नेकपा (बहुमत) कार्यकर्ताहरूको रिहाइको माग गर्दै पोखरामा मसाल जुलुस
पोखरा ,
नेकपा (बहुमत)ले राष्ट्रघाती, भ्रष्टाचारी, दलाल, मिटरव्याजी र घुसखोरहरूमाथि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ। शुक्रबार पोखरामा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले यस्तो चेतावनी दिएका हुन्।
सोही अवसरमा पार्टीका नेताहरूले इँटाभट्टामा मानिस जिउँदै जलाएर हत्या गर्ने अभियोगमा दोषी ठहर भइसकेका पूर्वमन्त्री महमद अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई कालोमोसो दलेको आरोपमा केन्द्रीय सदस्यहरू अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतो पक्राउ परेको घटनाको विरोध पनि जनाएका थिए।
हालै अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कालोमोसो दलिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा (बहुमत) का नेता तथा कार्यकर्ताहरूको रिहाइको माग सहित कास्की प...









