कास्किकोट पोखरा सम्पर्क समिति द्वारा आयोजित दरखाने कार्यक्रम सम्पन्न
पोखरा / शनिबार कास्कि कोट पोखरा सम्पर्क समिति द्वारा पोखरामा आयोजित महिलाहरूको तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ ।शनिबार पोखरामा सम्पर्क समितिका अध्यक्ष चिन्तामणि अधिकारिको अध्यक्षतामा भएको आयोजित कार्यक्रमका प्रमुख अतिथि महानगर पालिका वडा अध्यक्ष तथा समितिका पुर्व अध्यक्ष भरत वहादुर अधिकारिले शनिवार पोखरामा कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समितिले यस्ता कार्यक्रम को आयोजना गरेर एक आपसमा भेटघाट गर्ने चिनजान तथा सद्भाव बढाउदै एकताको सन्देस दिने वताउदैै वडाको तर्फबाट सदा साथ र सहयोग रहने प्रतिवद्दता जनाउदै दिदीबहिनी हरुलाइ दरखाने हरितालिक तिज कोा शुभकामना दिनु भयो।
कार्यक्रममा सम्पर्क समितिका सस्थापक अध्यक्ष दुर्गा तिमिल्सिना ,डा यमनाथ तिमिल्सिना ,पुर्व जनप्रतिनिधि सन्तु सुवेदि लगायतले शुभकामना दिनु भएको थियो। साथै सल्लाहकार क्याप्टेन दिनाकर मल्लले शुभकामना दिनुहुदै आयोजित ...








