राजनीति भनेको सेवा हो।ब्यक्तिगत लाभका लागि हैन, जनताको हितका लागि हो।-मन्त्री थापा
पोखरा
पोखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकार बाट सुविधा पाउने सरकारि निवास मात्रै नभएर आफुले पाएको तलब भत्ता विभिन्न सँघ सस्थालाइ सहयोग गरेर सामाजिक सेवामा खर्च गरि वास्तविक लोकतान्त्रिक इतिहास बनाउन सफल हुनु भएको छ।
वहाले गएको वर्षमा मात्र आफुले पाएको सरकारी तलव भत्ता सहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवाका लागि प्रदान गर्नु भएको छ।
प्रदेश सभा सचिवालय र मन्त्रालयबाट २०८० फागुन देखि हाल सम्म बैक खातामा जम्मा भएको प्राप्त रकम ९ लाख ९ हजार ९४ रुपैयाँ सहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक सेवामा खर्च गर्दै आएको वताउनु भएको छ ।
वहाले मँगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैठक भत्ता मासिक पारिश्रमिक र अन्य सुविधा समेत सामाजिक सेवामा खर्च गरेको पत्रकार बिच जानकारी गराउ...









