद्यार्थीहरु विवेक पौडेल र श्रेया लामिछा...
महेन्द्र भोटे प्रहरी हिरासतमा 

महेन्द्र भोटे प्रहरी हिरासतमा 

ताजा समाचार, मुख्य समाचर
पोखरा सुर्यदर्शन सहकारी प्रकरणका रेड कर्नर नोटिस जारी भएका फरार एमाले युवा नेता शिव बहादुर गुरुङ ( महेन्द्र भोटे ) लाई प्रहरी नियन्त्रणमा लिएको छ ।  पोखरा नालाकोमुखमा संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी परेको थियो । सोही  कसुरमा मादी गा.पा. वडा नं. १०  घर  भई हाल पोखरा म.न.पा. १२ लालिगुरास टोल बस्ने वर्ष ३९ का सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका सदस्य शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र जिल्ला स्याङग्जा गल्याङ न.पा. वडा नं.९ बस्ने वर्ष ४२ का सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका सदस्य भविश्वर अर्याललाई अदालतबाट नियन्त्रणमा लिएको हो ।  लामो समयदेखि फरार उनी आज आफै अदालतमा उपस्तिथि भएका थिए । उन...
मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा, पुस १७ गते । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् ।उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता दुुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्ष  ६ हजार महिला सुुत्केरी हुन्छन् भन्ने अनुमान गरिएको उनले बताइन् । गत आर्थिक वर्ष २०७९÷८० मा पोखरा सहित कास्की जिल्...
महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले महा आरति गर्ने

महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले महा आरति गर्ने

ताजा समाचार
मङ्लवार १७ पोखरा १७ महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले गतशाल  ०७९ माघ १ गते  पोखराको सेती खोचमा यतियर दुर्घटना भइ निधन भएका हरुप्रति भावपुर्ण श्रद्धाञ्जली सहित बार्षिक तिथि र  मितिमा यहि ०८० माघ १ गतेकै दिन  सबै मृतकहरुको आत्मको चिर शान्तिका लागि महा आरति गर्ने भएको छ। समितिमा अध्यक्ष नगेन्द्र शर्मा भण्डारिले अघिल्लो बर्ष माघे सक्रान्तिकै दिन भएको अकल्पनिय दुर्घटना भएको कारण आफुुलाइ अत्यन्तै मर्माहत तुल्याएको जनाउदै सेतिमै दुर्घटना भएको हुदा सेतिकै किनारामा रहेको मन्दिरमा आफुहरुले यस बर्ष  सोही दिन साझ ५ बजे वहाहरुको स्मृतिमा  सबैको आत्मको चिर शान्तिको  कामना गर्दै महा आरती गर्ने वताए। अध्यक्ष भण्डारीले सबै मृतकहरुको आत्मले शान्ति पाओस् भन्नका लागि गर्न लागेको बार्षिक स्मृति  तथा महा आरति कार्यक्रममा उपस्थिति हुनका लागि सबैमा...
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

ताजा समाचार
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका(७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् । विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । ...
लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

ताजा समाचार
लेखनाथ, १५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ हामिमाझ अजर र अमर रहिरहनुभएको वताउँदै सबैले आफ्नो जिवनमा असल एवं भावि पुस्ताले सम्झन लायक कर्म गर्नुपर्ने वताएका थिए ।अध्यक्ष श्रेष्ठले कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको वता...
गण्डकी विश्वविद्यालयमा नियम विपरित आंशिक शिक्षकनै डीन ! पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी

गण्डकी विश्वविद्यालयमा नियम विपरित आंशिक शिक्षकनै डीन ! पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी

ताजा समाचार, मुख्य समाचर
गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारी विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो । विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरित अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानविनसहित कारवाहिको माग गर्दै अख्तियारमा उजुरी परेको हो । गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ । तर अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रुपमा कार्यभार संचालनको जिम्मेवारी दिइएको छ । गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रुपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ, ‘संकाय प्रमुखको रुपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहनेछ ।’ ऐन अनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् । ग...
जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

ताजा समाचार
पौष १५, पोखरा । जनवरी १ अर्थात पुस १६ गते ुएघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसु मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यहि पौष १६ गते ९जनवरी १ तारिख, २०२४० का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिएका छन्। स्वस्फुर्त रुपमा नेपाली युवाहरुले बिगत १० वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेका छन्। नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बच...
गण्डकीका रेडक्रसकर्मीलाई एक दिने प्रशिक्षण सम्पन्न

गण्डकीका रेडक्रसकर्मीलाई एक दिने प्रशिक्षण सम्पन्न

ताजा समाचार
गण्डकी,१४ पौष । नेपाल रेडक्रस सोसाइटी गण्डकीको आयोजनामा  तथा ब्रिटिश रेडक्रसको सहयोगमा रेडक्रसकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद्को क्षेत्रमा काम गदै आएका रेडक्रसकर्मीका लागि ब्रिटिश रेडक्रसको सहयोगमा नगद तथा भौचर सहायता सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो । कार्यक्रममा विपद्का बेला वितरण गरिने नगद राहतको व्यवस्थापन र वर्तमान अवस्था वारे छलफल भएको नेपाल रेडक्रस गण्डकीका अध्यक्ष सूर्य ढकालले जानकारी दिए । अभिमुखिकरण कार्यक्रम सुरुहुनु पहिलो भएको उद्याटन सत्रमा बोल्दै नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटाले प्रदेशको नीति योजनामा रेडक्रसलाई समेटेर लैजाने आश्वासन दिए । विपद्मा रेडक्रसले गरेको कामलाई स्मरण गदै उनले प्रदेश सरकार दोस्रो पञ्चवर्पीय योजना बनाउने क्रममा रहेको र आवश्यक राय दिन पनि आग्रह गरें । गण्डकी अध्यक्ष ढकालले र...