निर्दोष लाई नफसाइने दोषिलाइ नछोडिने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ
पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी को अवसरमा सञ्चारकर्मी संग कुरा गर्दै उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले देश भ्रष्टाचारको सुचिमा यथावत रहेको स्विकार गर्दै । एम्नेष्टि इन्टरनेश्नलले दिएको तथ्यलाई स्विकार्नु पर्ने भन्दै केही सुधार भएको पनि बताउनु भयो । सोझासाझा जनता, सुकुम्बासी र मजदुरले भ्रष्टाचार नगर्ने भन्दै श्रेष्ठले नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा विरोध भएकोमा आक्रोस प्रकट गर्नु भयो ।
‘एकातर्फ सुशासन कायम गर पनि भन्ने अनि अर्को तर्फ कोही नेता पर्यो भने राजनीतिक दल र नेता नै विरोधमा उत्रने, कोही कर्मचारी कारबाहीमा पर्यो भने कर्मचारी संगठनहरु कारबाहीमा उत्रने अनि कोही व्यपारी कारबाहीमा पर्यो भने व्यवसायीहरु आन्दोलनमा उत्रन थालेपछि कसलाई कारवाहि गर्ने भन्दै प्रस्न राख्नु भयो&nbs...









