सदा शिवजी सिद्देश्वर हरिहर मन्दिर समितिद्वारा आयोजित सरसफाइ कार्यक्रम सम्पन्न
पोखरा
पोखरा–१७ मा अवस्थित कास्की जिल्लाकै ऐतिहासिक सदा शिवजी सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिद्वारा आज शनिबार सरसफाइ अभियान सम्पन्न भएको छ।
माघ १ गते माघे संक्रान्तिको अवसरमा ऐतिहासिक ढुंगे साँघु मेला आयोजना हुने भएकाले सोको तयारीस्वरूप मन्दिर परिसर र वरपरको क्षेत्र सफा गरिएको हो।
समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीको नेतृत्वमा आयोजित उक्त सरसफाइ कार्यक्रममा नेपाल प्रहरी गण्डकी प्रदेश गण डेमसाइड, सशस्त्र प्रहरी बल, ढुंगे साँघु सितापाइला आमा समूह, जागरण आमा समूह, सिद्देश्वर सहकारी संस्था, ढुंगे साँघु सहकारी संस्था, जनकल्याण टोल विकास संस्था, सितापाइला टोल विकास संस्था, समृद्धि टोल विकास संस्था, सितापुरी युवा क्लब, समावेशी आमा समूह लगायत स्थानीय सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
सरसफाइ अभियानमा मन्दिर व्यवस्थापन समितिक...









