Sunday, April 19News That Matters

ताजा समाचार

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

ताजा समाचार, मनोरन्जन
पोखरा, माघ १४, नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए । सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका थिए । यसरी अभिनय गर्ने रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रो...
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी

ताजा समाचार
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । अपांगतारअल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । शर्माले तीन हजार ६६० मत पाईन भने  परियारले तीन हजार ७७९ मतभार ल्याए । श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे । ...
वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

ताजा समाचार
 ११ माघ, पोखरा वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।  मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।  मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।  मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्वेटर, टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्...
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ

पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ

ताजा समाचार
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ । २०६९ सालमा स्थापित यस  संस्थाले वार्षिकोत्सब काे अबसरमा कार्यलयमा उपस्थित पहिलाे २ जना शेयर सदस्यहरुलाई ढाका टाेपी , पछाैरी र मायाकाे चिनाे प्रदान गर्नुका साथै पानसमा दिप प्रज्वलन गरि काराेवार सुरु गरिएकाे थियाे । वार्षिकोत्सब काे अबसर पारेर आयाेजना गरिएकाे अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थाकाे वित्तीय बिश्लेक्षण गरिएकाे थियाे । साे अबसरमा बाेल्दै संस्था का सल्लाहकार श्री मुक्तिनाथ चालिसे ले बर्तमान विषम परिस्थितिमा पनि संस्था सफल रहेकाे चर्चा गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम संचालन गर्न सुझाव दिनुभयाे । संस्थाको कर्जा असुली प्रक्रिया अझै प्रभावकारी हुन नसकेकाेमा जाेड दिदै उहाँले आफ्नो सम्पुर्ण शक्ति असुलीमा लगाउन सल्लाह दिनुभयाे । साे अबसरमा बाेल्दै लेखा समिति का ...
पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

ताजा समाचार
पोखरा पोखरा १८ ग्यारजातीमा भएको जिप दुर्घटनाका घाइते चालक कृष्ण थापाको उपचारको क्रममा मृत्यु भएको छ । विहान करिब ९ बजेर ४५ मिनेटको समयमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक थापाको पोखराको मणिपाल शिक्षाण अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवण विकले जानकारी दिए । मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो अनियन्त्रित भइ खसेको थियो । विकका अनुसार सडकको दाँया तर्फ करिब २० फिट तल खसेको थियो । ४९ वर्षिय जिप चालक सोहीस्थानका हुन् । दुर्घटनामा परि ६९ वर्षिया हिमकला थापा र ७० वर्षिय चन्द्रकला थापा घाइते भएका छन् । हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ । ...
पोखरा  १८ मेथलाङ सडकखण्डमा जिप दुर्घटना

पोखरा  १८ मेथलाङ सडकखण्डमा जिप दुर्घटना

ताजा समाचार
 बुधबार १०/पोखरा पोखरा महानगरपालिका १८ मेथलाङमा जिप दुर्घटना भएको छ । जिप अनियन्त्रित भइ पल्टिएको हो । जिप चालक घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ । सराङकोट ग्यारजाती बाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३ च २६०३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो । स्थानीयका अनुसार चालक कृष्ण बहादुर थापा रुखमा च्यापिएका थिए । उनको करिब आधा घण्टाको प्रयास पछी उद्दार गरि गण्डकी अस्पताल लगिएको छ । जिपमा सवार चन्द्रकला थापा र हिमकला थापाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका  डिएसपि तथा प्रवक्ता श्रवण कुमार विकले जिप अनियन्त्रित भइ पल्टिएको जनाएका छन् भने थप विवरण आउन बाकि  (तस्वीर : बलराम तिमिल्सिनाको फेसबुकबाट) ...
पोखराका ५ पत्रकारलाई पुरस्कार

पोखराका ५ पत्रकारलाई पुरस्कार

ताजा समाचार
पोखरा, ६ माघ । नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।  टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्दे...
लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव, सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्ने मेयर आचार्यको भनाइ

लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव, सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्ने मेयर आचार्यको भनाइ

ताजा समाचार, मनोरन्जन, मुख्य समाचर
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्य गर्ने प्रतिवद्धता समेत गरे । महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथी झोलुंगेपुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै ...
बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

ताजा समाचार
पोखरा बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना गर्न लागेको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । ‘हामीले ग्रास रुट फुटबलका प्रशिक्षणका लागि तेह्रौं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । ग्रासरुट फुटबल प्रशिक्षणमा अभावका कारण कतिपय प्रतिभावान खेलाडीहरुको सहभागिता रहन सकेको छैन्’ उनले भने, ‘हामीले साना–साना खेलाडीहरुलाई छात्रवृत्ति प्रदानका लागि कोष वृद्धि गर्न च्यारिटी डिनरको आयोजना गर्न लागेका हौं ।’ च्यारिटी डिनर पोखरा ९ बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा आगामी शुक्रबार हुँदैछ । ...
भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

ताजा समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ। भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा ९म्याप० पनि राख्ने काम पनि गरिएको जानकारी दिनुभयो। निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवार...