पर्वतका उम्मेदवार तिमिल्सिनाले पत्रकार भेटघाटमार्फत विकास र जनअपेक्षाका योजना प्रस्तुत गरे
पोखरा । प्रतिनिधि सभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिनाले आफ्नो राजनीतिक दृष्टिकोण तथा पर्वत जिल्लाको विकाससम्बन्धी प्रतिबद्धताबारे प्रारम्भिक धारणा सार्वजनिक गरेका छन्।
पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उम्मेदवार तिमिल्सिनाले आफ्ना ‘प्रतिबद्धता’बारे धारणा राख्दै पर्वतको समग्र विकास, सुशासन, रोजगारी र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्ने बताएका छन्।
कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय कमिटी सदस्य सन्देश श्रेष्ठले पर्वतको विकासका आधारशिला तथा पूर्वाधार निर्माणमा तिमिल्सिनाले प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै यस्ता उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।
अन्तरक्रियाका क्रममा राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय अनुभव राखेका व्यक्तित्व मनहरि तिमिल्सिनाले आफ्नो अनुभवबारे जानकारी गराए। तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयो...









