प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ (सालसम्ममा सडकमा रहेका बालबालिका) अथबा कुनैपनि मानब घरबार बिहिन सडक आश्रित मानवमुक्त गराउने
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई ( सडकमा रहेका बालबालिका अथबा कुनैपनि मानब घरबार बिहिन हरुलाई )सडक आश्रित मानवमुक्त गराउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् प्रतिनिधिमण्डलसँगको भेटमा बालुवाटारमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिएका छन
बालुवाटारमा भएको भेटका क्रममाप्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भने ।
सो अवसरमा घरपरिवार र आफन्तविहीन भइ खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी स...








