नेविसँघ द्वारा जिल्ला अध्यक्ष वरालमाथि असहयोग गरेको आरोपनालायक अध्यक्षको सँज्ञा
पोखरा
बिहिवार नेपाल बिध्यार्थि सँघ (नेविसघ)ले देसैभर भएको स्वतन्त्र विध्यार्थि युनियन (स्ववियु)को सम्पन्न निर्वाचनमा नेविसँघलाइ हराएको आरोप लगाउदै कास्कीका सभापति किशोर दत्त बराल लाई नालायक अध्यक्ष भएको सँज्ञा दिएको छ।ऐतिहासिक महत्त्व रहेको निर्वाचनको समयमा नेविसँघलाइ नै हराउन लागि परेको वताउदै नेविसँघका केन्द्रिय सदस्यहरूले प्रेस विज्ञप्ति सहित कारबाहीको माग गरेका छन् ।
बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले पत्रकार हरुबिच सो कुराको जानकारी गराएका हुन्।आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले सभापति बराल विरुद्ध केन्द्रीय अनुशासन समितिमा कारबाहीको लागि उजुरी दर्ता गरेको जानकारी दिएका हुन्।
पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान(डब्लुआरसि)को निर्वाचनमा नेविसँघका केन्द्रिय समितिको तर्फबाट केन्द्रिय प्रतिनिधिका रूपमा केन्द्रिय सदस्यद्वय राजेन्द्र बराल र संस्कार कोइराला...








