Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।

पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।

ताजा समाचार, मुख्य समाचर
गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको संयमन, पारदर्शिता र पेशागत पत्रकारिताको प्रवर्द्धनलाई संस्थागत रूप दिन सोमबार पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिए। स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य हुने भन्दै उनले प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर ऐतिहासिक कदम चालेको बताए। “यस कार्यालयले कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शितामा नयाँ आयाम थप्नेछ। सञ्चार माध्यमहरू व्यवस्थित हुने मात्र होइन, पत्रकार र संस्थाबीचको आपसी विश्वास पनि मजबुत बन्छ,” मुख्यमन्त्री पाण्डेले भने। प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा यो कार्यालय महत्वपूर्ण आ...
‘अपरेसन यलो मेटल’ पोखरामा ६.४ केजी अवैध सुनसहित ११ जना पक्राउ

‘अपरेसन यलो मेटल’ पोखरामा ६.४ केजी अवैध सुनसहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
गण्डकी प्रदेश प्रहरीले‘अपरेसन यलो मेटल’अन्तर्गत पोखराको विभिन्न क्षेत्रबाट ६.४ केजी अवैध सुन र ठूलो मात्रामा चाँदीसहित ११ जनालाई पक्राउ गरेको छ। कास्की जिल्ला, पोखरा महानगरपालिका–२, ३, ४ र ९ का क्षेत्रमा अवैध सुन–चाँदी कारोबार भइरहेको भन्ने गोप्य सूचना केही समयदेखि प्रहरीलाई प्राप्त भएको थियो। सोही आधारमा २०८२ साउन २३ गते अपराह्न ४ बजेतिर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली परिचालन गरी ‘अपरेसन यलो मेटल’ सञ्चालन गर्दै छापामारी कारबाही गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार पक्राउ परेकामा भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा बसोबास गर्दै आएका ११ जना छन्। ती हुन्– राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक साम...
सलामि मात्रै नखाउ मलामि बनाउ

सलामि मात्रै नखाउ मलामि बनाउ

विचार/लेख
गाइजात्रा बिशेषाङ्क ब्यङ्गवाण। राजतन्त्र गयो गणतन्त्र आयो ,भन्नै पर्छ प्रस्न गर्नै पर्छ। सहिद घाइते वेपत्ता परिवार सर्वहारा सर्वसाधारण नेपाली जनताले के पायो ।राजतन्त्र भित्ता लायौ ,गणतन्त्रका नाममा भ्रष्ट दलाल माफियाले सत्ता पायौ। खानुसम्म खायौं ,युवा जतिलाइ बिदेस पठायौ, उध्योग कलकारखाना बेचि खायौ, जनतालाई झुक्कयाउनु सम्म झुक्क्यायौ, गणतन्त्रका नाममा  जनतालाइ सपना बाड्यौ, पाटिको नीति सिद्धान्त छाड्यौ ,जनताले के पाए, जे पाउने नेताले पायौ, नेता मन्त्री कर्मचारी मिलेर घुस कमिसन खायौ, जनताले दुख सास्ती पाए।। पालैपालो सत्तामा गयौं ,सरकार चलायौ जनताको मनमा आगो जलायौ । कहिले भाले काङ्ग्रेस बन्यौ, कहिले कम्युनिस्ट बन्यौ भाले,तिम्लाइ हजुरबाले मात्रै कहाँ हो र ,भोट हाले बाले ,आज आएर तिमी सत्तामा पुगेर नि ,हजुरबा बा मात्रै कहाँ हो र, छोरा नाति समेत कोहि बिदेसा त कोहि स्वदेसमै अलपत्र पर्न थाले ,...

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच ताल संरक्षण तथा रोजगारी सिर्जनासम्बन्धी समझदारी

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बीच वातावरणीय संरक्षण, तालहरूको सरसफाइ तथा रोजगारी सिर्जनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। बिहीबार सम्पन्न उक्त समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। नगर प्रमुख आचार्यका अनुसार, तालहरूको दिगो संरक्षण, वातावरणीय सन्तुलन, पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै सिपमूलक तालिम र रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले परियोजना अघि सारिएको हो। नेपालको अग्रणी व्यापारिक समूहमध्ये एक लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको पर्यावरण संरक्षण र सामुदायिक समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै सो समझदारी सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। परियोजनाअन्तर्गत पोखराका तालहरूमा फैलिए...
भ्रष्ट ,वेथिति र अस्थिरताको राजनीति

भ्रष्ट ,वेथिति र अस्थिरताको राजनीति

विचार/लेख
देसमा जति दल हरुले जन्म लिदै गए । सबै दल देस र जनता भन्दापनि सत्ता स्वार्थमा केन्द्रित राजनीतिमा अलमलिदै गए। देसमा पुराना ठुला भनिएका दलहरु झन् दिनप्रतिदिन भ्रष्ट वेथिति र अस्थिरताको राजनीतिका शिकार बन्दै गए। पछिल्लो समयमा जति दलहरुको उदय भयो ती दलहरु समेत भ्रष्टाचार र विवादै विवादको घेरामा पर्दै गए। जसले गर्दा देसैभर भएका दलहरुलाइ देस र जनताको भन्दा पनि आफ्नै फुस्किदै गएको लगुटि समहाल्न पनि धौ धौ हुँदै गयो । नेपाली जनताको वेहाल भो देस दिनप्रतिदिन आर्थिक ओरालो लाग्न थाल्यो उत्पादनमा ह्रास आउन थाल्यो । उध्योग धन्दा कल कारखाना शून्य अवस्थामा पुग्न थाले । स्वास्थ्य शिक्षा मात्रै हैन राजनीति समेत अब्बल व्यवसाय व्यापार बन्न थाल्यो । देस विकास गर्ने नाममा खोला नाला पहाड पखेरु प्राकृतिक सम्पदा ठेक्का पट्टामा दिने सेटिङको व्यापार हुन थाल्यो । दिनप्रतिदिन युवाशक्ति विदेस पलायन हुन बाध्य भएर ...
पोखरामा पहिलोपटक ‘आरयू फेस्ट–२०२५’, फोहोरबाट मोहोर बनाउने उद्देश्य

पोखरामा पहिलोपटक ‘आरयू फेस्ट–२०२५’, फोहोरबाट मोहोर बनाउने उद्देश्य

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा पहिलो पटक 'आरयू फेस्ट–२०२५' आयोजना गरिने भएको छ। फोहोरलाई खजना (मोहोर) बनाउने मुल मन्त्रका साथ यो फेस्टिभल साउन १६ र १७ गते बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुने भएको हो। पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी ) को साझेदारीमा सञ्चालित 'रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जि .सि .आर.यु )' अन्तर्गत फेस्टिभलको आयोजना हुन लागेको हो। पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार, फेस्टिभल हरित विकासतर्फको नवीनतम पहलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। “सामान्य जीवनमा प्रयोग नभएका वस्तुहरूलाई पुनःप्रयोग गरेर चक्रीय अर्थतन्त्रमा रूपान्तरण गर्ने ज्ञान, सीप र अवसरहरू यो कार्यक्रमले दिनेछ,” उनले बताए। पोखरामा सञ्चालनमा आएको हरित अर्थतन्त्र प्रवर्द्धन ...
पोखराका इलेक्ट्रोनिक्स व्यवसायी तथा मोबाइल वितरक संघले ल्याए ‘चाडपर्व उपहार कुपन योजना–२०८२’, ३ लाख कुपन वितरण गर्ने लक्ष्य

पोखराका इलेक्ट्रोनिक्स व्यवसायी तथा मोबाइल वितरक संघले ल्याए ‘चाडपर्व उपहार कुपन योजना–२०८२’, ३ लाख कुपन वितरण गर्ने लक्ष्य

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा पहिलोपटक ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ औपचारिक रूपमा सुरु गरिएको जानकारी पत्रकार सम्मेलन बाट दिएको छ । कास्की जिल्लास्थित मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायमा संलग्न ३१० भन्दा बढी प्रतिष्ठानको संयुक्त पहलमा सुरु भएको यस योजनाको उद्देश्य चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षित गर्दै स्थानीय व्यापार प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्। साउन १५ गतेदेखि सुरु भई माघ १५ गतेसम्म सञ्चालन हुने यो योजना अन्तर्गत सहभागी पसलहरूबाट मोबाइल वा इलेक्ट्रोनिक सामान खरिद गर्ने ग्राहकहरूले उपहार कुपन पाउनेछन्। "मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार, बाइक स्कुटर हातमा" भन्ने मूल नाराका साथ अघि बढाइएको योजनामा करिब ३ लाख कुपन वितरण गरिनेछ।हरेक महीनाको एकचोटी १०५ जनाले विशेष भाग्यशाली उपहार जित्ने आयोजकको भनाई रहेको छ । यस योजनामा भाग्यशाली ५०६ जना ग्राहकले...
सिन्धुलीमा हराएका हायु परिवार पोखरामा भेटिए

सिन्धुलीमा हराएका हायु परिवार पोखरामा भेटिए

ताजा समाचार, मुख्य समाचर
पोखरा श्रावण १२ पोखरा सिन्धुली गोलन्जोर गाउपालिका वडा नम्बर ६ बाट केही दिन पहिले हराएका भनिएका हायु परिवारका सदस्य गगनगौंडामा फेला परेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) काम गर्न पोखरा आएको बताएका छन् ।उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए ।१२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडा स्थित चन्द्र भण्डारीको घरमा बसेको कास्की प्रहरीले जनाएको छ। ...
ट्राफिक प्रहरी माथि हातपात गरेको आरोपमा स्कुटर चालक प्रहरी नियन्त्रणमा ७ दिनको म्याद थप

ट्राफिक प्रहरी माथि हातपात गरेको आरोपमा स्कुटर चालक प्रहरी नियन्त्रणमा ७ दिनको म्याद थप

ताजा समाचार, मुख्य समाचर
पोखरा श्रावण ११,पोखरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक प्रहरी माथि डिउटिको बेला हातपात भएको छ। "पोखराको पालिखेचोकमा आइतबार ड्युटीमा खटिएका ट्राफिक प्रहरी पुरुषोत्तम चन्द्र क्षेत्रीले महेन्द्र पुलतर्फ ट्राफिक जाम भइरहेको बेला सवारी सहज गराउने क्रममा ग २४ प ४३०२ नम्बरको स्कुटरलाई रोक्न खोज्दा चालक नरोकिई अगाडि बढे। इसारा गरेर 'किन नटेरेको?' भनी सोधपुछ गर्दा स्कुटर चालक, पोखरा–३ निवासी ४८ वर्षीय भगत ताम्राकार, फर्किएर आएर ट्राफिक प्रहरी क्षेत्रीमाथि हातपात गरेका थिए," कास्की ट्राफिक प्रहरी सूचना अधिकारी तथा वरीष्ठ प्रहरी नायब निरीक्षक (व.प्र.नि) किरण रानाभाटले जानकारी दिए। तेर्सापट्टि तर्फबाट आइरहेको स्कुटरलाइ इसारा गरि रोक्न खोज्दा अटेरी गरि अगाडि गएपछि किन अटेरि गरेको भनेपछि स्कुटर चालकले केहिपर अगाडि स्कुटर रोकि फर्किएर विवाद गर्न खोज्दा आफुले जिप्रका ...
हाम्रो गोरखा सन्देस पत्रिका १८ वर्षमा प्रवेशगोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना

हाम्रो गोरखा सन्देस पत्रिका १८ वर्षमा प्रवेशगोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना

ताजा समाचार, मुख्य समाचर
पोखरा गोरखाबाट प्रकाशित हुने हाम्रो गोरखा सन्देश पत्रिकाले १८ वर्षमा प्रवेश गरेको अवसरमा गोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना गरेको छ। । आज पत्रिकाले आफ्नो १८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।पत्रिकाका सँस्थापक सम्पादक रामबाबु ढकाललको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरले सम्बोधन गरेका थिए ।गोरखामा पत्रकार जन्माउने सँस्थाको रुपमा रहेकोहाम्रो गोरखा सन्देश पत्रिका गोरखामा स्थापित हुन सफल भएको वताए । पत्रकारिता गर्न चाहने विद्यार्थीहरु पत्रकारिता पढेर पत्रकार कहिले बन्छन् भन्ने पक्का थाहा नह‍ोला।तर हाम्रो गोरखा सन्देशले वर्षेनी नयाँ पत्रकार उत्पादन गरी बजारमा पठाएको मात्रै छैन मूलधारका मिडियामा स्थापित समेत गराउन सफल भएको थापाले बताए। लोकतान्त्रिक आन्दोलनपछि गोरखामा पहिलो पटक दर्ता भएको पत्रिकाले गोरखाका सरकारी कार्यालयमा भ...