कारागारबाट भागी व.प्र.का. बैदाममा चोरी गर्ने १ जना मानिस पक्राउ
पोखरा
प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागी प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र सामान लुटपाट गर्ने पोखरा–७, घारीपाटनका २६ वर्षीय विवश जलारीलाई मिति २०८२ कार्तिक १३ गते पक्राउ गरिएको हो।
प्रहरीले उनलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको एसओसीओ डिजिटल क्यामेरा र नम्बर प्लेट नभएको एनएस २०० सीसी मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका जलारीमाथि कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा थप ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विवश जलारी यसअघि ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा रहेका थिए। उनी भदौ ...









