पोखरा सडक महोत्सव सुरु
पोखरा, १२ पुस
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले आयोजना पोखरा सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई प्रथामिकता दिदै महोत्सव शुरु भएको हो ।
महोत्वको पोखराका मयेर धनराज आचार्यले उद्घाटन गरे । रेवानाले २५ औ वर्ष प्रबेशको अवसर पारेर पोखराका विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मानीत भए ।
‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित २५ वर्ष देखी पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु डान्स, मयूर डान्स लगाएत विभिन्न प्रदेशका सास्कृतीक कार्यक्रमहरुले महोत्सव आउनेहरुलाई मनोरञ्जन दिने महोत्सव संयोजक विश्वराज पौडेले बताए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खान...









