काङ्ग्रेस महामन्त्री गगन पोखरामा रास्वपा शसङ्कित
पोखरा
नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिबार पोखरा आएका छन्। उनले पोखरामा पार्टीका नेता, कार्यकर्तासँग भेटघाट गर्दै समन्वय, सहकार्य, र एकतासम्बन्धी अभिमुखीकरण प्रशिक्षण प्रदान गरेका थिए।
यस अवसरमा महामन्त्री थापाले "कांग्रेस पार्टी सकियो" भन्नेहरूको आलोचना गर्दै भने, “राजतन्त्रको समयमा प्रतिबन्धित हुँदा पनि नसकिएको कांग्रेस अहिले कसरी सकिन्छ? हामी छौं, तपाईंहरू हुनुहुन्छ, कांग्रेस कहिल्यै नसकिने पार्टी हो।”
उनले चैत महिना भित्र सदस्यता नविकरण नगर्नेहरूको सदस्यता स्वतः नवीकरण हुन नसक्ने जानकारीसमेत दिए।
गगन थापाको पोखरा भ्रमणलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले अर्थपूर्ण रूपमा हेरिरहेका छन्। पोखरामा उनले नेता, कार्यकर्ता भेटघाट तथा प्रदेशस्तरीय कार्यक्रम राखे पनि उनको भ्रमणको अर्को उद्देश्य रहेको भन्दै रास्वपाले शंका व्यक्त गरेको छ।
रास्वपा समर्थकहरू...









