रेडक्रस पोखरा–२६ को औं बार्षिक साधारणसभा सम्पन्न
पोखरा, पुस २६ गते
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति दण्डराज शर्माले आपत विपतमा परेकालाई सहयोग रेडक्रस संस्थाले नै भएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी राखी उपाशाखा पोखरा–२६ को ३० औं बार्षिक साधारण सभाको बिहिबार उद्घाटन गर्दै सभापति शर्माले मानव सेवा गर्ने विभिन्न तरिका भएतापनि रेडक्रसले विशुद्ध आपतविपतमा परेकालाई तत्काल उद्धार गरि ठुलो घटना हुनबाट बचाउने काम रेडक्रसले गर्ने बताएका हुन् ।
आपतविपतमा बिशेष रुपले खट्नु नै रेडक्रसको मुख्य मर्म र भावना भएको रहेको उनले बताए ।
सोही अवसरमा कास्की शाखाका पूर्वसभापति बामदेव ढुंगानाले एक सय ६० वर्ष पहिला हेनरी डुईनाले जुन शिद्धान्त प्रतिपाद गरे अहिले आएर पनि विश्व मानव समुदायमा त्यसका बारेमा सहि तरिकाले बुझाउन नसक्दा रेडक्रसले मानवीय सेवाका लागि हिंसात्मक गतिविधीको रोकथाममा जनचेतना फैलाउनु पर्ने सुझाव राखेका थिए ।
...









