सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने
पोखरा
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार दुई पक्षबीच सम्झौता भएको हो । सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो ।
सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम प्रसाद गुरुङबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार एक्वाको उत्पादित खानेपानी टुडेज नेचुरल स्प्रीङ वाटर म्याराथन, हाप म्याराथन र कार्यक्रमस्थलमा राखिने छ । रुट खानेपानी संयोजक जुन प्रसादले टुडेज्ले पानी प्रायोजन गरेर ठूलो सहयोग गरेको बताए । उनले धावकहरुलाई आ...









