Thursday, April 30News That Matters

ताजा समाचार

पोखरा  १८ मेथलाङ सडकखण्डमा जिप दुर्घटना

पोखरा  १८ मेथलाङ सडकखण्डमा जिप दुर्घटना

ताजा समाचार
 बुधबार १०/पोखरा पोखरा महानगरपालिका १८ मेथलाङमा जिप दुर्घटना भएको छ । जिप अनियन्त्रित भइ पल्टिएको हो । जिप चालक घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ । सराङकोट ग्यारजाती बाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३ च २६०३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो । स्थानीयका अनुसार चालक कृष्ण बहादुर थापा रुखमा च्यापिएका थिए । उनको करिब आधा घण्टाको प्रयास पछी उद्दार गरि गण्डकी अस्पताल लगिएको छ । जिपमा सवार चन्द्रकला थापा र हिमकला थापाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका  डिएसपि तथा प्रवक्ता श्रवण कुमार विकले जिप अनियन्त्रित भइ पल्टिएको जनाएका छन् भने थप विवरण आउन बाकि  (तस्वीर : बलराम तिमिल्सिनाको फेसबुकबाट) ...
पोखराका ५ पत्रकारलाई पुरस्कार

पोखराका ५ पत्रकारलाई पुरस्कार

ताजा समाचार
पोखरा, ६ माघ । नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।  टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्दे...
लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव, सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्ने मेयर आचार्यको भनाइ

लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव, सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्ने मेयर आचार्यको भनाइ

ताजा समाचार, मनोरन्जन, मुख्य समाचर
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्य गर्ने प्रतिवद्धता समेत गरे । महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथी झोलुंगेपुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै ...
बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

ताजा समाचार
पोखरा बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना गर्न लागेको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । ‘हामीले ग्रास रुट फुटबलका प्रशिक्षणका लागि तेह्रौं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । ग्रासरुट फुटबल प्रशिक्षणमा अभावका कारण कतिपय प्रतिभावान खेलाडीहरुको सहभागिता रहन सकेको छैन्’ उनले भने, ‘हामीले साना–साना खेलाडीहरुलाई छात्रवृत्ति प्रदानका लागि कोष वृद्धि गर्न च्यारिटी डिनरको आयोजना गर्न लागेका हौं ।’ च्यारिटी डिनर पोखरा ९ बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा आगामी शुक्रबार हुँदैछ । ...
भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

ताजा समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ। भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा ९म्याप० पनि राख्ने काम पनि गरिएको जानकारी दिनुभयो। निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवार...
पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

ताजा समाचार, मनोरन्जन
पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो । तेश्रो स्थान हुने मेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने शान्तवना हुने ज्ञान ज्योति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रज्...
सु-शान्त क्लवको आयोजनामा रक्तदान

सु-शान्त क्लवको आयोजनामा रक्तदान

ताजा समाचार
पोखरा ।पोखरा महानगरपालिका १७ विरौटा सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । " जीवन अमूल्य छ बाचौं र बचाउ" भन्ने नाराका साथ सु-शान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । शनिवार भएको कार्यक्रमको प्रदेश नं ३ ख का सांसद प्रकाश बरालले पानसमा बत्ती बालेर साथै क्लबका अध्यक्ष टिकाराम पौडेलले ब्लड ब्याग हस्तन्तर गरेसँगै पहिलो रक्तदाता भयर संसद बरालले कार्यक्रमको उद्घाटन गरेका हुन भने कार्यक्रमको विशेष अतिथिमा सु शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाट र प्रादेशिक रक्त सञ्चार केन्द्र का वरिष्ठ प्राविधिक महेन्द्र के सी रहनु भएको कार्यक्रमको स्वागत मन्तब्य क्लबका सदस्य शिला सिग्देल ले गरेकी थिइन् । प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष टिकार...
२३ औं आहा रारा गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा सहाराले थ्रीस्टारको सामना गर्ने

२३ औं आहा रारा गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा सहाराले थ्रीस्टारको सामना गर्ने

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा सहारा क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।  सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।  प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिससहित ए डिभिजनका क्लबहरु थ्रीस्टार, मछिन्द्र, जावलाखेल युथ क्लब, मनाङ मस्र्याङदी, संकटा, चर्च ब्वाइज, विदेशी क्लब पारो एफसी, मोफसलका क्लब राइजिङ स्टार र आयोजक सहारा क्लब पोखरा रहेका छन् । ...
पहिलो पाइला पोखरा शाखा द्वारा शैक्षिक सामग्री वितरण

पहिलो पाइला पोखरा शाखा द्वारा शैक्षिक सामग्री वितरण

ताजा समाचार
थोरै सहयोग धेरै माया  सानो प्रयास ठूलो आसा  ट्र्याक सुट र टोपी न्यानो माया आज कपि र कलम लिएर भावि भविस्य कोर्न लागेका स-साना नानी बाबुहरु ,यी कलिला हातहरुमा एउटा जिम्मेवारी थप्दै हामिले चालेको सानो कदम भोलीका दिनमा सँधै उनिहरुको मनमा रहोस र यस्तै सहयोगी मन र भाव लिएर अघि बढुन भन्ने हेतुले पहिलो पाईला नेपाल पोखरा शाखाले  बागलुङ  जिल्ला काठेखोला गाउँपालिका वार्ड न. ७ मा रहेको श्री  रेश नुन्थला माध्यामिक विद्यालय मा ७० जना बिद्यार्थीलाई ट्र्याक सुट र टोपी अनि शैक्षिक सामाग्री काठेखोला गाँउपालिका वार्ड न. ७ का वार्ड अध्यक्ष श्री प्रेम बहादुर जि.सि को प्रमुख आतिथ्य मा र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री ओम प्रसाद थापाको विशिष्ट आतिथ्यमा, विद्यालयका प्रधानध्यापक श्री ओम बहादुर थापा, गाउँका समाजसेवि श्री हिरा बहादुर कुँवर , समाजसेवि श्री मन बहादुर कार्की,...
हल्ट प्राइज गण्डकी विश्व विध्यालय कार्यक्रम आयोजना सम्पन्न

हल्ट प्राइज गण्डकी विश्व विध्यालय कार्यक्रम आयोजना सम्पन्न

ताजा समाचार
मिति २०८०/९/१५ गते मा . दृष्य अधिकारी लाई हल्ट प्राइज गण्डकी विश्वविद्यालय(hult prize gandaki univeristy)को क्याम्पस डाइरेक्टर (campus director)मा नियुक्ति गरिएको थियो  र त्यसको परिणामस्वरूप २०८०/१०/०५ गते मा हल्ट प्राइज  गण्डकी विश्वविद्यालय(hult prize gandaki univeristy)ले हल्ट प्राइज  (orientation program)कार्यक्रम आयोजना गरेको थियो। हल्ट प्राइज भनेको के हो? हल्ट प्राइज एक वार्षिक रुपमा आयोजना गरिने प्रतियोगिता  हो जसमा विद्यार्थीहरुबाट व्यापारका विचारहरु खोजिन्छ र उत्कृष्ट हुनेलाई १० लाख अमेरिकी डलर सहित पुरस्कृत गरिन्छ। हरेक वर्ष "द इंटरनेशनल हल्ट कम्यूनिटि" ले नयाँ थीम प्रक्षेप गर्छ र विश्व भरिका विद्यार्थीहरुले त्यस थीममा रहेर आफ्नो विचार राख्नुपर्दछ।सर्वप्रथमत: हल्ट प्राइजको यात्रा विद्यार्थीहरुले आफ्नो 'अन क्याम्पस कार्यक्रम' बाटै सुरु गर्नुपर्दछ।'अन क्याम्पस' को...