प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट माधव बराल पुरस्कृत, मीना गुरूङ र हुम गुरूङ सम्मानित
पोखरा, २२ माघ ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ ।
संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ ।
प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रतिभा छनौट समिति संयोजक एवं पूर्व अध्यक्ष हरि बास्तोला, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी लगायत अतिथिले सम्मान तथा पुरस्कार अर्पण गर...









