Sunday, April 19News That Matters

ताजा समाचार

पोखराको विभिन्न स्थानबाट लागू औषध सहित ५ जना मानिस पक्राउ

पोखराको विभिन्न स्थानबाट लागू औषध सहित ५ जना मानिस पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो, पोखराबाट खटिएको टोलीले आइतबार विभिन्न समयमा विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पोखरा–१८, लामागाउँबाट दुई जना पक्राउकरिब  ४ बजे लामागाउँबाट लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले लामागॅंउ बस्ने  ५१ वर्षीय गोरे पुन र ऐ .ऐ बस्ने २७ वर्षीय शंकर घलेलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ७५ मिलिग्राम लेखिएको ट्यापेण्टाडोल ब्राण्डका १०० थान ट्याब्लेट फेला परेको छ। पोखरा–४, नालामुखबाट एक जना पक्राउत्यसै दिन दिउँसो करिब २:३० बजे नालामुखबाट सुनसरी घर भई हाल पोखरा–६ बस्दै आ...
टिपरमा ठक्कर खादा सवारी दुर्घटना एकजनाको ज्यान गयो

टिपरमा ठक्कर खादा सवारी दुर्घटना एकजनाको ज्यान गयो

ताजा समाचार, मुख्य समाचर
पृथ्वी राजमार्ग सडकखण्ड भण्डारढिकमा जेष्ठ २३ गते शुक्रबार आज बिहान करिब ४.४५ बजे सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ।पोखरा बाट तनहु तर्फ जाँदै गरेको ग १० प ४९९२ मोटरसाइकल सोही सडकको बायाँ तर्फ रोकि राखेको ग १ क ४२०४ नम्बरको टिपरको (ढुङ्गा लोड गरेको )पछाडि भागमा ठक्कर खाइ सवारी दुर्घटना हुदा मोटरसाइकल चालक उदयपुर जिल्ला कटारि नपा वडा नम्बर १० का बर्ष ३१ का भिम वहादुर विक घाइते भइ उपचारका पश्चिम क्षत्रिय अस्पताल पोखरामा लगिएकोमा चिकित्सक द्वारा करिब ५.२८ बजे मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटित दुवै सवारी साधन इलाका प्रहरी कार्यालय शिशुवा डाडाकोनाक नियन्त्रणमा राखिएको छ।तनहु जिल्ला घिरिङ गापा ४ का बर्ष ५० का टिपर चालक दुल वहादुर राना प्रहरीको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। ...
कोटिहोममा चित्र र कविता मार्फत संस्कृतिको सन्देश

कोटिहोममा चित्र र कविता मार्फत संस्कृतिको सन्देश

ताजा समाचार, मुख्य समाचर
पोखरा–१७ मा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका चित्रकार र कविको सहभागिता रहेको छ। उनीहरूले कोटिहोमका दृश्य, धार्मिक सम्पदा र भावनालाई चित्र र कविता मार्फत प्रस्तुत गरे। चित्रकलाले भक्तजनको ध्यान खिच्यो भने कविताले सनातन धर्मको सन्देश फैलायो। चित्रकार श्याम फूयालका अनुसार कोटिहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ। कविहरूले सांस्कृतिक चेतना झल्काउने कविता वाचन गरे। महायज्ञमा नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेय, विभिन्न जिल्लाका जनप्रतिनिधि, तथा हजारौँ भक्तजन सहभागी छन्। लोकगायक कुलेन्द्र विश्वकर्मा, शिव हमाल र घनश्याम रिजालको भजनमा श्रद्धालुहरू नाचे। कोटिहोममा तुलादान, ग्रहशान्ति, व्रत, पुराण पाठ, दीप प्रज्वलन लगायतका धार्मिक अनुष्ठान भइरहेको छ। विभिन्न संघसंस्था र व्यक्तिबाट लाखौँ रकम सहयोग संकलन भइ...
बाबा फाउन्डेसन नेपाल द्वारा आयोजित विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न

बाबा फाउन्डेसन नेपाल द्वारा आयोजित विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा , जेष्ठ २२ बिहिवार । बाबा फाउन्डेसन नेपालले विश्व वातावरण दिवसको अवसरमा सर सफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहकार्यमा बाबा फाउन्डेसन नेपाल द्वारा आयोजित कार्यक्रमको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा वृक्षारोपण तथा सर सफाइ कार्यक्रम फाउन्डेसनसनका अध्यक्ष दिलिप राज श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रवनानि किरण वहादुर रानाभाट लाई बृक्ष हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । निमित्त प्रमुख प्रवनानि रानाभाटले विश्व वातावरण दिवसको अवसरमा फाउन्डेसनले आफ्नै कार्यालय परिसरमा सर सफाइ तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तर्फ बाट धन्यवाद दिदै खुसि ब्यक्त गर्नु भएको थियोेनिमित्त प्रमुख रानभाटले प्लास्टिक जन्य फोहोरको कारण पर्यावरण स...
पोखराको कोटिहोममा ६ करोड रुपैयाँ बराबरको भेटी, महायज्ञ जेठ ३१ सम्म

पोखराको कोटिहोममा ६ करोड रुपैयाँ बराबरको भेटी, महायज्ञ जेठ ३१ सम्म

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म झन्डै ६ करोड रुपैयाँ बराबरको भेटी सङ्कलन भएको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजका अनुसार हालसम्म नगद, क्युआर, चेक, चरु, जिन्सी र दान पेटिकाबाट गरी कुल ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ बराबरको भेटी प्राप्त भइसकेको छ। कोटिहोमका ११ हजार कलशमध्ये हालसम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेका छन्। महाराजले महायज्ञपछि पत्रकार सम्मेलनमार्फत सम्पूर्ण आय-व्यय सार्वजनिक गर्ने घोषणा गरेका छन्। साथै, देशका सातै प्रदेशमा कोटिहोम सञ्चालन गरिने जानकारी दिँदै उनले २०८२ मङ्सिरमा कोसी, २०८३ वैशाखमा लुम्बिनी, २०८४ वैशाखमा पुनः पोखरामा विराट ज्ञान महायज्ञ गरिने जानकारी दिए। मानव सेवा फाउन्डेसनका आजीवन सदस्य बन्ने, शिलालेखमा नाम लेखाउने र अनाथ बालबालिकाको अभिभावक बन्...
विश्व वातावरण दिवसको अवसरमा आयोजित सर सफाइ कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा आयोजित सर सफाइ कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
बिहिवार । विश्व वातावरण दिवसको अवसरमा पोखरा १७ हिमालयन टोल वरपर साथै हिमालयन अस्पताल परिसरमा सर सफाइ कार्यक्रम सम्पन्न भएको छ।विश्व वातावरण दिवसको अवसरमा विभिन्न सँघ सँस्था द्वारा सयुक्त रुपमा आय‍ोजित कार्यक्रम प्रमुख अतिथि महानगर पालिका वडा नम्बर १७ अध्यक्ष राधिका शाहि य‍ोगिको प्रमुख आतिथ्यतामा हिमालयन आँखा अस्पताल बाट शुभारम्भ गरिएको थियोे सँयुक्तरुपमा आयोजित कार्यक्रम हिमालयन टोल वरपर सर सफाइ गरे पश्चात हिमालयन बोर्डिङ स्कुलमा समापन गरिएको थियोे । आयोजित सर सफाइ कार्यक्रम हिमालयन आँखा अस्पताल परिवार , प्रकृति मानव केन्द्र ,हिमालयन बोर्डिङ स्कुल परिवार ,टोलि अफिस परिवार ,अन्तर्राष्ट्रिय हिमालयन म्युजियम टोल विकास सँस्था, पर्तारोहण सङ्ग्रालय परिवार सहितको सयुक्त सहकार्यमा सर सफाइ कार्यक्रम आयोजना गरिएको ,हिमालयन टोल विकास सँस्थाका अध्यक्ष चन्द्र माया गुरुङले वताउनु भयो । ...
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने: खेलकुदमा राजनीति नभएर नै बिग्रिएको हो  दीपक कोइराला

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने: खेलकुदमा राजनीति नभएर नै बिग्रिएको हो दीपक कोइराला

खेलकुद, ताजा समाचार, मुख्य समाचर
प्रकाश अधिकारी,पोखरा पोखरा, नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको छ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी तथा जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहनेछ। प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब गरी छ वटा शीर्ष महिला टिमहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ। राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ ला ख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। ...
स्वतन्त्र पत्रकारिता, संघर्ष र सफलताको कथा

स्वतन्त्र पत्रकारिता, संघर्ष र सफलताको कथा

ताजा समाचार, फिचर, मुख्य समाचर
पोखरा “२०५५ सालतिरको कुरा हो,” लामो स्वास तान्दै सम्झिन्छन् शिव शर्मा, “त्यो बेलासम्म लेख्ने लत त गहिरिसकेको थियो, तर नवपरिवेश नामको हवाई पत्रिका सम्पादन गरेर आफ्नै छविको खोजी थालेको थिएँ।” त्यो समय न एफएम थिए, न निजी टेलिभिजन। रेडियो नेपाल नै सञ्चारको मुख्य माध्यम थियो। उनी आफ्ना कविता र रचनाहरू त्यहीँ पठाउँथे। रेडियो नेपालको केन्द्र क्षेत्रीय प्रसारण पोखराबाट उनका रचना प्रसारित हुन थाले। सरोज गोपाल बज्राचार्यले सञ्चालन गर्ने ‘आहा! संगीत संसार’ कार्यक्रममा उनका कविता तीनपटक पुरस्कृत पनि भए। त्यसैगरी पूर्णचन्द्र घिमिरेको तीन चरण कार्यक्रममा शिवले लेखेका कथा वाचन हुन्थे। यिनै अनुभवहरूले उनलाई पत्रकारितातर्फ मोड्न थाल्यो। “पत्रिकामा समाचार लेख्न थालेँ, सुरुमा त कसैले पत्तो नै पाएन,” उनी हाँस्दै भन्छन्। यही ‘नपत्ताई लेख्ने’ बाटो हुँदै उनले चेतनापत्र राष्ट्रिय दैनिकबाट मुख्यधारको ...
पोखरामा बढी भाडा असुलेका १५ जना ‘इन ड्राइभ’ चालक नियन्त्रणमा

पोखरामा बढी भाडा असुलेका १५ जना ‘इन ड्राइभ’ चालक नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरामा 'इन ड्राइभ' सेवामा संलग्न १५ जना चालकले यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा असुलेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। जनगुनासोका आधारमा प्रहरीको टोलीले पोखराका विभिन्न स्थानमा निगरानी गर्दा ती चालकहरूले सवारी भाडा तोकिएभन्दा बढी लिएको पुष्टि भएको प्रहरीले जनाएको छ। सोही अनुसार ती १५ जना चालकलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको र उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलहरूको तस्वीर पनि सार्वजनिक गरेको छ। प्रहरीले यात्रुहरूलाई सहज, सुरक्षित र नियमनसम्मत सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमन तथा कारबाही निरन्तर गरिने जनाएको छ। ...
अल्पत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ

अल्पत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालय, कास्कीले गन्तव्यतर्फ जान नसकेर अलपत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरी स्कर्टिङसहित सुरक्षित रूपमा पठाएको छ। आइतबार बिहान १०:१५ बजेकाे समयसम्म ती यात्रुहरुलाई प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको नेतृत्वमा रहेको संयुक्त प्रहरी टोलीले आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाएको हो। पोखरा महानगरपालिका–७ स्थित पर्यटक बसपार्कबाट काठमाडौँका लागि १४ वटा सवारीसाधन र नारायणगढका लागि ३ वटा सवारीसाधन गरी जम्मा १७ वटा गाडीमार्फत यात्रुहरुलाई पठाइएको जनाइएको छ। सबै सवारीसाधनहरुलाई प्रहरी स्कर्टिङसहित सुरक्षित रूपमा प्रस्थान गराइएको हो। ...