पर्यटकिय राजधानी पोखराका सडकमा धुवाको मुस्लो ,उपकरण तथा जनशक्ति अभाव
केहिदिन पहिला हरियो रङ्ग भएको सार्वजनिक नगरवस अघि अघि ट्राफिक प्रहरी दुइपाङ्ग्रे सवारीमा पछि पछि सवारी गुडाउदै गरेको तस्बिर सहित सामाजिक सञ्जालमा एउटा पोष्ट भाइरलनै बन्यो ।
आम सर्वसाधारण फेसवुक प्रयोगकर्ताले आलोचनायुक्त कमेन्ट गरे त्यसपछि कास्की ट्राफिक प्रहरीले बैशाख १० गते पोखराको सडकमा धुवाको मुस्लो फाल्दै गुडि रहेको ग १ ख ८१२४ नम्बरको हरियो रङ्गको एक नगरवसलाइ आफ्नो नियन्त्रणमा लिने काम गर्यो कारवाहिका लागि यातयात व्यवस्थापन कार्यालय समेत पठायो ।
तब कतिपय नागरिकले सामाजिक सञ्जालमा मात्रै हैन अन्यत्र पनि कास्की ट्राफिक प्रहरिले स्वागतयोग्य राम्रो काम गरेको भन्दै स्वागत गरे भने कतिपयले देखावटि मात्र भनेर टिकाटिप्पणि पनि गरे ।
पोखरामा एक त सडक कहिले धुलाम्य हुने त कहिले हिलाम्य हुने समस्या बाट अझै पनि ग्रस्तमुक्त हुन सकिरहेको छैन ।
त्यसमा...









