पोखरा
माओवादी केन्द्र रुपा गाउँपालिकाको दोस्रो अधिबेशन एवम् खवरदारी सभा यहि शनिवार २९ गतेलनेपाल कम्युनिष्ट माओवादी केन्द्रका महासचिव कमरेड देब प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिवेशनले उमाकान्त खनालको अध्यक्षतामा ६ जना पछी थप गर्ने गरी ३५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ ।उपाध्यक्ष सुमन सुबेदी,
यस बहादुर गुरुङ,प्रमिला वि. क.,सचिव विश्वनाथ अधिकारी सहसचिव जिवन अधिकारी, कोषाध्यक्ष प्रशान्त न्यौपाने,सदस्य क्रमशः बिष्णु प्रसाद भट्टराई,दयाराम सुबेदी, प्रमिला श्रेष्ठ, खिम बहादुर वि. क., रोशनी गुरुङ ,नवराज खनाल,पुर्णदिप गौतम,बालकृष्ण ढुङ्गाना,कृष्ण प्रसाद सुबेदी,
छविरमण सुबेदी, सुस्मिता गिरी, उमा क्षेत्री,, भरत छिमाल, चिन बहादुर कुमाल,स्याम कृष्ण अधिकारी,सँकर सुनार, रामजी वि. क.कृष्ण बहादुर वि. क, राजु सुनुवार ,राज कुमार श्रेष्ठ प्रकाश बसौला, ध्रुव ...
पोखरानेपाल पत्रकार महासंघ कास्कीमा प्रेस युनियन प्रेस चौतारी गठवन्धन तर्फका उमेदवार माधव वराल विजयि हुनु भएको छ। वराल यस अघि पत्रकार महासँघ कास्की सचिव हुनु हुन्थ्यो भने अधिकारि पुर्व उपाध्यक्ष हुनु हुन्थ्यो
बरालले १ सय ५ मत प्राप्त गर्नु भएको छ भने प्रेस सेन्टर समाजवादी तर्फका उमेदवार राजेन्द्र अधिकारीले ९६ मत प्राप्त गर्नु भएको छ। गठवन्धन पक्षधरका उपाध्यक्षमा माधव रेग्मीले ९० मत प्राप्त गरि विजयी हुनु भएको छ भने, प्रेस सेन्टर समाजवादी तर्फका श्रीराम सिग्देलले ७७ मत प्राप्त गर्नु भएको छ, भने कमल पौडेल अथकले ३५ मत प्राप्त गर्नु भएको छ ।
महिला उपाध्यक्षमा कन्चन थापा १०९ मत प्राप्त गरि विजयी हुनु भएको छ, भने बिनाकुमारी थापाले ८७ मत प्राप्त गर्नु भएको छ । सचिवमा भुपाल गुरुङले १०२ मत प्राप्त गरि विजयी हुनु भएको छ भने,प्रेस सेन्टर समाजवदि तर्फका उमेदवार सन्देश श्रेष्ठले ९८ मत प्राप...
पोखरा
बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए । निर्वाचित हुँदै अध्य...
पोखरा
रवि लामिछानेमाथि लागेको सहकारी ठगी र संगठित अपराधको मुद्दामा कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ। कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि बचतकर्ताहरूले सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा राखेको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया प्रा.लि.मा लगेको आरोप छ। गोर्खा मिडिया ग्यालेक्सी टेलिभिजनसँग सम्बन्धित संस्था हो, जहाँ लामिछानेले पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशकका रूपमा काम गरेका थिए।
दोषी ठहर भएका व्यक्तिहरूले कानूनी सजाय पाउनुपर्छ, जसले यस्ता घटनाहरू रोक्न नजीर स्थापित गर्नेछ।
प्रहरीलाई अनुसन्धानका लागि अदालतबाट थप समय दिइएको छ।
अनुसन्धान पारदर्शी र निष्पक्ष रूपमा गरिनुपर्छ, ताकि सत्यतथ्य बाहिर आओस्।
यस घटनाले सहकारी संस्थाहरूको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। सहकारी संस्थाको दुरुपयोगका कारण बचतकर्ताहरूले ठूलो जोखिम सामना गर्नुपर्ने अवस्था स...
२० मंसिर २०८१, बिहीबार२० मंसिर २०८१, बिहीबार२० मंसिर २०८१, बिहीबार by डाँडाघरे खबरNo Comments
पोखरा
बिहीबार / पोखराको पर्यटकिय क्षेत्रमा रहेको वडा प्रहरी कार्यालय बैदामको सक्रियतामा १० करोड ६० लाखको लागतमा अति विशिष्ट नया भवन निर्माण भएको छ ।०७६ शाल माघ ५ गते शिलान्यास भएर करिब चार बर्षमा सम्पन्न भएको नवनिर्मित भवनको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी महानिरिक्षक बसन्त कुँवरले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै प्रहरि महानिरिक्षक कुँवरले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने गरि पर्यटकमैत्रि बन्न र शान्ति सुव्यवस्था कायम रहने गरि सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो।
प्रहरी महानिरीक्षक कुँवरले काठमाडौँमा रात्रिकालीन व्यवसायिलाई सुरक्षाको महहुस हुनेगरी सुरक्षा व्यवस्थापन गरे जस्तै पोखराले समेत सोही अभ्यास लाई आत्मसात गर्नु पर्नेमा जोड दिदै देशका अन्य स्थानका प्रहरीले समेत आत्मसात गर्नुपर्ने वताउनु भयो ।
पोखरा पर...
पोखरा
पोखरा महानगरपालिका वडा नं.२३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेलमैदानको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा रहेको मैदानमा निर्माण गरिएको पोखरा हाइ अल्टिच्चुड खेल मैदानको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको पञ्चासे भञ्ज्याङलाई आगामी दिनमा जैविक विविधता र धार्मिक तथा पर्यटनको हबका रूपमा विकास गरिने मेयर आचार्यले बताउनु भएको छ।
सोहि क्रममा मेयर आचार्यले पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै मेयर आचार्यले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास सग सम्वन्धित निकायहरु सग साझेदारि तथा सहकार्य गरिरहेको बताउनुभयो ।
...
पोखरा
पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कास्कीको २४औँ साधारण सभा तथा १२औँ अधिवेशन शनिबार सम्पन्न भएको छ।
शनिबार सम्पन्न अधिवेशनले चिन्तामणि खरेलको नेतृत्वमा १३ सदस्यीय कमिटी सर्वसम्मत बाट चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटा ,उपाध्यक्षमा जनकराज सुवेदी ,महासचिव रामचन्द्र तिवारी ,कोषाध्यक्ष दुर्गानाथ लामिछाने ,सचिव तिर्थराज देवकोटा ,सदस्यहरुमा क्रमश:वुद्दि वहादुर थापा, दुर्गा सुवेदी ,पदमराज पौडेल ,नरेन्द्रराज पण्डित बिदुर बिसि ,तारापति सापकोटा (शिब) अर्जुन त्रिपाठी चयन भएका छन्।
खरेलले यस अघि पनि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए भने यस अधिवेशनमा आफूलाई विश्वास गरि सर्वसम्मत बाट चयन गरिएकोमा सिङ्गो सँघ सम्पूर्ण व्यवसायीहरु धन्यवाद दिँदै संघको विकास र विस्तारका लागि अघि बढ्ने जनाउदै कुनै पनि हालतमा आफुप्रति सिङ्गो सघले गरेको विश्वास लाई कहिल्यै मर्न...
१३ मंसिर २०८१, बिहीबार१३ मंसिर २०८१, बिहीबार१३ मंसिर २०८१, बिहीबार by डाँडाघरे खबरNo Comments
पोखरा
धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्व बोकेको हनुमानको नाच बागलुङको विशेष सांस्कृतिक सम्पदा हो। बाग्लुङको बाघ चोकमा हुनमान नाच कार्यक्रम गरिन लागेको छ , नाचले नेपाली समाजमा मात्र होइन, विश्वभरि हिन्दू धर्मावलम्बीहरूको ध्यान तान्ने बिश्वास लिइएको छ ।
यो नाच, जसले भगवान हनुमानको वीरता, भक्ति, र परोपकारको गुणलाई उजागर गर्छ, स्थानीय कला र परम्परालाई जीवन्त राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
हनुमान नाचको उत्पत्तिसँग हिन्दू धर्मग्रन्थहरूको गहिरो सम्बन्ध छ। धार्मिक मान्यताअनुसार हनुमान भगवानको भक्ति र पराक्रमलाई जनसमक्ष प्रस्तुत गर्न यस नृत्य परम्पराको सुरुवात गरिएको हो। रामायणका प्रसंगहरूमा आधारित यो नाचले भगवान हनुमानको साहस, आस्था, र समाजप्रतिको सेवाभावलाई चित्रण गर्दछ।
बागलुङ नगरपालिकाले यो परम्परालाई जोगाउन विशेष प्रयास गरिरहेको छ। हनुमान नाच संरक्ष...
पोखरा
पोखरा महानगर पालिका वडा नम्बर ४ र ५ अन्तर्गत सपमानामा पर्ने फिर्केपुलमा मङ्गलवार रातिको समयमा करिब११ ४५. बजे बागलुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ आउदै गरेको ग ८ प ४९०७ नम्बरको मोटरसाइकल फिर्के पुलबाट अनियन्त्रित भइ तल खसेको कास्की प्रहरीले जनाएको छ ।चालकले मापसे गरेको र तीन जना सवार मोटरसाइकल तिव्र गतिमा हाकि रहेको अवस्थामा अचानक साघुरो पुल नेर आउदा सवारी गति नियन्त्रण गर्न नसकेकै कारण अनियन्त्रित भइ सवारी दुर्घटना भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ।
कास्की ट्राफिक प्रहरीका अनुसार हिजो भएको सवारी दुर्घटना मापसेकै कारण भएपनि, दिनहु भइ रहने कतिपय सवारी दुर्घटना साघुरो पुल भएकै कारणले गर्दा दुर्घटना भइ रहेको छ।
पुलबाट अनियन्त्रित भइ अकस्मात तल खोलामा खसेको मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएका छन् ।कास्की ट्राफिक प्रहरीका अनुसार घाइते हरुको ढाँड र करङमा गम्भ...