Saturday, February 15News That Matters

जन संदेश

पत्रकार माथि हातपात गर्ने पक्राउ यातायात व्यवसायीको  आन्दोलन स्थगित

पत्रकार माथि हातपात गर्ने पक्राउ यातायात व्यवसायीको आन्दोलन स्थगित

जन संदेश, ताजा समाचार, मुख्य समाचर, सडक सरोकार
यातायात व्यवशायि द्वारा बन्दका सबै कार्यक्रम स्थगित पत्रकार माथि दुर्व्यबहार । नेपाल राष्ट्रिय यातायात व्यवशायि महासंघ द्वारा गरिएको विरोध कार्यक्रममा आज बिहानदेखि पोखरामा यातायात व्यबसायीहरूले सडकमा व्यापक आन्दोलन गर्दै ट्राफिकमा अवरोध उत्पन्न गरेका थिए। यस आन्दोलनले पोखराका केही सडक तथा मुख्य चोक पृथ्वी चोक भने अस्तव्यस्त देखिएको थियो ।, जसलाई व्यवस्थापन गर्न प्रहरीलाई विशेष चुनौतिहरूको सामना गर्नु परेको थियो। आन्दोलनकारीहरूले आवतजावत गरि रहेका सवारी रोकेर अवरोध गरेका थिए भने इन्ड्राईव या पठाओले मान्छे वोसार पसार गरेको कारण असन्तोष व्यक्त गरेका थिए । यद्यपि, केही आक्रोशित समूहले पत्रकारहरूको क्यामेरा खोस्ने र उनीहरूसँग झम्टिने हातपात गर्ने प्रयास गर्दा स्थिति झनै तनावग्रस्त बनेको थियो। यातायात मजदूर सङ्गठनका नेताहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए ।उनीहरूले ...
पोखराको मौसमी परिवर्तन: निरन्तर वर्षाको प्रभाव र तापक्रमको विश्लेषण

पोखराको मौसमी परिवर्तन: निरन्तर वर्षाको प्रभाव र तापक्रमको विश्लेषण

जन संदेश, ताजा समाचार, मुख्य समाचर
आज पोखराको मौसम आंशिक बादलयुक्त रहनेछ, जसमा हल्का वर्षा हुने सम्भावना छ। दिनभरको तापक्रम करिब २८°C रहने अनुमान छ, जसले गर्दा वातावरणमा केही चिसोपन महसुस हुनेछ। पछिल्लो केही दिनदेखि निरन्तर भएको वर्षाले गर्दा माटोको सतह चिसो भएको छ, जसले गर्दा वर्षाको प्रभाव अझै केही दिन कायम रहने सम्भावना छ। विभिन्न मौसम पूर्वानुमान संस्थाहरूका अनुसार, जुलाई महिनाको अन्त्यसम्म पोखरामा लगातार वर्षा हुने संभावना छ। यस अवधिमा झण्डै १५ देखि २२ दिनसम्म वर्षा हुने अनुमान गरिएको छ, जसले गर्दा स्थानीय बासिन्दा र पर्यटकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ। पोखराको मौसम परम्परागत रूपमा यो महिनामा आर्द्र रहन्छ, जहाँ औसत तापक्रम १७°C देखि २३°C को बीचमा हुन्छ। निरन्तरको वर्षाले गर्दा पोखराको पर्यावरणीय सौन्दर्यमा ताजगी आएकाले, यस समयमा पोखराको दृश्यावलोकन एक अद्वितीय अनुभव हुने गर्दछ। स्थानीय प्रशासनले सम्भावित...
येसकारण ढिला भएको रहेछ कक्षा १२ को नतिजा यति गते पक्का आउछ

येसकारण ढिला भएको रहेछ कक्षा १२ को नतिजा यति गते पक्का आउछ

जन संदेश, ताजा समाचार, मुख्य समाचर
राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ ।उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । ‘साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । चाँडै नै हुन्छ,’जंगबहादुर अर्यालले भने ।देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बोर्डले उल्लेखगरेको छ । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम हुदै छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो । देशभरबाट ५ हजार...
वान पर्पोज र ऋचा बजिमय मेमोरियल फाउन्डेसनको नि:शुल्क पाठेघरको मुखको तथा स्तन क्यान्सर जाँच शिविर

वान पर्पोज र ऋचा बजिमय मेमोरियल फाउन्डेसनको नि:शुल्क पाठेघरको मुखको तथा स्तन क्यान्सर जाँच शिविर

जन संदेश, ताजा समाचार
काठमाडौं, नेपाल – जुलाई ६, २०२४ – वान पर्पोजले ऋचा बजिमय मेमोरियल फाउण्डेशनसँगको सहकार्यमा बूढानीलकण्ठ माध्यमिक विद्यालय, बुढानीलकण्ठमा जुलाई ६, २०२४ मा नि:शुल्क पाठेघरको मुख तथा स्तन क्यान्सर सचेतना तथा परीक्षण शिविर सफलतापूर्वक आयोजना गरेको छ । शिविरमा राष्ट्रिय क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, नेपाल क्यान्सर सहायता समूह, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्सको सहयोग रहेको थियो । डाक्टरहरू र क्यान्सर पीडितहरूबाट बहुमूल्य परामर्श प्राप्त गर्दै शिविरबाट १३० भन्दा बढी सहभागीहरूले लाभ उठाए। सत्रहरूले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षणहरू र रोकथामका उपायहरू सहित महत्त्वपूर्ण जानकारीहरू समेटेका थिए। थप रूपमा, सहभागीहरूले दुबै क्यान्सरहरूको लागि स्क्रीनिंगहरू प्राप्त गरे। वान पर्पोजकी ...
काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

जन संदेश, ताजा समाचार
बिगत लामो समय काठमाण्डौ बिर अस्पतालमा काम गरी हाल नेपाल सरकारको ११ औं तहमा पदस्थापना भै पोखरा आउनु भएका बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. बिकास खत्री MBBS, MD, DM ( IOM, Maharajganj) ले अब तपाई हाम्रै आविष्कार अस्पताल बुद्धचोकमा मृगौलासॅग सम्बन्धित समस्या भएका बिरामीहरुको नियमित जॅाच तथा उपचार गर्नु हुने सहर्ष जानकारी गर्दछौं ।तपाहीहरुले डाक्टरलाई बिहान ८ देखि ९  बेलुका ४ः३० देखि ६ः३० बजे आविष्कार अस्पताल बुद्ध चौकमा भेटन सक्नू हुनछ ।  मृगौला सॅग सम्बन्धित नया तथा पुराना नियमित काठमाण्डौ जानु पर्ने बिरामीहरुले सम्पर्क गर्नुहोला । केही जिज्ञासा भएमा अस्पतालको ०६१ ५८६४६९ अथवा ९८२४४०१०२८ मा सम्पर्क गर्न सक्नू हुनछ । ...
सिन्धुपाल्चोकमा एक उद्देश्यद्वारा शैक्षिक सामाग्री वितरण

सिन्धुपाल्चोकमा एक उद्देश्यद्वारा शैक्षिक सामाग्री वितरण

जन संदेश, ताजा समाचार
काठमाडौं, बलेफी र बाह्रबिसे, सिन्धुपाल्चोक, नेपाल - जेठ 16, 2081 - एक उद्देश्य, मुख्यतया शिक्षाको माध्यमबाट विपन्न समुदायलाई सशक्तिकरण गर्न समर्पित गैर-लाभकारी संस्था हो। यस संस्थाले जेठ 16 गतेका दिन बलेफीको बनसाँघु माध्यमिक विद्यालय र बाह्रवीसे स्थित केतु अंग्रेजी बोर्डिङ स्कूलमा स्टेशनरी वितरण अभियान सञ्चालन गरेको छ। यस अभियानको उद्देश्य आवश्यकतामा परेका विद्यार्थीहरूलाई आवश्यक विद्यालय आपूर्तिहरू उपलब्ध गराउने, सकारात्मक सिकाइ वातावरणलाई प्रवर्द्धन गर्ने र शैक्षिक अवसरहरू बढाउने थियो। गरिबीका कारण आधारभूत अध्ययन सामग्री उपलब्ध गराउन कठिनाइ भोगिरहेका, शारीरिक वा बौद्धिक असक्षमता भएका वा अनाथ भएका ६० जना विद्यार्थीहरूलाई यस अभियान बाट सहयोग गरिएको थियो। उनीहरूलाई नोटबुक, कलम, पेन्सिल, इरेजर, शार्पनर, रङ र ज्यामितिय बक्स सेट जस्ता आधारभूत कुराहरू उपलब्ध गराइयो। एक उद्द...
सडकमा खटिने महिला ट्राफिक प्रहरीका लागि आरामका चार दिन

सडकमा खटिने महिला ट्राफिक प्रहरीका लागि आरामका चार दिन

जन संदेश, ताजा समाचार, सडक सरोकार
गणतन्त्र दिवसकै दिनमा उप प्रधानमन्त्री तथा गृहमन्त्रि रविलामिछानेले महिलाको स्वास्थ्यमा मध्यनजर गर्दै अबदेखि महपला ट्राफिक प्रहरीलाई महिनावारीको बेला महिलालाइ हुने कष्ट र समस्या र पिडालाइ ख्याल गर्दै महिनावारी का ४ दिन सडकमा खट्नु नपर्ने घोषणा गर्नु भएको छ।जसले गर्दा  सडकमा खटिने महिला ट्राफिक प्रहरिलाइ  डिउटिमा केही सहज हुने भएकोछ । गृहमन्त्री रवि लामिछानेले छिटै नै महिला ट्राफिक प्रहरिका लागि महिला लाई हुने मासिक  महिनावारि हुदा  आइपर्ने समस्या बाट मुक्त गर्नका लागि अब भने महिला ट्राफिक प्रहरिले सडकमा खटिएर डिउटि गर्नु नपर्ने सानो प्रयास मात्रै गरेको   सामाजिक सञ्जाल मार्फत वताएका छन्।   महिला ट्राफिक प्रहरीका लागि यी ४ दिन अन्य दिन भन्दा कष्टकर वितााउनु पर्ने हुदा सडकमा खटिएर डिउटि गर्दा अत्यन्तै असहज अवस्थामा डिउटि गर्नु पर्ने थियो ।  गृ...
पोखरा लेडी जेसीजको आयोजनामा  ‘जेसीज सप्ताह’ कार्यक्रम

पोखरा लेडी जेसीजको आयोजनामा  ‘जेसीज सप्ताह’ कार्यक्रम

जन संदेश, ताजा समाचार
यहि जेठ १७ गते बिहिवार देखि शुभारम्भ गर्ने गरि  पोखरा लेडी जेसिजले सप्ताहव्यापी ‘जेसीज सप्ताह’ मनाउने भएको छ । यही जेठ १७ गतेदेखी शुभारम्भ गरिने कार्यक्रम बारे लेडि जेसिस  सप्ताहका लागि जेसिस सप्ताह बारे  पोखरामा पत्रकार सम्मेलन मार्फत विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । ‘लैङ्गिक समानता, समावेशी, स्वास्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने मुल नाराका साथ सञ्चालन हुने सप्ताहव्यापि कार्यक्रममा  अभिमुखिकरण तथा सचेतना, निःशूल्क दन्त शिविर, साइबर अपराध तथा कानूनी प्रक्रिया, व्यक्तित्व विकास, सौन्दर्य सम्बन्धि उद्यशिलता तालिम, डाइट प्लान, तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको जेसीज सप्ताह मूल सँयोजक सुनिता गौतम भण्डारीले  पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । आगामी जेठ २३ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापि कार्यक्रम  पहिलो दिन उद्घाटन समारोह ...
मिटरमा चल्न नमान्ने टेक्सि कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा / डवल पार्किङ गरेर राखिएका करिव २६ मोटरसाइकल स्कुटर पनि कारवाहिमा

मिटरमा चल्न नमान्ने टेक्सि कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा / डवल पार्किङ गरेर राखिएका करिव २६ मोटरसाइकल स्कुटर पनि कारवाहिमा

जन संदेश, ताजा समाचार, सडक सरोकार
पोखरा बैशाख ९ आइतबार / ट्राफिक  प्रहरी कार्यालय कास्कीले  मिटरमा नचलाएकै कारण पोखराको विभिन्न ठाउँ बाट एकैदिनमा १३ टेक्सि आफ्नो नियन्त्रणमा लिएको छ।    विभिन्न ठाउबाट टेक्सि मिटरमा चल्न नमानेको आफुखुसि भाडालिएको जनगुनासो  आएपछि सर्वसाधारण नागरिक बाट १०३ मा खवर प्राप्त भएपछि सिभिल टोलि यात्रु बनेर  अप्रेसन गरेपछि पोखरा को बिभिन्न ठाउबाट  एकै दिनमा १३ टेक्सि नियन्त्रणमा लिइएको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले वताउनु भयो ।    मिटरमा नचलाइएको पाइएपछि यसभन्दा पहिला पनि  ५०४ टेक्सिलाइ नियन्त्रणमा लिएर  कारर्वाहिका लागि यातायात कार्यालय पठाइएको पत्रकार बिच जानकारी  गराउदै प्रमुख शर्माले आम सर्वसाधारण नागरिकलाई अझैपनि टेक्सिले मिटर नचलाएमा वा मिटरमा जान नमानेमा कहाँ खवर गर्ने भन्ने बारै थाहा नभएको वताउदै यदि कोहि पनि सर्वसाधारण नागरिकलाइ  यस्त...
महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब ः

महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब ः

जन संदेश
पौष २८ , पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले आफु पनि दैनिक हिड्ने गरेको बताउदै हिडाइका साथसाथै पर्यटन उजागर गर्दै आएको हाइकर्स क्लब नेपालको अभियानमा आफु पनि सगैं रहने प्रतिबद्घता जनाउनु भयो । उहाँले जो हिडछ उ नै तन्दरुस्त र सक्रिय हुने बताउनु भयो । पहिलो पटक क्लबको हाइकिङमा जोडिनु भएका गोमा फाउन्डेशन नेपालकी अध्यक्ष गोमा पराजुलीले हिडेर आफ्नो विविध शारिरिक समस्या निवारण गरेको अनुभव सुनाउदै हाइकिङमा जोडिएर हिड्ने साथी पाएकोमा खुसी व्यक्त गर्नु भयो । अबका सबै हाइकिङमा आफु पनि सामेल हुने उहाँले बताउन...