Friday, September 11News That Matters

खेलकुद

आहा! रारा पोखरा गोल्डकप २४ औं संस्करण माघ २२ देखि फागुन ३ सम्म

आहा! रारा पोखरा गोल्डकप २४ औं संस्करण माघ २२ देखि फागुन ३ सम्म

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा सहारा क्लब पोखराद्वारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता “आहा! रारा पोखरा गोल्ड कप” को २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुनेछ।  आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवराज बरालले मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) लाई सहभागिताका लागि आग्रह गरिएको र थप एक टोलीबारे छलफल भइरहेको उनले भने, “हामी यति बेला तयारीमा तीव्रता दिएका छौं। एमएमसीले सहभागिता जनाओस् भन्ने चाहन्छौं। तर, यदि सम्भव भएन भने अर्को उत्कृष्ट टोलीलाई सहभागी गराउने तयारीमा छौं।”प्रतियोगितामा ११ टोलीको इन्ट्री भैसकेको क्लब ले उक्त अवसरमा जानकारी दिएको छ । यस संस्करणमा विदेशीसहित नेपालका प्रतिष्ठित ए डिभिजन क्लबहरू, मोफसलका उत्कृष्ट टोलीहरू, र आयोजक सहारा क्लब पोखराको टोलीले...
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिता २०८१

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिता २०८१

खेलकुद, ताजा समाचार, मनोरन्जन
पोखरा एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा रहेको छ । प्रतियोगिता खेलकुदको विकास, युवा प्रतिभाको पहिचान, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लबहरू सहभागी हुनेछन्। आयोजक संस्थाले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गर्दै, खेलकुदलाई शान्ति, विकास, र एकताको माध्यम बनाउनुपर्नेमा जोड दिएको छ। यसैगरी, प्रतियोगिताको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास गरिने जानकारी पनि दिएको छ।एनसेल पाँचौं टाइगर कपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरूका लागि एउटा ठूलो अवसर प्रदान गर्नेछ। प्रतियोगिता...
२४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते प्रतियोगिताको तयारी तीव्र

२४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते प्रतियोगिताको तयारी तीव्र

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा २४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते तथा छैठौं क्योकुशिन कान कराँते प्रतियोगिता हुने भएको छ।प्रतियोगिता पुस २९ गते पोखरा रङ्गशालामा हुनेछ भने , माघ १ गते ढुङ्गेसाघु मेलामा हुनेछ। नेपाल क्योकुशिन कास्कीका अध्यक्ष लक्ष्मण कुँवरका अनुसारप्रतियोगितामा नेपालभरका झन्डै ३०० खेलाडीले सहभागिता जनाउनेछन्। महिला र पुरुष दुवै तर्फ ३० केजीदेखि ६० केजीसम्मका विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ। साथै, खुला तौल समूहमा पनि खेल हुनेछ। नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवरका अनुसार प्रतियोगिताले नयाँ खेलाडीहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतियोगितामा विजेता, उपविजेता, र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्रले सम्मान गरिने छ। यसका साथै, उत्कृष्ट खेलाडीलाई विशेष रूप...
“पोखरामा ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना, उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार”

“पोखरामा ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना, उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार”

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा शुक्रबारदेखि शिव ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने भएको छ। चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गर्दै मंसिर ७ र ८ गते उक्त प्रतियोगिता आयोजना गरिने हो। प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टीमले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने दोस्रो स्थानमा रहने टीमलाई नगद २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ, आयोजक शिव भट्टराइले जानकारी दिए। भट्टराइका अनुसार, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १,५०० र ट्रफी तथा बेस्ट कीपरलाई नगद १,००० र ट्रफी दिइनेछ। प्रतियोगितामा सहभागी हुनका लागि टीम दर्ता शुल्क ५,५०० रहेको छ, र आगामी मंसिर ५ गते बेलुका ५ बजे सम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता रानीपौवा स्पोर्ट्स सेन्टरमा हुनेछ। ...
पोखराको पुम्दीभुम्दीमा शनिबार पहिलो : ऐतिहासिक पर्वतीय दौड

पोखराको पुम्दीभुम्दीमा शनिबार पहिलो : ऐतिहासिक पर्वतीय दौड

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा अत्यन्तै रमणिय पर्यटकिय स्थल पुम्दीभुम्दीमा शनिबार प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ हुने भएको छ। प्रतिय‍गितामा स्वदेसि तथा बिदेसि साथै विभिन्न उमेर समूह गरि १०४ जना धावकले भाग लिने भएका छन् । पोखरा क्लिक द्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालसहित बेलायत र ब्राजिलका गरी ३ राष्ट्रका ७१ पुरुष र ३३ महिला धावकले भाग लिने जनाइएको हो । जसमा सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत प्रतियोगितामा भाग लिने भएका छन् । विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको प्रतियोगितामा सँयोजक दिननाथ वरालेले बताए । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र...
बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखराको टिम

बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखराको टिम

खेलकुद, मुख्य समाचर
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखराको फ्रेन्चाइज नेपाल टि ट्वान्टी प्रा.लिले ३ करोड ५७ लाख रुपैयाँमा खरिद गरेको छ। यो रकम एनपिएलमा फ्रेन्चाइजको मूल्य निर्धारणको शीर्ष स्थानमा रहेको छ।काठमाडौंको फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेसन प्रा.लिले प्राप्त गरेको छ। चितवनको फ्रेन्चाइज चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँमा प्राप्त गरेको छ।विराटनगरको फ्रेन्चाइज एम ए डी ड्रिम स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा खरिद गरेको छ।लुम्बिनीको फ्रेन्चाइज फर्चुन हेल्थ कियरले १ करोड ७६ लाख ४ हजार रुपैयाँमा प्राप्त गरेको छ।जनकपुरको फ्रेन्चाइज ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँमा प्राप्त गरेको छ।कर्णालीको फ्रेन्चाइज हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको छ।सुदुरपश्चिमको फ्रेन्चाइज इम्पियर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ ...
कात्तिकमा महिला फुटबल महाकुम्भ ,नेपालले भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने

कात्तिकमा महिला फुटबल महाकुम्भ ,नेपालले भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने

खेलकुद
पोखरा , नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ। कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ। उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ। समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्। समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। समूह चरणमा ९ र २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन्। फोटो:-सामाजिक संजाल नेपालमा लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागिएको हो। दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार...
नेपालको निराशाजनक प्रदर्शन जित्यो  बंगलादेशले

नेपालको निराशाजनक प्रदर्शन जित्यो बंगलादेशले

खेलकुद, मुख्य समाचर
बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। बुधबार (आज) भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४-१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको हो। यो बंगलादेशको पहिलो उपाधि हो। गत संस्करणमा भारतसँग अतिरिक्त समयमा ५-२ गोलले पराजित हुँदै बंगलादेश उपाधिबाट वञ्चित भएको थियो। त्यसअघि बंगलादेश सन् २०१७ मा नेपालसँग र २०१९ मा भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो। यसपालि भने बंगलादेशले घरेलु टोली नेपाललाई स्तब्ध पार्दै पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा १ गोल गर्‍यो भने दोस्रो हाफमा तीन गोल थप्यो। बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा, ५४औं मिनेटमा, ७०औं मिनेटमा र खेल सकिन लाग्दा गोल गर्‍यो। ८०औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ गोलको अवस्थामा ल्याए। तर, नेपालले थप गोल गर्न नसक्दा बंग...
नेपालले जित्यो icc बेस्ट दर्शक अवार्ड

नेपालले जित्यो icc बेस्ट दर्शक अवार्ड

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ । बुधबार आईसीसीले अवार्ड विजेताको घोषणा गरेको हो । जसअनुसार नेपालले उक्त अवार्ड जितेको क्यानले जनाएको छ । नेपालमा क्रिकेटप्रेमीहरुको संख्या धेरै रहेको छ । जुन टीयू क्रिकेट मैदानदेखि नेपाली टोली टी २० विश्वकप खेल्न अमेरिका र वेस्ट इण्डिजमा पुग्दा पनि देखिएको थियो । विश्वकपअर्न्तगत नेदरल्याण्डस्‌विरुद्धको खेलमा नेपाली फ्यानले स्टेडियम भरिएको थियो । जुन देखेर नेदरल्याण्डस्‌का खेलाडीले प्रशंसा गरेका थिए । आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ । यस्तै, ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोले जित्दा ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्ड...
प्रधानमन्त्रि वोलीको बोलि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने

प्रधानमन्त्रि वोलीको बोलि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने

खेलकुद, ताजा समाचार, मुख्य समाचर, राजनिति
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् अब यही सर्खारले बाकि काम पुरा गर्ने बताउनुभएको छ ।देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता : प्रधानमन्त्री ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए । 'सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ ।उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्...