मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र
पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल...









