रवि लामिछाने धरौटीमा रिहा, ठगी अभियोगको अनुसन्धान जारी
पोखरा
पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बसेपछि कास्की जिल्ला अदालतको आदेशअनुसार धरौटीमा रिहा भएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नताको आरोप लागेका लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने शर्तमा रिहा गरिएको हो।
लामिछानेसहित ६३ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारी वकिल कार्यालयले उनीहरूले एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको दाबी गरेको छ। लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीबाट ३ करोड ३७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेका छन्।
गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका बेला सहकारीको रकम उनको खातामा विभिन्न समयमा स्थानान्तरण भएको र सोही रकम फिर्ता पनि भएको देखिएको छ। अदालतले यथेष्ट प्रमाण अभावका कारण उनलाई तत्काल धरौटीमा रिहा गर्न आदेश दिएको हो।
...









