Wednesday, April 22News That Matters

मुख्य समाचर

सरकारले भोलि सोमबार सरकारि विदा दिने भएको छ

सरकारले भोलि सोमबार सरकारि विदा दिने भएको छ

ताजा समाचार, मुख्य समाचर
पोखरा सरकारले आइतबार सुचना जारि गर्दै सोमबार सार्वजनिक बिदा दिने भएको छ ।इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । ‘ २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्योहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको जारि सुचनामा उल्लेख छ। ...
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवशायि सँघको २५ अौ वार्षिकोत्सव सम्पन्न नवबर्ष २०८२ भित्तेपात्रो मेयर आचार्य द्वारा विम‍ोचन

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवशायि सँघको २५ अौ वार्षिकोत्सव सम्पन्न नवबर्ष २०८२ भित्तेपात्रो मेयर आचार्य द्वारा विम‍ोचन

ताजा समाचार, मुख्य समाचर
पोखरा शनिबार १६।पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवशायि सँघ कास्कीको नवबर्ष शुभकामना आदान प्रदान ,व्यवशायिक प्रशिक्षण तथा २५ अौ बार्षिकोत्सव साथै नवबर्ष २०८२ (क्यालेन्डर) भित्तेपात्रो विमोचन कार्यक्रम १६ गते शनिवार प्रमुख अतिथि पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य ज्युको आतिथ्यतामा सम्पन्न भएको छ। प्रमुख अतिथि मेयर आचार्यले २५औं वार्षिकोत्सव तथा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान,व्यवशायिक प्रशिक्षण कार्यक्रममा भित्तेपात्रो विमोचन गर्नुका साथै व्यवशायलाइ कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आफ्नो व्यवशायिक जीवन र व्यवशायिक अनुभब बारे जानकारी गराउनु भएको थियोे ।सोहिक्रममा व्यवशायिलाइ व्यवशायिक सुझाब दिदै आफुलाइ २५ अौ बार्षिकोत्सवको अवसरमा नयाबर्षको शुभकामना सहित आतिथ्यताका लागि आमन्त्रण गरेकोमा महानगर पालिकाको तर्फ बाट धन्यवाद दिदैव्यवशाय सँघ २५ बर्षमा प्रवे...
पोखरामा पत्रकार सुरेश रजकको हत्या र प्रेसमाथि आक्रमणविरुद्ध विरोध प्रदर्शन

पोखरामा पत्रकार सुरेश रजकको हत्या र प्रेसमाथि आक्रमणविरुद्ध विरोध प्रदर्शन

ताजा समाचार, मुख्य समाचर
राजावादी आन्दोलनका क्रममा एभेन्युज खबर टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिबार पोखराको शहीदचोकमा विरोध प्रदर्शन र शोकसभा आयोजना गर्‍यो। महासंघ कास्की परिसरबाट निस्किएको र्याली शहीदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो। पत्रकारहरूले सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरे। महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्त्व उल्लेख गर्दै अराजक समूहबाट भएको आक्रमणको निन्दा गरे। विरोध सभामा विभिन्न पत्रकार संगठनका प्रतिनिधिले रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारप्रति समवेदना व्यक्त गरे। प्लेकार्डसहित प्रदर्शन गरेका पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रतिबद्धता जनाए। नेपाल पत्रकार महा...
नेविसँघ द्वारा जिल्ला अध्यक्ष वरालमाथि असहयोग गरेको आरोपनालायक अध्यक्षको सँज्ञा

नेविसँघ द्वारा जिल्ला अध्यक्ष वरालमाथि असहयोग गरेको आरोपनालायक अध्यक्षको सँज्ञा

ताजा समाचार, मुख्य समाचर
पोखरा बिहिवार नेपाल बिध्यार्थि सँघ (नेविसघ)ले देसैभर भएको स्वतन्त्र विध्यार्थि युनियन (स्ववियु)को सम्पन्न निर्वाचनमा नेविसँघलाइ हराएको आरोप लगाउदै कास्कीका सभापति किशोर दत्त बराल लाई नालायक अध्यक्ष भएको सँज्ञा दिएको छ।ऐतिहासिक महत्त्व रहेको निर्वाचनको समयमा नेविसँघलाइ नै हराउन लागि परेको वताउदै नेविसँघका केन्द्रिय सदस्यहरूले प्रेस विज्ञप्ति सहित कारबाहीको माग गरेका छन् । बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले पत्रकार हरुबिच सो कुराको जानकारी गराएका हुन्।आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले सभापति बराल विरुद्ध केन्द्रीय अनुशासन समितिमा कारबाहीको लागि उजुरी दर्ता गरेको जानकारी दिएका हुन्। पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान(डब्लुआरसि)को निर्वाचनमा नेविसँघका केन्द्रिय समितिको तर्फबाट केन्द्रिय प्रतिनिधिका रूपमा केन्द्रिय सदस्यद्वय राजेन्द्र बराल र संस्कार कोइराला...
पीएन क्याम्पसमा अनेरास्ववियुको वर्चस्व कायमै, पोखरेल प्यानलले गर्‍यो पूरै जित

पीएन क्याम्पसमा अनेरास्ववियुको वर्चस्व कायमै, पोखरेल प्यानलले गर्‍यो पूरै जित

ताजा समाचार, मुख्य समाचर
पोखरा पृथ्वीनारायण (पीएन) क्याम्पसमा पुनः अनेरास्ववियुले आफ्नो प्रभाव कायम राख्दै पूर्ण प्यानलसहित विजय हासिल गरेको छ। अध्यक्ष पदमा विष्णु पोखरेलले अन्य प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै जित निकालेका छन्। नेविसंघ, समाजवादी मोर्चा, स्वतन्त्र उम्मेदवारलगायतले क्याम्पसमा अनेरास्ववियुको वर्चस्व तोड्ने दाबी गरे पनि अन्ततः पोखरेल नेतृत्वको टिमले सफलता हात पार्‍यो। प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका कांग्रेसनिकट नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले अपेक्षाकृत समर्थन जुटाउन सकेनन् भने स्वतन्त्र रूपमा मैदानमा उत्रिएकी विप्लवी न्यौपाने पनि अग्रपंक्तिमा उक्लिन असमर्थ रहिन्। मत परिणामअनुसार पोखरेलले १,१०५ मत प्राप्त गर्दा नेविसंघका न्यौपानेले ५०३ मत मात्र ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवीले ४६९ मत प्राप्त गरिन्, भने माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारी २२३ ...
कुलमानलाई हटाएको विरोधमा जनता असन्तुष्ट, सामाजिक सञ्जालमा आक्रोशको बाढी!

कुलमानलाई हटाएको विरोधमा जनता असन्तुष्ट, सामाजिक सञ्जालमा आक्रोशको बाढी!

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गरी उनको ठाउँमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको छ। सरकारको यो निर्णयप्रति सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। सरकारले कुलमानमाथि विद्युत खरिद सम्झौतामा मूल्य बढाएको, कार्यसम्पादन मूल्यांकनमा विवरण नबुझाएको, प्राधिकरणको नाफा ‘फेक’ देखाएको जस्ता आरोप लगाएको थियो। कुलमानले सातबुँदे जवाफ दिँदै आफूविरुद्ध कुनै कारबाही हुन नपर्ने दाबी गरेका थिए। सामाजिक सञ्जालमा धेरैले सरकारको निर्णयको विरोध गरेका छन्। कतिपयले “अब लोडसेडिङ फर्कने निश्चित छ” भन्दै सरकारलाई चुनौती दिएका छन् भने, केहीले “विनाश काले विपरीत बुद्धि” भन्दै सरकारकै आलोचना गरेका छन्। इन्भर्टर, मैनबत्ती, सोलार व्यवसाय फेरी चल्ने भन्दै व्यंग्य गर्नेहरूको संख्या बढ्दो छ। कोही “हिजो मैनबत्ती बनाउने तालिम लिएकाहरू ...
श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ। आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः पोखरा महानगरपालिका-१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर गुठीको जग्गा तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि, बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते भूमिपूजनका क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो। त्यसपछि फागुन २६ गते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, पोखरा महानगरका पदाधिकारी, विश्व हिन्दू महासंघका प्रतिनिधि, र महायज्ञ आयोजकबीच बैठक बसेर समस्या समाधान समिति गठन गरिएको थियो। समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः पोखरा १७, बिरौटाको सदा शिवजी सिद्धेश्वर हरिहर मन्द...
पृथ्वीनारायण क्याम्पस (स्ववियु) निर्वाचन सम्पन्न

पृथ्वीनारायण क्याम्पस (स्ववियु) निर्वाचन सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज १० गते आइतबार भएको निर्वाचन सम्पन्न भएको छ ।धेरै बर्षको पर्खाइ पछिकरिब डेड दसक देखि स्थगित भएको चुनाव आज ८१ शालको अन्तिममा आएर बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजेसगै सम्पन्न भएको छ। पहिलाे पटक गत चैत ५ र दाेस्राे पटक चैत ६ गरेर दुई पटक स्थगित भएको निर्वाचन आज १० गते शान्त वातावरणमा सम्पन्न भएको छ। क्याम्पसमा अध्ययनरत बिध्यार्थि कुल ९ हजार २ सय ७० जना मतदाता रहेकाेमा निर्वाचन समितिका अनुसार आज भएको निर्वाचनमा भने ३१.२५% याने २ हजार ८ सय ९७ मत खसेको छ । वि.सं २०६५ सालमा भएको स्ववियु निर्वाचनपछि आजसम्म क्याम्पसमा निर्वाचन हुन सकेकाे थिएन । यतिबेला १६ वर्षपछि भएको निर्वाचनलाई भने चौतर्फी रुपले अत्यन्तै महत्त्वका साथ हेरिएको थियो। । क्याम्पसको स्ववियु अध्यक्ष बन्नका लागि ८ जनाको उम्मेदवा...
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ हुने

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा— पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ को आयोजना गर्ने भएको छ। महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशका नाटकहरू प्रस्तुत गरिनेछन्। वि.सं २०७५ मा पहिलो पटक आयोजना गरिएको पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, मेसेडोनिया लगायतका देशका कलाकारहरूको उपस्थिति रहेको थियो। उक्त महोत्सवले पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।यसै परम्परालाई निरन्तरता दिँदै पोखरा थिएटरले पुनः दोस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेको हो। यस महोत्सवमा पाँच देशका नाटकहरू मञ्चन हुनेछन्, जसले बहुसांस्कृतिक तथा विविध नाट्य अनुभव प्रदान गर्नेछ।फोरम थिएटर र कार्यशालाहरू मार्फत...
छैटौं सिर्जना कप भलिबल प्रतियोगिता घोषणा

छैटौं सिर्जना कप भलिबल प्रतियोगिता घोषणा

ताजा समाचार, मुख्य समाचर
पोखरा सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा छैटौं सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आगामी चैत्र २६-२८ गते पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने भएको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" नारासहित आयोजना हुने यस प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्।आयोजकका अनुसार ५० टिमको सहभागिता अपेक्षा गरिएको छ।विजेता (छात्र/छात्रा) १ लाख ७५ हजार ,उपविजेता (छात्र/छात्रा) ६०/५० हजार , तृतीय स्थान (छात्र/छात्रा) ३५/२५ हजार , सर्वोत्कृष्ट खेलाडी (छात्र/छात्रा) ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिबल पुरस्कार राखिएको संघका महासचिव चन्द्र गिरीले बताउनु भयो । प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारकर्मीहरूको सह...