Tuesday, April 21News That Matters

ताजा समाचार

पोखरा लेडी जेसीजको आयोजनामा  ‘जेसीज सप्ताह’ कार्यक्रम

पोखरा लेडी जेसीजको आयोजनामा  ‘जेसीज सप्ताह’ कार्यक्रम

जन संदेश, ताजा समाचार
यहि जेठ १७ गते बिहिवार देखि शुभारम्भ गर्ने गरि  पोखरा लेडी जेसिजले सप्ताहव्यापी ‘जेसीज सप्ताह’ मनाउने भएको छ । यही जेठ १७ गतेदेखी शुभारम्भ गरिने कार्यक्रम बारे लेडि जेसिस  सप्ताहका लागि जेसिस सप्ताह बारे  पोखरामा पत्रकार सम्मेलन मार्फत विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । ‘लैङ्गिक समानता, समावेशी, स्वास्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने मुल नाराका साथ सञ्चालन हुने सप्ताहव्यापि कार्यक्रममा  अभिमुखिकरण तथा सचेतना, निःशूल्क दन्त शिविर, साइबर अपराध तथा कानूनी प्रक्रिया, व्यक्तित्व विकास, सौन्दर्य सम्बन्धि उद्यशिलता तालिम, डाइट प्लान, तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको जेसीज सप्ताह मूल सँयोजक सुनिता गौतम भण्डारीले  पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । आगामी जेठ २३ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापि कार्यक्रम  पहिलो दिन उद्घाटन समारोह ...
आविष्कार अस्पत्ताल पोखरा र प्राइम कमर्शियल बैक बीच स्वास्थ्य सम्झौता

आविष्कार अस्पत्ताल पोखरा र प्राइम कमर्शियल बैक बीच स्वास्थ्य सम्झौता

ताजा समाचार
जेठ १५ गते आविष्कार अस्पताल, बुद्धचोक र प्राइम कमर्शियल बैंक बीच प्राइम कमर्शियल बैंकमा खाता भएका ग्राहकहरुलाई अस्पतालमा दिईने सेवा सुविधाको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बिच अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. कृष्ण बोगटी र प्राइम कमर्शियल बैंक लेकसाइड शाखाका तर्फबाट शाखा प्रबन्धक दिनेश कुमार श्रेष्ठ उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर समारोमा अस्पतालका तर्फ़ बाट अस्पताल संचालक राम शर्मा बास्तोला र बोर्ड अफ़ डाइरेक्टर सुजु सौतम तथा बैंकको तर्फ़बाट बैंकका पब्लिक रिलेशन मनेजर भेष राज पराजुली उपस्थिती रहेको थियो। उक्त समझौता अनुसार अब प्राइम कमर्शियल बैंकमा खाता रहेका सबै ग्राहकहरुले अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुमा २० % र औषधिमा ५ प्रतिसत छुट पाउने भएका छन् । उक्त अस्पतालमा बिगतमा हरियोखर्क अस्पतालमा काम गरेका अनुभवी बरिष्ठ नाक कान तथा घॅाटी र...
इच्छुक को स्मृतिमा शहिद स्मृति बिध्यालयलाइ खेलकुद तथा शैक्षिक सामग्री प्रदान

इच्छुक को स्मृतिमा शहिद स्मृति बिध्यालयलाइ खेलकुद तथा शैक्षिक सामग्री प्रदान

ताजा समाचार
पोखराको शहीद स्मृति विद्यालयलाई पत्रकार कृष्ण सेन इच्छुकको बाइसौ स्मृति दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर समितिले आइतबार संयुक्त कार्यक्रम आयोजना गरी सो विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका हुन् । अग्रज पत्रकार एवं प्रेस सेन्टर नेपालका सल्लाहकार कोमलनाथ बराल, विश्वप्रकाश लामिछाने र प्रेस सेन्टर केन्द्रीय सचिव माधव पनेरुले सामग्री विद्यालयका प्रधानाध्यापक कल्पना चिलुवाललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका सहइन्चार्ज समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज अधिकारी(कुमार)ले सहयोग प्रति आभार व्यक्त गर्नुभयो । अग्रज पत्रकार बरालले सेनका योगदानलाई आउने पुस्ताले समेत सँधै स्मरण गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार विश्वप्...
हस्पिटल र बैक बिच सम्झौता

हस्पिटल र बैक बिच सम्झौता

ताजा समाचार
जेठ १३ गतेआविष्कार अस्पताल, बुद्धचोक र सानिमा बैंक बीच सानिमा बैंकमा खाता भएका ग्राहकहरुलाई अस्पतालमा दिईने सेवा सुविधाको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बिच अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. कृष्ण बोगटी र सानिमा बैंक न्यूरोड शाखाका तर्फबाट शाखा प्रबन्धक पुनित बिक्रम राणाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर समारोमा अस्पतालका तर्फ़ बाट अस्पताल संचालक राम शर्मा बास्तोला र बरिस्ट लेखा पाल सुजु सौतम तथा बैंकको तर्फ़बाट बैंकका असिस्टेंट मनेजर आरोग्य गुरगाईंको उपस्थिती रहेको थियो। उक्त समझौता अनुसार अब सानिमा बैंकमा खाता रहेका सबै ग्राहकहरुले अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुमा २० % र औषधिमा ५ प्रतिसत छुट पाउने भएका छन् । उक्त अस्पतालले बिगतमा हरियोखर्क अस्पतालमा काम गरेका अनुभवी बरिष्ठ नाक कान तथा घॅाटी रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा ...
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा २५६८ औँ बुद्धजयन्ती र उभौली पर्वको शुभकामना‘बुद्ध दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न जरुरी

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा २५६८ औँ बुद्धजयन्ती र उभौली पर्वको शुभकामना‘बुद्ध दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न जरुरी

ताजा समाचार
’ पोखरा, १० जेठ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।   प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामीलाई गर्व छ । बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेछ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै भातृत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।’ उहाँले बुद्...
पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि छनौट भएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । छनौट चरणमा पोखरा विश्व विद्यालयका बलराम भट्टराइ, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सुशिसा बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदिप पौडेलले निर्णायकको भुमिका निभाएका थिए । आइड...
अग्रज पत्रकार विरहि र युवा पत्रकार  सिग्देल सन्मानित हुने

अग्रज पत्रकार विरहि र युवा पत्रकार  सिग्देल सन्मानित हुने

ताजा समाचार
पत्रकार महासंघ कास्की शाखाले  आफ्नो १७ अौ साधारण सभा विशेष समारोहका बिच  पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।   नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।  पत्रकार महासघ कास्कीका अनुसार पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र बास्ताेला सदस्य थिए । आर्थिक पत्र...
एमआरपी बियर रेष्टुुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने

एमआरपी बियर रेष्टुुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने

ताजा समाचार
पोखरा । जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ । होटल टास्क ईन्टरनेशनल प्रा.लि.को आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको छ । बियर पारखीहरु बीचको बियर पिउने प्रतिस्पर्धात्मक प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगिता मार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले वताए । उक्त प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत जेठ ११ देखी १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुने छ । इभेन्टमा सहभागी हुनका लागी पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागीता जनाउन सक्नेछन । १० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो ब्याक्ति उक्त इभेन्टक...
पुर्वतयारि विनाको विध्युतिय सवारि, हतारको ट्राफिक सप्ताह

पुर्वतयारि विनाको विध्युतिय सवारि, हतारको ट्राफिक सप्ताह

ताजा समाचार, विचार/लेख
यतिबेला विश्वमै विध्युतिय सवारि उत्पादन गर्ने  किन्ने  बेच्ने  गुडाउने विश्व जगतमै एउटा लहर नै चलेको छ। त्यो लहर बाट हामि पनि अछुतो रहन सकेका छैनौ  हामि पनि विध्युतिय सवारि गुडाउने कुरामा रहर भनौ वा वाध्यता  भनौ  लागि परेका छौ । पुर्वतयारि विनाको विध्युतिय सवारि गुडाउने दौडमा छौ। हाम्रो जस्तो देसमा जहा अझैपनि मुख्य मुख्य चोकमा एउटा जेब्राक्रस बनाउन सकिरहेका छैनौ । ठाउँ ठाउमा चार्जिङ स्टेसनका कुरा छाडौ ,ट्राफिक लाइट वाल्न तक सकेका छैनौ सडक बने पुल बन्दैन ,पुल बने सडक बन्दैन  जिम्मेवार निकायले समेत किन तक भन्दैन तैपनि विश्व परिवर्तन सगै हामि पनि परिवर्तन सगै हाम्रो देसमा पनि परिवर्तनको प्रभाव पर्यो।। हामी पनि परिवर्तन को चाहना राख्न थाल्यौ तर हाम्रो परिवर्तन हामिले गर्न थालेको परिवर्तन विकास भन्दा विनास तर्फ लम्किन थाल्यो ।किन भने कुनै पनि देसको परिवर्तनका...
पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

ताजा समाचार
पोखरा । पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै पोखरामा रहेका सिसिटिभि बिक्रेताहरु मिलेर लायन्स क्लब गठन गरी ब्यापार ब्यवसायको प्रवद्र्धनमा जुटेकोमा खुसी ब्यक्त गरे । टीम मिलेर काम गरेको खण्डमा जुनसुकै काममा पनि सफलता हात ल...