हामी साच्चिकै नेपाली बन्ने कहिले ?
इतिहासलाई फर्किएर हेर्दा हामी नेपाली हुनुमा र हामी नेपाली हौं भन्नुमा हरेक स्वाभिमानी नेपालीलार्इ वडो गर्व लाग्छ। भारत भन्दा पहिला स्वतन्त्र रहेको नेपाल अहिलेका शक्तिशाली देखिएका देशहरुलार्इ चाँदिका मोहोर ऋण स्वरुप दिएको इतिहास छ ।
त्यतिमात्र हैन नेपालको उत्पादित अन्न दान दिएको तत्कालीन हिन्दुस्तान बाट हाम्रा पुर्खाहरुले अङ्ग्रेज धपाउन देखाएको बहादुरी विश्वका जुनसुकै देशको पनि आन्तरिक तथा बाह्य सुरक्षाको जिम्मेवारी लिन सक्ने हाम्रा पुर्खाले स्थापित गरेर छाडेको नेपाल र नेपाली प्रति विश्वले गर्ने विश्वास बहादुरी इमानदारीता नै नेपाल राष्ट्र र राष्ट्रियताका सम्पत्ती हुन् । त्यहि पुर्खाले स्थापित गरेको विश्वास र बहादुरीको सम्पत्तीलार्इ कहिले सदुपयोग त कहिले दुरुपयोग गर्दै अझै पनि हामी नेपालीले भरपुर फाइदा उठाइ रहेका छौं । त्यतिमात्र हैन...







