Saturday, April 18News That Matters

ताजा समाचार

बसको ब्रेक फेल हुँदा लेखनाथ महोत्वस गेटका व्यापारीको मृत्युु, ३ घाइते

बसको ब्रेक फेल हुँदा लेखनाथ महोत्वस गेटका व्यापारीको मृत्युु, ३ घाइते

ताजा समाचार, सडक सरोकार
पोखरा  बसको ब्रेक फेल हुँदा लेखनाथमा एक जनाको मृत्यु तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका २७ लेखनाथस्थित डाँडाकोनाकमा लेखनाथ महोत्वसको प्रवेश गेटअघि व्यापार गरिरहेका एक भारतीयको मृत्यु भएको हो । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ब्रेक फेल हुँदा महोत्सवमा प्लाष्टिकबाट निर्मित सामान (बाटा) विक्रि गर्न आएका ३० वर्षिय इस्श्रावती कुमारीलाई ठक्कर दिएको थियो । ब्रेक फेल भई पूर्वतर्फ जाँदै गर्दा सडकको दायाँ साईडमा रहेको माटोको ढिस्को तर्फ गई कुमारीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भिर घाइते उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा १०स्३८ डाक्टरले मृत घोषणा गरेको थियो ।  उक्त बसमा सवार २० जना मध्य ३ जना घाईते भएका छन् । घाइते हुनेमा तनहुँ म्याग्दे गाउँपालिका ८ का ३६ वर्षिय रामजी गन्धर्ब उनको श्रीमती ३० वर्षिय विष्णु गायक र प...
बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

ताजा समाचार
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा आगामी पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो । लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद २५ हजार र शान्तवना स्थान हासिल गर्नेलाई न...
बालकुमारी घटना प्रकण : छानविन समिती गठन

बालकुमारी घटना प्रकण : छानविन समिती गठन

ताजा समाचार
काठमाडौं बालकुमारी घटनाबारेमा छानबिन गर्न गृहमन्त्रालयले छानबिन समिती बनाएको छ । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिती बनाएको हो ।  ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् । प्रहरीए दुबै जनाको गोलि लागेर मृत्यु भएको बताएपनी एक जनालाई गोलि नलागेको भेटिएको छ । प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको हो ।मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर...
सूर्यदर्शन सहकारी ठगीमा संलग्न थप एक पक्राउ

सूर्यदर्शन सहकारी ठगीमा संलग्न थप एक पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्की प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ४ नालाकोमुखमा संचालनमा रहेको श्री सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका एक पदाधिकारी पक्राउ परेका हुन् । सहकारीले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी आधारमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ घर भई सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष रहेका ३८ वर्षिय कैलाश कुमार दर्लामी रहेका छन् । तर, सूर्यदशन सहकारीसँग जोडिएका केहि व्यक्तिलाई भने प्रहरीले नै भगाउन सहयोग गरेको आरोप छ । यस अघि प्रहरीले रेड नोटिस जारी गरेका नेकपा एमालेका नेता समेत रहेका महेन्द्र भोटेलाई कास्की प्रहरी प्रमुखले भगाएको आरोप छ । भोटे र एसपिलाई एकै होटलमा देखिएको सिसिट...
पोखरा सडक महोत्सव सुरु

पोखरा सडक महोत्सव सुरु

ताजा समाचार, सडक सरोकार
पोखरा, १२ पुस रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले आयोजना पोखरा सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई प्रथामिकता दिदै महोत्सव शुरु भएको हो । महोत्वको पोखराका मयेर धनराज आचार्यले उद्घाटन गरे । रेवानाले २५ औ वर्ष प्रबेशको अवसर पारेर पोखराका विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मानीत भए । ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित २५ वर्ष देखी पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु डान्स, मयूर डान्स लगाएत विभिन्न प्रदेशका सास्कृतीक कार्यक्रमहरुले महोत्सव आउनेहरुलाई मनोरञ्जन दिने महोत्सव संयोजक विश्वराज पौडेले बताए । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खान...
श्रीमतीको घाँटी थिचि हत्या गरेको अभियोगमा रत्नबहादुर पक्राउ

श्रीमतीको घाँटी थिचि हत्या गरेको अभियोगमा रत्नबहादुर पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरामा आफ्नै श्रीमतीलाई तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ । बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई प्रकाउ गरेको हो ।  म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले आफ्नै २९ वर्षीय श्रीमती रेखा घर्तिलाई घर नजिकको तोरी बारीमा लगेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । प्रहरीले नौबिसे चोक बस्दै आएका रत्नबहादुर विश्वराज पौडेलको तोरी बारीको कान्लामा श्रीमतीको घाटी थिचेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो ।  श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ परेका रत्नबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ...
अनुमति बिना ड्रोन उडाउने चिनीयाँ नागरिक पक्राउ

अनुमति बिना ड्रोन उडाउने चिनीयाँ नागरिक पक्राउ

ताजा समाचार
पोखरा पोखरामा बुधबार विना अनुमती ड्रोन उडाएपछि चिनीयाँ नागरिक पक्राउ परेका छन् । पोखरा १ टुडिँखेल मैदानमा ड्रोन उडाउँदै गरेका २५ वर्षिय चेन देङ सेङलाई प्रहरीले पक्राउ गरेको हो ।  विना अनुमती ड्रोन उडाई भिडियो बनाई रहेको अवस्थामा फेला पारी ड्रोन सहित नियन्त्रणमा लिई नेपाल नागरिक उड्यन प्राधिकरण पोखरा पठाएको कास्की प्रहरीले बताएको छ । ...
पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य

पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य

ताजा समाचार
पोखरा । १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै कन्सल्टेन्सीका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठले जापानिज, कोरियन, जर्मनी र चाइनिज भाषा अध्ययन गर्न चाहनेहरुका लागि महोत्सव अवधिभर विशेष छुट दिने वताए । श्रेष्ठका अनुसार महोत...
छोम्रोङमा सेन्चुरी ल्होसार मेला सुरू

छोम्रोङमा सेन्चुरी ल्होसार मेला सुरू

ताजा समाचार
पोखरा, १२ पुस अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ । मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए ।  अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । त्यसका लागि टेण्डर आव्हान् भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको उनले बताए ।  मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्सा...
अमरसिंह मा. वि. भुपु विद्यार्थी एसाेसिएसन तथा परिवर्तनका लागि हामि अभियान नेपालको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

अमरसिंह मा. वि. भुपु विद्यार्थी एसाेसिएसन तथा परिवर्तनका लागि हामि अभियान नेपालको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार
पोखरा अमरसिंह मा. वि. भुपु विद्यार्थी एसाेसिएसन तथा परिवर्तनका लागि हामि अभियान नेपालको सयुक्त आयोजनामा पोखराको अमरसिह माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा बिध्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको रक्तदान कार्यक्रममा 26 युनिट रक्त सङ्कलन भएको थियो । प्रमुख अतिथिले  सबै रक्तदाताहरुलाइ  धन्यवाद दिदै रक्तदान महादान भएको वताउदै  आयोजकलाइ आगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्दै सामाजिक उत्तरदायित्य बहन गर्दै बिध्यालयको गरिमालाइ उचाइमा पुर्याउन र समाजमा राम्रो काम गरेर परिवर्तन ल्याउन युवा हरुको महत्त्वपूर्ण भुमिका रहने वताए। सोही अवसरमा बिध्यालयका भुपु बिध्यार्थि एसाेसिएसन तथा परिवर्तन का लागि हामि अभियान नेपालका अभियानकर्मि तथा विभिन्न सघ सस्थाका व्यक्तित्व द्वारा रक्तदान कार्यक्रमा सहभागिता रहेको थियो ...